२१ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार समाचार

स्कुल बस दुर्घटना, चालक घाइते

८ भाद्र, पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । शुक्रबार न्यू मोडेल सेकेन्डरी स्कुलको बस पोखरा महानगरपालिका–१७ स्थित आँखा अस्पताल चोकमा दुर्घटना भएको हो । बसमा विद्यार्थी भने थिएनन् । घाइते चालकलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलिसकेको छैन ।

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज विरुडा पञ्चमी मनाइँदै

८ भाद्र, दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन […]

मुख्‍य समाचार समाचार समाज

आज यी स्थानमा ३ घण्टा विद्युत् अवरुद्ध हुने

८ भाद्र, काठमाडौँ । ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा आज ३ घण्टा बिजुली अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै पुल्चोक वितरण केन्द्रको बागमती फिडर र टेकुपुल्चोक फिडर अन्तर्गत विद्युत् वितरण भइरहेका  विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको हो। प्राधिकरणका अनुसार पुल्चोक वितरण […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

बुन्डेस लिग: डिफेन्डिङ च्याम्पियन लेभरकुसनको विजयी सुरुवात

८ भाद्र, काठमाडौं । जर्मनीको डिफेन्डिङ बुन्डेस लिग च्याम्पियन लेभरकुसनले नयाँ सिजनको पहिलो खेलमा विजयी सुरुवात गरेको छ । लिगको पहिलो खेलमा ब्रोईसिया डटमनलाई ३-२ गोलअन्तरले पराजित गर्दै आफ्नो च्याम्पियन शैली पेश गरेको छ । गत सिजनमा लिग जितेर सनसनी मच्याएको लेभरकुसनले नयाँ सिजनको पहिलो खेलमा जितको रेकर्डलाई निरन्तरता दिएको छ । अघिल्लो सिजनमा अपराजित रहदै […]

राजनीति समाचार समाज

संसदीय समितिले रवि लामिछानेसँग सोध्यो ५० भन्दा बढी प्रश्न

८ भाद्र, काठमाडौँ । हिजाे संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचालनबारे पूर्वगृह मन्त्री रवि लामिछानेसँग तीन घण्टा लामो सोधपुछ गरेको थियाे । समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेसँग ५० भन्दा बढी प्रश्न गरेको थियो, सबैमा लामिछानेले इन्कारी बयान दिएका छन् । लामिछाने २३ फागुन २०८० मा उपप्रधान तथा गृह मन्त्री भएपछि […]

मुख्‍य समाचार समाचार समाज

तनहुँ बस दुर्घटना : मृतक सबैको शव परीक्षण चितवनमा हुने

८ भाद्र, दमौली(तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला […]

मुख्‍य समाचार समाचार समाज

मनसुनी वायुको प्रभाव कायमै, केही ठाउँमा भारी वर्षाको सम्भावना

८ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा […]

मुख्‍य समाचार समाचार

मेयर/उपमेयरसहित कर्मचारीलाई कार्यालयमै थुन्न खोजिएपछि तनाव

७ भाद्र, धनगढी । कैलालीको घोडाघोडी नगरपलिकामा मेयर/उप-मेयरसहितका जनप्रतिनिधि र कर्मचारीलाई कार्यालयमै थुन्न खोज्दा स्थानीयमाथि प्रहरीले धरपकड गरेको छ । शिवशक्ति सामुदायिक वनले आफ्नो क्षेत्र भवन निर्माण गर्दा नगरपालिकाले हस्पक्षेप गरेको आरोप लगाएको छ । सामुदायिक वनले नै नगरपालिका कार्यालयका लागि जग्गा दिएको थियो । अहिले नगरपालिका नजिकै आफ्नो भवन बनाउँदा नगरपालिकाले हस्तक्षेप गरेको उनीहरुको […]

मुख्‍य समाचार समाचार समाज

आबुखैरेनी दुर्घटना: मृतकको संख्या २७ पुग्यो

पोखरा । तनहुँ आबुखैरेनीमा भएको बस दुघर्टनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले शुक्रबार बिहान भएको दुर्घटनामा २७ जनाको मृत्यु जानकारी दिए । ४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको डीएसपी थापाले बताए । घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो […]

मुख्‍य समाचार समाचार समाज

टीकापुरलाई छुट्टै जिल्ला बनाउने रेशम चौधरीको उद्घोष

७ भाद्र, टीकापुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले कैलालीको टीकापुरलाई छु्ट्टै जिल्ला बनाउने उद्घोष गरेका छन् । शुक्रबार नाउपाले आयोजना गरेको टीकापुर विद्रोह दिवसलाई सम्बोधन गर्दै उनले टीकापुर जिल्ला बनाउने आफ्नो पाइला कसैले पनि रोक्न नसक्ने बताए । उनले टीकापुर जिल्ला बनाउन स्वर्गीय खड्क बहादुर सिंहको योजनामा आफू हिँडिरहँदा अनेक षड्यन्त्र […]

अन्तर्राष्ट्रिय समाचार

भारतमा पहिरोमा पुरिएर ४ नेपाली मजदुरको मृत्यु

एजेन्सी- भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार जना नेपाली नागरिकको ज्यान गएको छ । गएरातिको अविरल वर्षाका कारण रुद्रप्रयाग जिल्लाको केदारनाथको फाटा हेलिप्याड नजिक पहिरोमा पुरिएर चार जना नेपाली मजदुरको ज्यान गएको ‘द इन्डियन एक्सप्रेस’ले जनाएको छ । ज्यान गुमाउनेमा रुद्रप्रयागमा कार्यरत नेपाल घर भएका तुलबहादुर, पूर्ण नेपाली, किश्न परिहार र चिकु बुरा […]

मुख्‍य समाचार समाचार समाज

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

७ भाद्र, अछाम । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-५ लयाटी बस्ने अन्दाजी ४५ वर्षका कमल बहादुर शाहीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार शाही आफ्नै खेतबारीमा काम गरी घर फर्कने क्रममा बडरुखको भिरबाट १०० मिटर तल खसेर घाइते भएका थिए । उनलाई उपचारका लागि दैलेखको […]