९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह

३ साउन , काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पर्साको सुपौलीमा इलाका प्रशासन कार्यालय

३ साउन , वीरगञ्ज पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नो कार्यालयको सेवालाई जिराभवानी गाउँपालिका–४ स्थित सुपौलीमा इलाका प्रशासन कार्यालय विस्तार गर्ने भएको छ । कार्यालयको सेवाप्रवाहलाई जनतामैत्री बनाउनका लागि इलाका प्रशासन कार्यालय विस्तार गर्न लागिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आगामी भदौको पहिलो साताभित्रै इलाका प्रशासन कार्यालय सुपौली सञ्चालनमा ल्याउने गरी […]

मुख्‍य समाचार समाज

व्यावसायिक पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी

३ साउन , कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले चारवर्षदेखि बाख्रा, बङ्गुर फार्मसँगै माछापालन गर्दै आएका हून् । घर नजिकैको सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत चौधरी फुर्सदमा फार्ममा रहेका बाख्रा, बङ्गुर र माछा हेरचान गर्नुहुन्छ । बिहानबेलुका फार्ममा रहेका पशुको हेरचाह […]

मुख्‍य समाचार राजनीति समाचार

गण्डकी प्रदेशस्सरकार पुनः गठनमा सहमति खोजिँदै

३ साउन , गण्डकी । प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल नै सुरु भएको छैन । कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्री पाउने शीर्ष तहमा सहमति भएको भनिए पनि प्रदेशमा सत्ता साझेदारीलाई कसरी अगाडि बढाउने भन्ने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

देशको अवस्था प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली

३ साउन , काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि देशको सन्तोष जनक अवस्था नरहेको भन्दै त्यो अवस्थालाई बदल्न आवश्यक रहेको बताए । उनले भने, ‘देशको अवस्था […]

मुख्‍य समाचार राजनीति

बधाईमा रमाइरहेका मन्त्रीहरुलाई समय व्यवस्थापनमा सकस

३ साउन , काठमाडौं । यतिबेला देशका दुई ठूला दलको नेतृत्वमा सरकार छ । विहीबार चौथो दिन मन्त्रीहरुका कार्यकक्षमा भीडभाड देखिन्छ । काम लिएर आउनेभन्दा पनि खादा, माला र पुष्पगुच्छा लिएर आउने शुभेच्छुकहरुको भीड मन्त्रीहरुको कार्यकक्षमा खचाखच देखिन्छ । यही भीडमाझ समय मिलाएर मन्त्रीहरु आफ्ना मातहतका कर्मचारीहरुसँग छलफलमा छन् तर काम गर्न सुरु गरेका छैनन् […]

मुख्‍य समाचार समाचार समाज

ज्योतिष डा.अधिकारीको खुलासा : देउवा प्रधानमन्त्री बन्दैनन्, संविधान संशोधन हुन्छ

३ साउन , काठमाडौं । वरिष्ठ ज्योतिष एवं पण्डित डा.रुद्रनाथ अधिकारीले आउँदो मंसिरसम्म नेपालको संविधान संशोधनको प्रक्रिया सुरु हुने भविष्यवाणी गरेका छन् । नेपाल न्युज बैंकसँग कुराकानी गर्दै राजनीतिक भविष्यवाणी एवम विश्लेषण समेत गर्दै आएका डा.अधिकारीले संविधान संशोधन यही वर्षबाट थालनी भएर वि.स. २०८२ सालमा नेपाली राजनीतिको कोर्ष परिवर्तनको दिसातर्फ अघि बढ्ने बताए । उनले […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य घट्यो

३ साउन , काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रूपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ५ सय रूपैयाँमा कारोवार […]

मुख्‍य समाचार समाज

बृत्तचित्रमा नयाँ वहस : कुमारी घरकी कुमारीलाई राष्ट्र प्रमुख !

३ साउन , काठमाडौं । ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो। यौन हिंसा हुँदैनथ्यो। महिलालाई देवीको रूपमा पुजिन्थ्यो।’राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो कुरालाई पुष्टि गर्ने दाबी गरिएको अजिमा र ६ लैङ्गिक पहिचानसम्बन्धी वृत्तचित्र छिट्टै प्रिमियर गर्ने तयारी भएको छ । वृत्तचित्रमा अजिमाका मन्दिरहरूको वर्णन गरिएको छ। इन्द्र स्वर्गबाट फुल टिप्न आएको कथन, मल्ल […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु

३ साउन, मोरङ । प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ । प्रदेशका विभिन्न एक सय १७ स्थानमा बाढीमा परी २२ जनाको निधन भएको छ भने २४ जना व्यक्ति घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले […]

मुख्‍य समाचार समाचार समाज

अनुसन्धानका लागि पर्याप्त बजेट प्राप्त नभएको गुनासो

३ साउन, चितवन । विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक प्रा डा लालप्रसाद अम्गाईँले सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा सोचेअनुरुप अनुसन्धानका काम गर्न नसकिएको बताएका छन् । विकसित मुलुकमा कुल बजेटको १० प्रतिशतसम्म अनुसन्धानमा खर्च गरिने भन्दै उहाँले हाम्रो मुलुकमा भने एक दशमलव पाँच प्रतिशत मात्र अनुसन्धानका लागि बजेट विनियोजन हुने गरेको बताएका हुन् । राष्ट्रिय […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

‘धनुषा र महोत्तरीमा मल अभाव छैन’

३ साउन, जनकपुरधाम । धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । उक्त कार्यालयका प्रमुख बेचनकुमार साहका अनुसार मलको पर्याप्त मौज्दात रहेको तथा सहकारी संस्थामार्फतढुवानी तथा बिक्रीवितरण भइरहेको छ । दुवै जिल्लामा सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले निर्धारण गरेको ‘कोटा’अन्तर्गत सहकारी संस्थामार्फत मल बिक्रीवितरण हुने प्रावधान छ । सोहीअनुसार मल […]