२१ श्रावण २०८३, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

७ भाद्र,  ढाका । बङ्गलादेशको अन्तरिम सरकारले बिहीबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । हसिनाको राहदानीका साथै पूर्वसरकारका मन्त्री र पूर्वसांसदहरूको राहदानी ‘रद्द गरिनुपर्ने’ गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ । ढाकामा हसिनाको सरकारी निवासमा भीडले आक्रमण गर्दा उनलाई सत्ताबाट अपदस्थ गर्नुअघिका हप्ताहरूमा धेरैजसो प्रहरीको गोलीबाट गरी चार सय ५० भन्दा बढीको […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाढीले कञ्चनपुरमा करोडौँको क्षति

७ भाद्र, दोधारा चाँदनी(कञ्चनपुर) । असार तेस्रो साताको बाढीबाट जिल्लामा रु एक अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो । “बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयहरूलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ […]

मुख्‍य समाचार समाचार समाज

मुस्ताङमा स्याउ टिप्ने समय तालिका

७ भाद्र, म्याग्दी । मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको हो । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपा सभापति लामिछानेसँग आज बयान लिँदै समिति

७ भाद्र,  काठमाडौँ । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज बयान लिने भएको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाएको हो। लामिछानेलाई गोरखा मिडिया नेटवर्क कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको […]

मुख्‍य समाचार समाचार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना कायमै

७ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती  प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा […]

मुख्‍य समाचार राजनीति समाचार

काँग्रेस र कम्युनिस्ट मिलेर सरकार बनाउनु गलत : बामदेव गौतम

७ भाद्र,  काठमाडौँ । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले कम्युनिस्ट पार्टीले काँग्रेससँग मिलेर सत्ता सहकार्य गर्नु गलत भएको बताएका छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै उनले शासन सत्ता हातमा लिन जे पनि गर्न नहुने धारणा राखेका हुन् । काँग्रेस र कम्युनिस्ट पार्टीको छुट्टाछुट्टै सिद्धान्त र मूल्य मान्यता रहेको भन्दै पदका लागि जे पनि गर्न नहुने […]

मुख्‍य समाचार राजनीति समाचार

नेताहरूबारे नकारात्मक कुरा सामाजिक सञ्जालमा नलेख्न एकीकृत समाजवादीको निर्देशन

७ भाद्र , काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीका नेताहरूबारे नकारात्मक टिप्पणी सामाजिक सञ्जालमा नलेख्न निर्देशन दिएको छ । महासचिव घनश्याम भूसालले बिहीबार एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरूबारे सामाजिक सञ्जालमा नकारात्मक नलेख्न र शेयर नगर्न निर्देशन दिएका हुन् । ‘राजनीतिक व्यक्ति आफूप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरु […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

मिनी ट्रक दुर्घटना : साहुको घटनास्थलमै मृत्यु, दुईजना घाइते

६ भदौ, बैतडी । बैतडीमा आज बेलुका मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य, दुईजना घाइते भएका छन् । कञ्चनपुरकमे शुक्लाफाँटा नगरपालिका–५ झलारी घर भएका मिनी ट्रक साहु जगदीश अवस्थीको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको […]

मुख्‍य समाचार समाचार समाज

करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

६ भदौ, गोरखा । गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि […]

मुख्‍य समाचार समाचार समाज

मालपोत कार्यालयका नासु घुस प्रकरणमा दोषी ठहर

६ भदौ, रुपन्देही । घुस प्रकरणमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायव सुव्वा नरहरि खनाललाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले खनाललाई दोषी ठहर गरेको हो । अदालतले खनाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ […]

मुख्‍य समाचार राजनीति समाचार

खरेललाई एमालेले गर्यो पार्टीबाट निष्काशन

६ भदौ, बुटवल । नेकपा एमाले रुपन्देहीले पार्टीका संगठित सदस्य टिका खरेललाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । सैनामैना नगरपालिका वडा नम्बर ३ निबासी खरेलले पार्टी विधानको धारा ८० को उपधारा ९४०, ९८०, ९१३० बमोजिम पार्टी हित विपरीत गतिविधि गरेको र पटकपटक सचेत गराउँदा समेत पुनः गतिविधि दोहोर्याएको तथा समाजमा विभिन्न अनैतिक गतिविधि गरेको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्रीलाई प्रश्नः पाँच वर्षे हदम्याद राखेर भ्रष्टचारीलाई बचाउन लागेको हो ?

६ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणको सवालमा आफ्नो काम परिणाममा हेर्न सुझाएका छन् । ‘म तर्कमा भन्दा परिणाममा विश्वास गर्छु । हामीले घोषाणा गरेका कुराहरु परिणाममा हेरियोस् । आलोचना टिप्प्णी गर्नेतिर लाग्यो भने त्यो फेल खानेछ,’ उनले भने, ‘त्यसकारण परिणाम हेरियोस् । भ्रष्टाचार नियन्त्रणको सवालमा हामी कदम चाल्छौं कि चाल्दैनौं, कानुन अघि […]