९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य राखिने

असार ३१, काठमाडौं । सरकारले मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि मात्र सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषदको निर्णय २४ घण्टा अगाडि नै सार्वजनिक गर्नु गोपनियता विपरीत हुने भएका कारण, २४ घण्टासम्म गोप्य रहने पहिलेको अभ्यासलाई फेरि सुरु गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले भने, ‘मन्त्रीपरिषद्को निर्णयहरु २४ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

१७ वर्ष क्याम्पस पढाएकी विद्या भट्टराईलाई शिक्षा मन्त्रालयको कुर्सी

असार ३१, काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छिन् । सोमवार सिंहदरबारमास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् । सोमबार पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय […]

मुख्‍य समाचार राजनीति समाचार

पहिलो पटक मन्त्री बनेकी आरजु राणाले उठाइन सीमा समस्याको मुद्दा

असार ३१, काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छिन् । सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी मन्त्री राणाले आजैसिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गरेका हुन् । राणा पहिलोपटक मन्त्री बनेकी हुन् । रोजेको मन्त्रालय पाएकी उनी मन्त्रिपरिषदको सातौं वरियतामा रहने छिन् । पदभार ग्रहणपछि उनलेसीमा समस्याहरू तथ्य र प्रमाणका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन

३१ असार, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् । यससँगै उनले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने समेत बताए । उनले भने, […]

मुख्‍य समाचार राजनीति समाज

कांग्रेसको बर्चश्व तोडेका मानवीरलाई रक्षा मन्त्रालयको चाबी

३१ असार , काठमाडौं । नवनियुक्त रक्षा मन्त्री मानवीर राईले पदभार ग्रहण गरेका हुन् । सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका मन्त्री राईले े आजैसिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गरेका हुन् । उनले पहिलो पटक मन्त्रालय सम्हाने जिम्मेवारी पाएका हुन् । एमालेले ३० वर्षपछि चुनाव जितेको हिमाली जिल्ला सोलुखुम्बूबाट राईलाई मन्त्री बनाएको हो । […]

मुख्‍य समाचार समाचार समाज

पहिरो पीडित परिवारलाई सहयोग

३१ असार, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले यही असार २७ गते पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई सहयोग प्रदान गरेको छ । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी घटनास्थलमा पुगेर सो रकम […]

मुख्‍य समाचार राजनीति

पर्साबाट सङ्घीय सरकारमा तीनजना मन्त्री नियुक्त, जिल्लाको विकासले प्रथामिकता पाउने अपेक्षा

३१ असार, पर्सा । यहाँबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा यहाँबाट तीनजना सांसद मन्त्री बन्नुभएसँगै यहाँका स्थानीय, बुद्धिजीवी तथा उद्योगी, व्यवसायीमा जिल्लाको समग्र विकास निर्माणसहित राज्यको अन्य क्षेत्रमा उपस्थिति शसक्त र प्रभावकारी […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

३१ असार, जुम्ला । अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरुद्ध भएको थियो । मेसिन परिचालन गरी आज अपराह्न ३:३० बजेदेखि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिए । वर्षाका […]

मुख्‍य समाचार राजनीति

नवनियुक्त कानुनमन्त्री चौरसियाद्वारा पदबहाली

३१ असार, काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गरेका छन् । पदबहालीपश्चात् उनले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताए । “कानुन बनाउने मन्त्रालय भएकाले विधेयकहरु कति छन्, हामीले बनाउनुपर्ने कानुनहरु कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्ने गरी कानुन बनाउँछौँ”, मन्त्री चौरसियाले […]

मुख्‍य समाचार राजनीति समाज

भ्रष्टाचार नियन्त्रण गर्ने नवनियुक्त गृहमन्त्रीको प्रतिवद्धता

३१ असार , काठमाडौं ।नवनियुक्त गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने काम सरकारको प्राथमिकतामा रहेको छ । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले अर्थतन्त्रमा शिथिलता र संकुचन देखिएको भन्दै अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने र संविधानका मूल तत्वहरुलाई बलियो बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको बताए । उनले भने, ‘राजनीतिक स्थिरता […]

अर्थ मुख्‍य समाचार समाज

चौथो कार्याकाल सम्हालेका पौडेलले भनेः सेयर बजार सन्तुलित रुपमा अघि बढ्छ

३१ असार , काठमाडौं । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विकास वित्तमा भएका अभावहरूको समस्या समाधान गर्ने बताएका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन् । सबैसँग सहकार्य गरेर समाधान गर्नुपर्छ । अर्थतन्त्रका समस्या समाधान […]

मुख्‍य समाचार राजनीति समाज

ओलीले लिए प्रधानमन्त्रीको पदभार

३१ असार , काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री ओलीले आजै पदभार गरेका हुन् । त्यसअघि ओलीले लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदको शालिकमा माल्यार्पण गरेका थिए । ओली […]