९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाज

सिमलताल पहिरोः मृतकका परिवारलाई एक लाख दिइने

२ साउन , महेन्द्रनगर धनुषा । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई रु एक लाखका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति रु एक लाखका दरले राहत उपलब्ध गराउने बताए । “दुर्घटनामा परी ज्यान […]

मुख्‍य समाचार समाज

देश विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण छ : महत

२ साउन , काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देशको विकासका लागि महिलाहरुको भूमिका अहम रहेको बताएका छन् । बुधबार नेपाल महिला संघको केन्द्रीय कार्यलयको निर्माण गरिने नयाँ भवनको शिल्यानास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महतले देशमा महिलाको संख्या पुरुषको तुलनामा धेरै रहेको भन्दै देशको विकासका लागि महिलाको भूमिका महत्वपूर्ण भएको बताए […]

अर्थ मुख्‍य समाचार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

२ साउन , काठमाडौं । साउन महिनाको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले बढेर १ लाख […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गण्डकीमा प्राइभेट फर्म नवीकरण हुने

२ साउन, कास्की । गण्डकी प्रदेशमा साविकको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई नवीकरणको म्याद कटेर कानुन अभावमा नवीकरण हुन नसकेका प्राइभेट फर्महरू नवीकरण र अद्यावधिकको बाटो खुलेको छ । गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐनमा संशोधनपछि एक वर्ष वा सो भन्दा बढी अवधि व्यतित भई नवीकरण हुन नसकेका फर्मको यही असार २६ गतेदेखि […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाज

मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली

२ साउन, बाँके । मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गरेका छन् । यो वर्ष राहीले करिब रु एक लाखमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याउनुभएको हो । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब रु ६० हजार थप खर्च भएको उनले बताए । नेपालगञ्जको गणेशपुर चोकमा […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल घटना : कार्यदलले काम थाल्यो

२ साउन, काठमाडौँ । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए। दश दिनको कार्यादेश […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

रुपन्देहीमा मोहर्रम पर्व मनाइँदै

२ साउन, रुपन्देही । मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ । रुपन्देहीमा मुस्लिम मात्र होइन हिन्दू धर्मालम्बीले पनि ताजिया बनाई विधिवत रूपमा पूजाअर्चना गरेका छन् । भैरहवा गाउँका पाचु ठाकुर यो पर्वप्रति आफ्नो प्रगाढ आस्था रहेको बताउछन्। वाञ्छित मनोकामना पूर्ण हने आशामा वा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

३ साउन, पर्वत । हिन्दुहरुको पबित्र पर्व हरिशयनी एकादशीको दिन आज घर घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि शुरु हुँदैछ । महत्वपुर्ण पर्व हरिशयनी एकादशीका अबसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्नेको आज बिहानैदेखि घुइँचो लागेको छ । पर्वतको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीबेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, […]

मुख्‍य समाचार समाज

कार्साङ’को वर्कशपमा दयाहाङ

२ साउन , काठमाडौँ । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो । यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति बेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । यस फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ राई […]

मुख्‍य समाचार समाचार समाज

सबैया साझेदारी वन अतिक्रमणमा

२ साउन, वीरगञ्ज । पर्साको सबडिभिजन वन कार्यालय सबैया मातहत पर्ने करिब ३५ हेक्टर वन अतिक्रमणमा परेको छ । पर्सागढी नगरपालिका–३ झाला टोलका स्थानीयले २० हेक्टर तथा वीरगञ्ज महानगरपालिका–३२ रामवनका बासिन्दाले १५ हेक्टर वन क्षेत्र कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसेका छन् । सबैया साझेदारी वन व्यवस्थापन समूहका पूर्वअध्यक्ष लखनलाल साहले सबैया साझेदारी […]

मुख्‍य समाचार समाचार समाज

शेषनारायणमा दर्शनार्थीको घुइँचो

२ साउन, काठमाडौँ । काठमाडौँको उत्तरी भेगस्थित शेषनारायण मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । दक्षिणकाली नगरपालिकाको फर्पिङमा पर्ने उक्त मन्दिरमा प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन मेला लाग्छ । यहाँ आउने भक्तजनलाई व्यवस्थित गर्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी खटिएका छ्न् । काठमाडौँ उपत्यकाका चार नारायणमध्ये शेषनारायण मन्दिरलाई एक महत्त्वपूर्ण तीर्थस्थलका रूपमा लिइन्छ । […]

मुख्‍य समाचार राजनीति समाज

समयमा काम नगर्ने चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

२ साउन , काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो । कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि […]