२१ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीसँग नेपालका लागि दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

५ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन प्रवर्द्धनलगायत दुई पक्षीय हितका विविध क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीले नेपालको विविध […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

धनुषामा तीन सय ७७ उद्योग बन्द

५ भदौ, जनकपुरधाम । धनुषामा गत आर्थिक वर्ष २०८०-८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन् । गत आवमा वाणिज्यतर्फ दुई सय ५९ तथा उद्योगतर्फ एक सय १८ उद्योग बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादवले जानकारी दिए । उद्योग बन्द हुँदा त्यहाँ कार्यरत करिव नौ हजारभन्दा बढी कामदार […]

मुख्‍य समाचार समाचार

‘लगानी कम्पनी’ले स्टार्टअपमा लगानी गर्ने

५ भदौ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा स्थापित लगानी कम्पनीले स्टार्टअप उद्यम विकासका क्षेत्रमा लगानी गर्ने भएको छ । आज यहाँ आयोजित ‘स्टार्टअप नेसन २०३०’ को उद्घाटन सत्रमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रु १० अर्ब पुँजीको लगानी कम्पनी स्थापना भएको उल्लेख गर्दै यो कम्पनीले नवप्रवर्तन र उद्यमशीलता विकासमा लगानी गर्ने जानकारी दिए। यो […]

मुख्‍य समाचार राजनीति समाचार

गैरसहकारी तत्व प्रवेशले सहकारी बदनाम भयो : प्रधानमन्त्री ओली

५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही सहकारीले गर्दा सम्पूर्ण सहकारीमा जनताको विश्वास कमजोर भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै सहकारी सम्बन्धी प्रसंगमा उनले भने, ‘हजारौं सहकारीमध्ये केही सहकारी मात्रै अप्ठ्यारो परेका छन् । तिनीहरूलाई अप्ठ्यारोमा पारिएको हो । सहकारीमा गैरसहकारी तत्व प्रवेश गरेर यस्तो अवस्था […]

मुख्‍य समाचार राजनीति समाचार

प्रचण्डले भने– पार्टी फुटको हल्ला स्थायी समितिले खारेज गरिसक्यो, मिडिया ट्रायल नगरौं

५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरिसकेको भन्दै मिडिया ट्रायल नगर्न नेताहरुलाई सचेत गराएका छन् । आज बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरेको बताएका हुन् । उपमहासचिव जनार्दन […]

मुख्‍य समाचार समाचार समाज

निजामतीमा इन्जिनियरिङ सेवाका सचिव थप्न तीव्र लबिङ

५ भदौ, काठमाडौं । निजामती कर्मचारीको नेपाल इन्जिनियरिङ सेवाका वरिष्ठ सहसचिवहरुले पछिल्लो समयमा राजनीतिक भेटघाट तीव्र  पारेका छन् । खुला रुपमै भइरहेका यस्ता भेटघाटको मुख्य उद्देश्य हो, इन्जिनियरिङतर्फ सचिवको दरबन्दी थप्न दबाब दिनु र आफूहरुमाथि कसरी अन्याय भएको छ भन्नेबारे बताउनु । अहिले निजामती सेवामा इन्जिनियरिङ सेवाभित्र १५ वटा समूह र सो अन्तर्गत २० वटा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारको अनुमति प्राप्त संस्थाहरुले सदाचार नीति अनिवार्य लागू गर्नुपर्छः गौतम

५ भदौ, काठमाडौं । राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य बामदेव गौतमले सरकारको अनुमतिले सञ्चालन भएका सबै संस्थाहरुले सदाचार नीति लागू नगरेमा कारबाहीको व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार समितिमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको “सुशासन“ र यस्को प्रवर्द्धन गर्न “राष्ट्रिय सदाचार नीति“ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग भएको […]

मुख्‍य समाचार समाचार समाज

संगीत उद्योग संघमा मानव बेचबिखन ब्यूरोले किन हान्यो छापा ?

५ भदौ, काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बुधबार संगीत उद्योग संघको अनामनगरस्थित कार्यालयमा छापा हान्यो । ब्यूरोको टोलीले छापा हानेर लेटर प्याड, हार्ड डिस्क, सीपीयू, माइन्युट बुक बरामद गरेको छ । छापा हान्नु तीन दिनअघि ब्यूरोको टोलीले संघीय उद्योग संघका अध्यक्ष सूर्यबहादुर राना मगरलाई बोलाएर सोधपुछ समेत गरेको थियो । त्यसको तीन […]

अर्थ मुख्‍य समाचार समाचार

नेप्से २.११ अंकले बढ्यो, कारोबार रकममा गिरावट

५ भदौ, काठमाडौं । दुई दिनको सार्वजनिक बिदापछि बिहीबार खुलेको सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से २.११ अंकले वृद्धि हुँदा १९६८.४४ को बिन्दुमा बन्द भएको हो । गत साता ३ हजारको बिन्दु पार गरेर बन्द भएको नेप्से यो साताको पहिलो कारोबार दिन नै ३४.४७ अंकले गिरावट […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले दियो अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो । मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

गाजा आक्रमणका क्रममा १७० पत्रकारको मृत्यु

५ भदौ, गाजा । गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली आक्रमण सुरु भएदेखि शहीद भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको छ । गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा शहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाई गरिएको आक्रमणमा पत्रकार हम्जा अब्दुल रहमान मुर्तजाको शहादतपछि मृत्यु भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको उल्लेख छ । विज्ञप्तिमा विश्वव्यापी पत्रकारिताको […]

मुख्‍य समाचार समाचार समाज

अस्पतालबाट थुनुवा फरार

५ भदौ, झापा । इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन् । फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागू औषध मुद्धामा यही भदौ २ गते विर्तामोड बसपार्कबाट […]