२१ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार समाचार

पाँच एसएसपीसहित २१ प्रहरी अधिकृतलाई अवकाश नदिन सर्वाेच्चको आदेश, प्रहरीमा तरंग

६ भदौ,  काठमाडौं । ३० वर्षे सेवाहदका कारण एक सातापछि अवकाश पाउन लागेका प्रहरी अधिकारीलाई नहटाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । २१ प्रहरी अधिकारीले दायर गरेको रिटमा सर्वाेच्च अदालतका न्यायाधीश हरि फुयालको इजलाशले यस्तो आदेश दिएको हो । सरकारलाई विपक्षी बनाई पाँच एसएसपी, ६ एसपी, सात डिएसपी र तीन इन्स्पेक्टरले बुधबार रिट दायर गरेका […]

मुख्‍य समाचार राजनीति समाचार

बाढी प्रभावितलाई सहयोग गर्न काँग्रेस कैलालीको अपिल

६ भदौ,  कैलाली  ।  नेपाली काँग्रेस कैलालीले वाढी प्रभावितलाई राहत र उद्धारमा सहयोग गर्न पार्टीका भातृसंगठन एवम् शुभेच्छुकहरुलाई  आव्हान गरेको छ ।  पछिल्लो दुई दिन देखिको भारी बर्षका कारण जनजीवन प्रभावित भएको बिषयलाई लिएर नेपाली काँग्रेस कैलालीले प्रेस विज्ञप्ति जारी गदेैसरकार र आफ्ना पार्टीका भातृ संगठनको ध्यानाकषर्ण गराएको हो । कैलालीका सबै पालिकामा बर्षाका कारण नदीहरुमा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिमका चन्दलाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता

६ भदौ,  धनगढी  ।  कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री प्रकाश चन्दले एसियन कराँते महासङ्घबाट रेफ्रीको मान्यता प्राप्त गरेका छन् । नेपालमा यो स्तरबाट रेफ्री पास गर्ने निकै थोरै रहेका छन् । एसियन कराँते महासङ्घको आयोजनामा फिलिपिन्सको राजधानी मनीलामा सम्पन्न भयको २२ औँ एसियन कराँते प्रतियोगिता तथा रेफ्री सेमिनारमा सहभागी भएका उनले त्यहीबाट लिखित र […]

मुख्‍य समाचार समाचार समाज

अर्थतन्त्रमा सकारात्मक नतिजा देखा पर्न थालेको छ ः प्रधानमन्त्री ओली

६ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजाहरू देखा पर्न थालेको बताउनुभएको छ । आज(बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसद डा। नारायण खड्काको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको जानकारी दिए। घरजग्गा कारोबार क्रमशः वृद्धि हुँदै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सहकारी छानबिन समितिले रविलाई बयानका लागि बोलायो

६ भदौ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि बोलाएको छ। लामिछानेलाई शुक्रवार  बस्ने समिति बैठकमा बयानका लागि बोलाइएको सभापति सूर्य थापाले बताए। लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको बताइएको छ। बैठक शुक्रवार बिहान ११ बजेका लागि […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा बाढीको बितण्डा, हजारौँ घरमा बाढी, घर भत्केपछि नागरिकको सडकमा बास

६ भाद्र,  धनगढी । तिन दिनदेखीको अबिरल बर्षाका कारण कैलालीका करिब ५ हजार घर डुवानमा परेका छन् । जिल्लाको कैलारी गाउँपालिका र भजनी नगरपालिकाका अधिकासं घर डुवानमा परेका छन् । डुवानका कारण घरभित्रको खाद्यान्न समेत बगाएपछि बिद्यालय तथा सार्वजनिक स्थानमा बसिरहेका उनिहरुलाई दिनचर्या चलाउनै मुस्किल परेको छ । कैलालीको भजनी नगरपालिका क्षेत्र जलमग्न भएको छ । […]

मुख्‍य समाचार समाचार समाज

डोटीमा २ मोटरसाइकल ठोक्किँदा ३ जना घाइते, २ धनगढी रेफर

६ भाद्र,  डोटी । डोटीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन् । बुधबार दीपायल सिलगढी नगरपालिक ६ थाप्लामा दुई मोटरसाइकल आापसमा ठोक्किँदा तीन जना घाइते भएका हुन् । प्रहरीका अनुसार घाइते हुनेमा बाजुराको बुढीगंगा नगरपालिका६ बस्ने २० वर्षका सुवास बानिया, उनकी बहिनी १७ वर्षकी माया बानिया र दीपायल सिलगढी ६ बस्ने १८ वर्षका […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सेती नदीमा भेटिएको शवको पहिचान खुल्यो

६ भाद्र,  डोटी । डोटीमा सेती नदीमा भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव शिखर नगपालिका–६ तलकोटका २८ वर्षीय कैलाश लुहारको रहेको प्रहरीले बताएको छ । बिहीबार दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा उनको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बैतडीमा सर्पको टोकाइबाट तीन जना घाइते

६ भाद्र, बैतडी । बैतडीमा सर्पको टोकाइबाट तीन जना घाइते भएका छन् । दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट एक÷एक जना घाइते भएका हुन् । बुधबार दशरथचन्द नगरपालिका २ मगराउँकी ३५ बर्षीया भावना बोहरा, मेलौली नगरपालिका ३ बागगोठका १८ बर्षीय धिरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका ४ विनायककी ३० बर्षीया धौली चन्द सर्पको टोकाइबाट […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।   बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । गत साता प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो […]

मुख्‍य समाचार राजनीति समाचार

उदयपुरको चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल अब नयाँ डिजाइनमा बन्ने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उदयपुरको चौदण्डीगढी–५ स्थित सिवाई–बेल्हा जोड्‍ने भाँचिएको पुल अब नयाँ डिजाइनमा बन्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा नेपाली कांग्रेसका सांसद नारायण खड्काले सोधेको प्रश्‍नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भाँचिएको पुलको निर्माणका लागि नयाँ नक्साको डिजाइन स्वीकृत भइसकेको बताए । उक्त पुल निर्माण सकिएर गाडी चल्‍ने अवस्थामा पुगेको बेला त्रियुगा नदीमा […]

मुख्‍य समाचार राजनीति समाचार

तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउने प्रधानमन्त्रीद्वारा जानकारी

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उत्तर दिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले तीन दिनभित्र दिनुपर्ने र कुन फाइल कहाँ छ भन्ने जानकारी अनलाइनबाट हुने नागरिक एपमा राष्ट्रिय […]