६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार समाचार

महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन : मन्त्री साह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी)ले महिला र पुरुषबीच लैगिंक भेदभाव अन्त्य गर्न सरकार लागिपरेको बताएका छन् । मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको लैंगिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकार महिला र पुरुषको बिचको खाडल पुर्नेगरी काम गरिरहेको बताए । उनले भने, ‘महिला र […]

मुख्‍य समाचार समाचार समाज

मौलिक हकलाई कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षा पूरा गरिने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैङ्गिक समावेशीकरणसम्बन्धी एसिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै […]

समाचार समाज

मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालन

१८ भाद्र,  काठमाडौँ । सुख्खा पहिरो खसेर अबरुद्ध भएको मध्यपहाडी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । अबरुद्ध सडक स्थानीय फिक्कल गाउँपालिकाको जेसिभीको सहायताले एकतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । सोमबार साँझ मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गा.पा. ५ पञ्चकन्या, थाम्लेघाटमा सडक माथिबाट सुख्खा पहिरो आएपछि सडक अवरुद्ध भएको थियो […]

समाचार समाज

बीस वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो

१८ भाद्र, गोरखा । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको हो । तनहुँ सडक डिभिजन कार्यालयले गत वैशाख महिनामा पहिरो रोकथामको सबै काम सकिएसँगै यस पटकको बर्खामा कुनै समस्या […]

समाचार समाज

पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा

१८ भाद्र,  म्याग्दी । मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्त्व र विशेषताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । लो–घेकर दामोदर कुण्ड-३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताए । […]

समाचार समाज

हुम्लामा तीन वर्षमा ३४ दुर्घटना, सात जनाको मृत्यु

१८ भाद्र, सिमकोट । गुणस्तरीय सडक निर्माण नभएको हिमाली दुर्गम जिल्ला हुम्लामा तीन वर्षमा यहाँका विभिन्न क्षेत्रमा ३३ वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिप, ट्र्याक्टर, डोजर (स्काभेटर) गरी छ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

समाचार समाज

बालबालिकालाई काममा लगाउने उद्योगमाथि कारबाही

१८ भाद्र, काठमाडौँ । । बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरेको हो । कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुसार ती प्रतिष्ठान तथा […]

समाचार समाज

आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

१८ भाद्र, काठमाडौँ । काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा आज बिहानेदेखि देखि अपराह्न ४  बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो । अनामनगर पुर्वीगेट हुँदै […]

समाचार समाज

तारा एयरले आजदेखि पोखरा-जोमसोम उडान सुरु गर्दै

१८ भाद्र,  काठमाडौँ । तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा आजदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । पर्यटकीय ‘सिजन’ सुरु हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन […]

राजनीति समाचार

एमाले पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदै

१८ भाद्र,  काठमाडौँ । सत्तारूढ नेकपा (एमाले)को पोलिट्ब्युरो बैठक आजबाट सुरु हुँदैछ। दिउँसो १ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा पोलिट्ब्युरो बैठक बस्ने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। एमालेको पोलिट्ब्युरो बुधबारसम्म चल्नेछ। पोलिट्ब्युरोमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी […]

अन्तर्राष्ट्रिय समाचार

भेनेजुएलाका राष्ट्रपतिको प्लेन अमेरिकाले कब्जा गर्‍यो

१८ भाद्र,  काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको प्लेन अमेरिकाले कब्जा गरेको छ । बेलायती विश्व च्यानल बिबिसिकाअनुसार डोमिनिकल गणतन्त्रबाट कब्जा गरिएको फाल्कन ९०० इएस्क जहाज अमेरिकाले कब्जा गरेर फ्लोरिडामा लगेको छ । प्लेनमा मदुरो भने सवार थिएनन्। एक करोड तीस लाख अमेरिकी डलर दाम पर्ने प्लेन कब्जा गरिएको हो ।

समाचार समाज

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

१८ भाद्र,  हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी र हेटौँडामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको हो । मकवानपुरको भीमफेदी ६ जुरीखेतको हेटौँडा-काठमाडौं सडकखण्डमा भएको दुर्घटनामा प्र.२-०३-०११ प ३४७४ नम्बरमा सबार मोटरसाइकल चालक पर्सा वीरगन्ज-१५ लक्षुमन्वा बस्ने वर्ष ४० को वृत नारायण यादवको […]