२१ श्रावण २०८३, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार

भलिबल टिमलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका चार टिमलाई शनिबार नगद रकमसहित सम्मान गरेको छ । संघले काठमाडौंमा एक कार्यक्रम गर्दै काभा बिच भलिबलका स्वर्ण र रजतपदक विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत र काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको कांस्यपदक विजेता टिमलाई पुरस्कार प्रदान गरेको हो । काठमाडौंमा भएको काभा […]

मुख्‍य समाचार समाचार समाज

कैलाश मानसरोवर जाने राजमार्ग अवरुद्ध

रसुवा । वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा कैलाश मानसरोवर दर्शनका लागि जाने दर्शनार्थीहरू प्रभावित भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको जानकारी दिए । यातायातका साधन बन्द भएपछि कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादीको टाउकोमाथि तरबार थियो, अब हट्यो : ‘प्रचण्ड’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीलाई ढुक्क भएको बताएका छन् । शनिबार पार्टीको नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा उनले माअ‍ोवादीको टाउकोमाथि झुण्डिएको तरबार हटेको टिप्पणी गरे । ‘अब तपाईँ हाम्रो टाउकोमा तरबार झुन्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन’, […]

मुख्‍य समाचार समाचार

डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु

डोटी । डोटीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-१ बाँझ बस्ने धन बहादुर खड्काकी श्रीमती वर्ष २७ की निर्मला खड्काको सर्पको टोकाईबाट शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । घर नजिकै खेतमा घाँस काट्ने क्रममा बायाँ खुट्टामा डसेर घाइते भएकी खड्कालाई उपचारका […]

मुख्‍य समाचार समाचार

खोलामा डुबेर दुई किशोरको मृत्यु

रुपन्देही । कपिलवस्तुमा फुटबल खेलेर खोलामा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ । बाणगंगा नगरपालिका- ८ ढोडेकोलका दुई युवकको डुबेर शनिबार मृत्यु भएको हो । मोर्मीस्थित कोइलीखोलामा नुहाउन गएका ढोडेकोलका ठाकुर भण्डारीका १५ वर्षका छोरा प्रतीक र सोही ठाउँ बस्ने कृष्ण सापकोटाका १६ वर्षीया सरोज सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अफगानिस्तानमा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

काबुल । अफगानिस्तानमा तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागू गरेको ग्लोबल न्यूजले जनाएको छ । यो कानूनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ । अफगानिस्तानमा तालिबानको कब्जापछि सन् २०२१ मा स्थापना भएको ‘सद्गुणको प्रचार र दुराचारको रोकथाम’ मन्त्रालयले नयाँ कानून जारी गरेको हो । […]

मुख्‍य समाचार समाचार

सुनकोशीमा कार खस्यो, तीन बेपत्ता, एक यात्रु पौडिएर निस्किए

८ भाद्र, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ । कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ । नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मुख्‍य समाचार समाचार

पोखरा विमानस्थल निर्माणमा निकै ठूलो भ्रष्टाचारको तथ्य भेटियो : लिङदेन

सिड्नी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा निकै ठूलो भ्रष्टाचार भएको केही तथ्य फेलापरेको बताएका छन् । अस्ट्रेलियाको सिड्नीमा झापाली समाजले आयोजना गरेको साक्षात्कार कार्यक्रममा लिङदेनले यस्तो बताएका हुन् । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारका विषयमा संसदीय छानबिन समितिको संयोजक भएको नाताले अहिले सबै कुरा बताउन नमिल्ने […]

मुख्‍य समाचार राजनीति समाचार

महिला प्रधानमन्त्री बनाउने इच्छा छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुुलुकको विकासमा युवाको भूमिकालाई सरकारले महत्त्वका साथ हेरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित काठमाडौं युथ कन्क्लेभ २०२४ मा सोधिएको प्रश्नको जवाफ दिँदै उनले युवा नै देशको सम्पूर्ण शक्ति भएको बताए । युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्ने उनले उल्लेख गरे । सरकारले युवालाई रोजगारीमा जोड्न […]

मुख्‍य समाचार समाचार

सुख्खा पहिरो खसेपछि पाल्पा बुटवल सडक बन्द

काठमाडौँ । शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा (बुटवल सडक अवरुद्ध भएको हो। ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरे […]

मुख्‍य समाचार समाचार

‘अब बोल्छ नेपाल’: बालुवाटारमा युवाहरुले गरे प्रदर्शन

काठमाडौं । विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै युवाहरुको एक समूहले शनिबार बालुवाटारमा प्रदर्शन गरेको छ । ‘अब बोल्छ नेपाल’ लेखिएको व्यानरसहित उनीहरुले प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले ⁠भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् । विभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी फुट्दैन, आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ : ‘प्रचण्ड’

८ भाद्र, काठमाडौँ । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्न सक्ने दाबी गरेका छन् । नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिको ८औँ भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउन सक्दैन । केही समयपछि फुटेर गएका […]