९ चैत्र २०८२, सोमबार
पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

पर्या–पर्यटन प्रवर्द्धन गर्न सोभातालमा डुङ्गा सञ्चालन

४ साउन, कञ्चनपुर । पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा (वाटर बोट) सञ्चालनमा ल्याइएको छ । पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरी नगरपालिकाले सङ्घीय सरकारको शसर्त अनुदानमा पाँच वटा डुङ्गा खरिद गरी सञ्चालनमा ल्याएको हो । सोही बजेटबाट पर्यटकीय क्षेत्रलाई थप आकर्षक बनाउन भगवान् गौतमबुद्धको मूर्ति पनि ल्याइएको छ […]

मुख्‍य समाचार विचार समाचार समाज

ओली सरकारसँग स्थिरताको आशा

४ साउन, काठमाडौँ । गएको जेठ १५ गतेका सामाजिक सञ्जालहरुको सरसर्ती सर्भे गर्ने हो भने जनताको धेरै असन्तुष्टि पोखिएको भेटिन्छ । प्रश्न एउटै छ– गणतन्त्रले के दियो ? जनताको यो प्रश्नमा जनताकै जवाफ खोजी पसे अनेकन व्यथा र वास्तविकताको बेलिविस्तार छ त्यहाँ । मुलुकमा गणतन्त्र आएपछि नेताहरुले खाना, छाना र नाना सुनिश्चित हुने बताएको भए […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

मोहनापुल–अत्तरिया सडकः पुलको कामले गति लिन सकेन

४ साउन, कैलाली । मोहनापुल–अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन तीनवटा पक्की पुलको कामले अझै गति लिनसकेको छैन । गोदावरी नगरपालिका–५ सुनिखोला, मनहरा खोला र मोहना नदीमा पुल निर्माणाधीन छ । सुनिखोलामा रु तीन करोड ७७ लाखको लागतमा निर्माण कम्पनीले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्नेगरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । सो अवधिमा पुल निर्माणको […]

मुख्‍य समाचार राजनीति

अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन: प्रधानमन्त्री

४ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा उहाँले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन जिम्मेवारीमा नआएको स्पष्ट पारे। उनले भने, “विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान […]

मुख्‍य समाचार समाचार समाज

चुरे तथा वनजंगल संरक्षण अभियानको आन्दोलनप्रति ऐक्यबद्धता

४ साउन, काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको धर्ना कार्यक्रममा बृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ । शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा निरन्तर चलेको धर्ना कार्यक्रममा सहभागी भइ ऐक्यबद्धता जनाउने जानकारी दिएको हो । साथै आन्दोलनमा सहभागीका लागि आव्हान समेत गरेको हो । ‘बृहत नागरिक आन्दोलन, धर्नारत टोलीसँग […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य घट्यो

४ साउन, काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले घटेर १ लाख ४७ हजार ५ सय रूपैयाँमा कारोवार भैइरहेको […]

मुख्‍य समाचार समाचार समाज

बालविवाहको भयावह नतिजा : २ लाख सुत्केरी आमा १९ वर्ष मुनिका

४ साउन, काठमाडौं । मध्य असारको सोमबार, थापाथलीस्थित प्रसूति गृहको बेड नम्बर २५७ । बेडमा सुतिरहेकी छिन्, सानिता तामाङ । छेउमा सासूआमा शकुन्तला बसिरहेकी छिन् । टाउकोमा कपडा बेरिएको छ । मलिन मुद्रामा एकोहोरो हेरिरहेकी छिन्, सानिता । चिकित्सकले अहिले कस्तो छ भनेर सोध्छन् ? उनको बोली फुट्दैन, मुन्टो तलतिर घोप्टाउँछिन् । आफैंले लगाएको कपडाको […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

४ साउन, बाजुरा । अविरल वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगङ्गा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडिमालिका–९ कारागार नजिकै पहिरो गएको बताए । राजमार्गमा […]

मुख्‍य समाचार समाचार समाज

रामेछापको भटौली खोला नियन्त्रणको लागि तटबन्ध

४ साउन, रामेछाप । रामेछापको सबैभन्दा ठुलो धान खेती हुने फाँट खाँडादेवी गाउँपालिका–४ पकरबासको माडी फाँटलाई भटौली खोलाको कटानबाट नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ । वागमती प्रदेश सरकारको लगानीमा भटौली खोलाको जँगारेफाँटमा तटबन्ध निर्माण गरिएको हो । प्रदेश सरकारको बजेट २१ लाख रुपैँयाबाट २ सय १४ थान तार जाली लगाइएको खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दलित वर्गको सशक्तीकरणमा जोड

४ साउन, सिरहा । मुलुकका केही भागमा अद्यापि विद्यान असमान सामाजिक व्यवस्थाको विरोध गर्दै बिहीबार यहाँ आयोजित एक कार्यक्रमका सबै वक्ताले दलित वर्गको सशक्तीकरणमा जोड दिएका छन् । अमेरिकी सहयोग नियोग (युएसएआइडी), एसिया फाउण्डेशन र दलित सरोकार मञ्चले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रम उनीहरूले लामो समयदेखि सामाजिक विकृति बनेको जातीय छुवाछूत अन्त्य गर्न समाजका […]

मुख्‍य समाचार राजनीति

नेकपा एसमा प्रतिनिधित्वः ३३ प्रतिशत महिला, २० प्रतिशत युवा

४ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित भएको छ । पार्टीले समावेशिताको अनुपात र सङ्ख्या निर्धारण गरी भूगोल, खुला र समावेशी क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गरेको हो । समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेसी २०, थारू नौ, मुस्लिम छ, अल्पसङ्ख्यक तीन […]

मुख्‍य समाचार राजनीति

विद्यालय शिक्षा विधेयकः सांसदले आफ्नै संशोधन बिर्सन थालेपछि…

४ साउन, काठमाडौँ । “माननीय सभापतिज्यू, छ महिनाअघि संशोधन प्रस्ताव दर्ता गरेको थिएँ । छलफलका लागि अहिले खबर आयो । मैले के संशोधन हालेको थिएँ भन्ने पनि बिर्सेछु ।” नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा यसरी जिज्ञासा राख्दा सहभागी सांसदहरू गल्लल हाँसे। गत भदौ २७ गते प्रतिनिधिसभामा […]