९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

संविधान र कानूनलाई शिरमा राखेर काम गर्छुः महान्यायाधिवक्ता बडाल

३ साउन , काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण लगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पद भारका क्रममा महान्यायाधिवक्ता बडालले संविधान र कानूनलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘संविधानले जे दायरा लागू गरेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्रालय र समितिबीच सहकार्य र समन्वय आवश्यकः मन्त्री भट्टराई

३ साउन , काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मन्त्रालय र समितिबीच सहकार्य र समन्वयको वातावरण सिर्जना गर्नुपर्ने बताएकी छिन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासंगको छलफलमा उनले प्राप्त भएका सुझावहरुको आधारमा मन्त्रालयले केही काम र अध्ययनहरु अगाडि बढाएको भन्दै यसको लागि सहज वातावरण बनाउन […]

अर्थ मुख्‍य समाचार समाचार समाज

साताको अन्तिम कारोबार दिन नेप्से ५९ दशमलव ६८ अंकले बढ्यो

३ साउन , काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक ५९.६८ अंकले  बढेको छ । बिहीबार नेप्से परिसूचक ५९.६८ अंकको बढोत्तरी सँगै २ हजार ४२४.३२ को बिन्दुमा पुगेर बन्द भएको हो । ३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

महान्यायाधिवक्ता बडालले लिए सपथ

३ साउन , काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले सपथ ग्रहण गरेका छन् । बिहीबार रमेश बडालले शीतल निवासमा सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले शपथ गराएका हुन् ।

मुख्‍य समाचार समाचार समाज

बझाङको सदरमुकाम चैनपुरमा पहिरोको जोखिम भएकाले सार्नैपर्ने आवश्यकता छ : गौतम

३ साउन , काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले मनसुनी वर्षापछि आएको विपद्बारे सरकार गम्भिर हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा बोल्ने अधिकांश सांसदहरुले बाढी र पहिरोबाट हुने जोखिमप्रति सचेत हुँदै पूर्वयोजना बनाउन आवश्यक रहेको बताए । बैठकमा बोल्दै नेकपा एमालेका सांसद वामदेव गौतमले बाढि र पहिरोका कारण बझाङको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रमुख सचेतकहरूसँग सभामुखको छलफल : सदनको कार्यतालिका लागू गर्ने

३ साउन , काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा संघीय संसदको कार्यतालिका र विचाराधिन विधेयकहरुको बारेमा छलफल गरेका हुन् । छलफलमा सदन चलाउने क्यालेन्डर र समितिका बैठकबारे साउन १५ गतेसम्मको क्यालेन्डर बनाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । उनले थपे, ‘ […]

मुख्‍य समाचार समाचार समाज

मानव बेचबिखन गरेको अभियोगमा पक्राउ

३ साउन , काठमाडौँ । नेपाल प्रहरीले भिजिट भिसामा एकजना पीडितलाई कुवेत पु¥याई मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, “बेचबिखन गरेको भन्ने […]

मुख्‍य समाचार समाचार समाज

अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु

३ साउन , चितवन । यहाँस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते अस्पताला […]

मुख्‍य समाचार समाचार समाज

प्राकृतिक जीवाणु मलको माग बढ्यो

३ साउन , झापा । विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप […]

अर्थ मुख्‍य समाचार समाचार समाज

लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन

३ साउन , घोराही दाङ । दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा रु एक करोड ४० लाख ७६ हजार ९० राजस्व सङ्कलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए । भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि रु […]

मुख्‍य समाचार समाचार समाज

चौधर नदीको बाढीबाट विद्यालय भवन जोगाउनकै सकस

३ साउन , कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई चौधर नदीको बाढीबाट जोगाउनै मुस्किल हुन थालेको छ । भवनलाई बाढीबाट जोगाउन तीनपटक फरक फरक स्थानमा सारियो । ठाउँ सार्ने कार्य हँुदै आए पनि बाढीले भवनलाई डुबान हुनबाट अझै जोगाउन सकिएको छैन । गत साताको अविरल वर्षाबाट विद्यालय डुबानमा पर्दा पर्खाल भत्किएको […]

मुख्‍य समाचार समाचार समाज

उच्च अदालत तुलसीपुरमा मुद्दा फछर्यौट वृद्धि

३ साउन , दाङ । उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्ष २०८०/८१ मा अदालतमा परेका मुद्दामध्ये एक हजार ८५ थान मुद्दा फछर्यौट गरेको छ । उच्च अदालत तुलसीपुरका रजिष्ट्रार खड्कराज अधिकारीका अनुसार गत आर्थिक वर्ष अदालतमा दर्ता भएका नौ सय ८० थान र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका पाँच सय १९ गरी जम्मा एक हजार […]