६ कार्तिक २०८३, बिहीबार
बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु

१८ भाद्र, काठमाडौँ । कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार पुनर्वास नगरपालिका–७ परासनस्थित दोदा नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँका २२ वर्षीय जन्तरी रानाको मृत्यु भएको हो । रानाको सोमबार मृत्यु भएको र आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।

समाचार समाज

वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गर्ने पक्राउ

१८ भाद्र, काठमाडौँ ।  विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा गाउँपालिका–२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरी रहेका प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]

खेलकुद मुख्‍य समाचार समाचार

साफ यु–२० च्याम्पियनसिप खेलेका नेपाली खेलाडीलाई एन्फाले जनही ५० हजार रुपैयाँ दिने

१८ भाद्र, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । अगस्ट १८ देखि २८ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको थियो । एन्फाको अगस्ट २९ मा सम्पन्न बैठकले खेलाडी र म्याच अफिसियल […]

समाचार

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

१८ भाद्र , काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ८३१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सो सङ्ख्यामा सङ्क्रमित र ४ जनाको मृत्यु भएको हो । हुम्ला र […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो

१८ भाद्र, गण्डकी । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव […]

मुख्‍य समाचार समाचार समाज

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र,  चीन । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलबार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जना अभिभावक र विद्यार्थीहरूको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । राज्य प्रसारणकर्ता सिसिटिभीले बिहान ७:२७ बजे (स्थानिय समय) शानडोङ प्रान्तको ताइआन सहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको “नियन्त्रण गुमाएको” बताएको छ । सिसिटिभीका अनुसार बस सडक छेउमा […]

समाचार समाज

‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी आउँछ’

१८ भाद्र, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने […]

राजनीति समाचार

शेरबहादुर देउवाले नै यो सरकार बिचौलियाले बनाएको स्वीकार गरिसके : वर्षमान

१८ भाद्र, काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरुको आरोप पुष्टि भएको बताएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरुले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

फिलिपिन्समा आँधीसँगै आएको बाढीमा परी १४ जनाको मृत्यु

१८ भाद्र, फिलिपिन्स । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी यागीले निम्त्याएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको सरकारले मङ्गलबार जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का प्रवक्ता एडगर पोसादासले दुर्घटनामा परी लुजन टापु तथा मध्य फिलिपिन्समा १२ जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार मनिलाको दक्षिणपश्चिम प्रान्तमा दुई जनाको मृत्यु […]

समाचार समाज

छहरामा फोटो खिच्दै गर्दा बगेर दुई जना बेपत्ता

१८ भाद्र,  अर्घाखाँची । कपिलवस्तु बाणगंगा–२ का २९ वर्षीय उमेश पौडेल र २४ वर्षका किशोर रास्कोटी खोलाले बगाउँदा बेपत्ता भएका छन् । उनीहरुलाई अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ र १४ सिमलपानीको बिचमा पर्ने छहरामा फोटो खिच्ने क्रममा बगाएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठौरका अनुसार मंगलबार दिउँसो घुम्न आएका चार जना बगेका थिए । दुई […]

समाचार

कैलालीमा जापानी इन्सेफलाइटिसबाट २ जनाको मृत्यु

१८ भाद्र, धनगढी । कैलाली जापानी इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानी इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ । यस्तै, जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी […]

मुख्‍य समाचार समाचार समाज

किसान सूचिकरणको काम यसै वर्षभित्र सम्पन्नहुन्छः मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सातवटै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल गरेका छन् । मंगलबार सिंहदरबारस्थित कृषिमन्त्रालयमा भएको बैठक बोल्दै मन्त्री रामनाथ अधिकारीले यसै वर्षभित्र किसान सूचिकरणको काम सक्ने उद्देश्य बोकेको बताएका छन् । उनले सूचिकरण वर्गिकरण गर्दै वितरणको प्रकृया पनि सुरु गर्ने उद्देश्य राखेकोे भन्दै त्यसमा सबै प्रदेशको र पालिकाहरुको तर्फबाटउत्तिकै […]