२१ श्रावण २०८३, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्नुअघि पूर्वाधार सुनिश्चित गर्न माग

५ भाद्र, काठमाडौँ।  कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार सुनिश्चित गरेर मात्र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् । संघीय सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग बुधवार प्रतियोगिताबारे वीरेन्द्रनगरमा छलफल गर्दै मुख्यमन्त्री कँडेलले हतारमा मिति घोषणा नगर्न आग्रह गरेका हुन् । उनले पूर्वाधारका काम समयमै सम्पन्न हुने सुनिश्चित भएपछि मात्रै […]

राजनीति समाचार

सरकारमा जान हतार गर्दैनौँ, सरकार नै हामीसँग आउनुपर्छ : ‘प्रचण्ड’

५ भाद्र, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जान हतार नगर्ने बताएका छन् । तर अबदेखि सरकारमा जाँदै जाँदैनौ भन्ने पनि सही नभएको उनले बताएका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले तत्काल सरकारमा जानतिर लाग्न नहुने बताए । उनको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘हामी सरकारमा […]

मुख्‍य समाचार समाचार

भोलि सार्वजनिक बिदा

५ भाद्र, काठमाडौँ । सूर्यविनायक नगरपालिकाले भोलि (बिहीवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सूर्यविनायक-८ स्थित डोलेश्वर महादेव मन्दिरलाई विसं २०६६ भदौ ६ मा केदारनाथको शिर भनी घोषणा भएको दिनको अवसरमा नगरपालिकाले बिदा दिने निर्णय गरेको हो। स्थानीयले उक्त दिनलाई पर्वका रूपमा मनाउँदै आएका छन्। अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक […]

मुख्‍य समाचार समाचार समाज

सिधा कुराका समाचार स्रोत तिमल्सिना पक्राउ

५ भाद्र, काठमाडौँ । सीधा कुरा अनलाइनले प्रसारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टका सूचनादाता मानिएका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ काठमाडौँको पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो । तिमल्सिनाले उपलब्ध गराएको अडियोका आधारमा सिधाकुरामा डार्क फाइल रिपोर्ट बनाइएको थियो । उक्त रिपोर्टलाई लिएर अदालतमा सिधाकुराका प्रकाशक युवराज कँडेल, […]

मुख्‍य समाचार समाचार समाज

स्कारपिओले अटोलाई ठक्कर दिँदा दुई जना घाइते

५ भाद्र, धनगढी ।कैलालीको धनगढीमा स्कारपिओले अटोलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–३ होण्डा  सोरुम नजिक धनगढी– ६का केशवराज जोशीले चलाएको ना १३ च ४०२८ नम्बरको स्कारपिओले सुदूरपश्चिम प्रदेश ०१००१ स ६९०३ नम्बरको अटोलाई  ठक्कर दिँदा दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर अटो चालक धनगढी–७ का दयाशंकर चौधरी र खगेन्द्र चौधरी घाइते भएका […]

समाचार समाज

बझाङमा पहिरोले एक घर भत्कियो

५ भाद्र, बझाङ । बझाङमा पहिरोले एक घर भत्किएको छ। जिल्लाको बुङगल नगरपालिका– ९ सैनेडीका बिर्ख ओखेडाको घर माथिबाट पहिरो आउँदा पुर्णरुपमा नष्ट भएकोे छ। उक्त घर माथि रहेको जमिन पहिले देखि चर्केको हुँदा मानिस पहिले नै सरी सकेकाले मानवीय तथा चौपाय क्षति केही नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

मुख्‍य समाचार समाचार समाज

बाजुरामा करेन्ट लागेर घाइते भएका दुबै युवक सुर्खेत रेफर

५ भाद्र, बाजुरा । बाजुरामा करेन्ट लागेर घाइते भएका दुबै जना युवकलाई सुर्खेत रेफर गरिएको छ । बुधबार करेन्ट लागरे घाइते भएका बडिमालिका नगरपालिका-६ का २८ वर्षीय रुप बडुवाल र वडा नम्बर ४ का ३० वर्षीय राजेन्द्र नाथलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत सुर्खेत रेफर गरिएको हो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई रेफर […]

मुख्‍य समाचार समाचार समाज

कैलालीको कैलारी डुबानमा

५ भाद्र, काठमाडौं । कैलालीको कैलारी डुबानमा परेको छ । कैलारी गाँउपालिका-५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घरधुरी डुबानमा परेका हुन् । बुधबारको अविरल वर्षाका कारण कटैनी नदीको बहाब बढेर पुरानो मनिकापुर बस्तीमा रहेका २४ घरधुरी डुबानमा परेका र १९ घरधुरीका ११६ जना आफ्नै घरको माथिल्लो तला र आफन्तको घरमा सुरक्षित भएर बसिरहेका जिल्ला प्रहरी […]

मुख्‍य समाचार समाचार समाज

दार्चुलामा जिप दुर्घटना

५ भदौ,दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ । महाकाली नगरपालिका-८ धौकोट सडक खण्डमा बुधबार दिउँसो जिप दुर्घटना भएको हो । जिल्ला सदरमुकाम खलंगाबाट धौकोटका लागि छुटेको म१ज २३९ नम्बरको बोलेरो जिप सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार जिपमा ६ जना सवार रहेकामा दुई जना धौकोट बस्ने ६८ वर्षीया कुडा […]

मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

५ भदौ,  डोटी ।  डोटीमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बुधबार दिउँसो पूर्वीचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले ४५ वर्षकी श्रीमती नरु साउदको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन्। प्रहरीले उनलाई घटना भएको एक घण्टाभित्र हत्या गरेर भाग्दै गरेको अवस्थामा पूर्वीचौकीबाटै नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन […]

समाचार समाज

धरहरा खुला गर्ने तयारी भइरहेको छ : उपप्रधानमन्त्री सिंह

५ भदौ,  काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताएका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए । उनले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त […]

मुख्‍य समाचार समाचार समाज

फजूल खर्चलाई निरुत्साहित गर्न सामूहिक विवाह समारोह

५ भदौ, एजेन्सी । चीनमा फजुल खर्च निरुत्साहित गर्न सेप्टेम्बर २२ मा सामुहिक विवाह कार्यक्रम आयोजना गरिएको ‘अल चाइन विमिन फेडेरेसन’ ले जनाएको छ । हङकङ, मकाउ र ताइवानका कुल पाँच हजार दम्पतीले उक्त सामूहिक विवाह समारोहमा भाग लिन सक्ने जनाइएको छ । फेडेरेसनलगायत अन्य पाँच संस्थाद्वारा सार्वजनिक लाभ गतिविधिको रूपमा आयोजना गरिएको परम्परागत चिनियाँ विवाह […]