६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

सरकारले गरेका निर्णयको कार्यान्वयन गर्न कर्मचारीहरूलाई देउवाको निर्देशन

२० भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु कर्मचारीको कर्तव्य भएको बताएका छन् । पार्टी निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) को स्थापना दिवसका अवसरमा हिजाे आयोजित कार्यक्रममा उनले कर्मचारी स्थायी सरकार भएकाले सरकारले गरेका निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको बताए । सभापति देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली […]

समाचार समाज

त्रिविको ५० औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान

२० भाद्र, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वान गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरिएको हो । २०५० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका […]

राजनीति समाचार

एकताबद्ध रूपमा पार्टीकाे काममा जुट्न प्रधानमन्त्री ओलीको आग्रह

२० भाद्र, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अगाडि सारेको मिसन-२०८४ सफल बनाउनुपर्ने अभिभारा रहेको भन्दै सोहीबमोजिम एकताबद्ध रूपमा पार्टीकाे काममा जुट्न आग्रह गर्नुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज सम्पन्न भएको पोलिटब्युरो बैठकको समापन गर्दै उहाँले पार्टीलाई स्वतन्त्रतापूर्वक निर्णय गर्नसक्नेगरी सुदृढ, बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण […]

समाचार समाज

तीजको अघिल्लो दिन आज दर खाइँदै

२० भाद्र, काठमाडौँ । हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ […]

समाचार समाज

तीन प्रदेशका केही स्थानमा आज भारी वर्षा

२० भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी […]

समाचार समाज

आज र भोलि धुलिखेल-खावा सडकमा मालवाहक सवारी साधन बन्द

२० भाद्र, काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकमा टिपर लगायत मालवाहक सवारी साधन आज र भोलि बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुर सूचना जारी गदैँ टिपर लगायत मालवहाक सवारी साधन बन्द गर्ने सूचना जारी गरेको हो । धुलिखेल-खावा सडक अत्यन्तै जीर्ण भइ यातायात सञ्चालनमा कठिनाई उत्पन्न हुन गएकोले सडक मर्मत सम्भार गरी […]

समाचार समाज

मावलमा भोज खान गएका तीन बालकको डुबेर मृत्यु

२० भाद्र, धनुषा । मावलीघरमा भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो । मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

१९ भाद्र, काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दशरथ रंगशालामा अक्टोबर १७ देखि ३० सम्म हुने तालिका रहेको साफको तालिका बुधबार सार्वजनिक भएको हो । सार्वजनिक तालिकाअनुसार १७ अक्टोबरमा उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ । घरेलु टिम नेपालले भने १८ अक्टोबरमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । […]

समाचार समाज

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो: गृहमन्त्री लेखक

१९ भाद्र, धनगढी ।सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा आज(बुधवार) लेखकले  प्रहरीको सुविधासम्पन्न भवन निर्माणले नागरिकलाई सेवा प्रदान सहज हुने बताए । मन्त्रीले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराध […]

राजनीति समाचार

ओलीको टिप्पणी-‘प्रचण्ड’लाई एक राउण्ड किक दिएको हो, अहिले असन्तुलित भएर बोल्दै छन्

१९ भाद्र, काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठक समापनमा पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश पोखेका छन् । बुधबार केन्द्रीय मुख्यालय च्यासलमा पोलिटब्यूरो बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले ‘प्रचण्ड’बाट धोका हुन लागेको थाहा पाएरै नेपाली काँग्रेससँग सत्ता सहकार्य सुरु गरिएको बताए । ‘प्रचण्ड’ले छुरा तिखारेर बसेका थिए । […]

समाचार

न्यायाधीश रिक्त हुनु एक महिनाअघि नै सिफारिस गर्न सर्वोच्चको आदेश

१९ भाद्र, काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अघि नै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्न न्याय परिषद्लाई आदेश दिएको छ । न्यायाधीश हरि फुयाँल र विनोद शर्माको संयुक्त इजलासले न्याय परिषद् ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नियुक्ति […]

समाचार

ओलीले भने-एमाले कुनै ढल होइन, चरित्रहीनलाई एमालेमा स्थान छैन

१९ भाद्र, काठमाडौँ । आगामी निर्वाचनमा पार्टीलाई राष्ट्रिय शक्ति बनाउने लगायतका निर्णय गर्दै एमाले पोलिटब्युरो बैठक सकिएको छ । मंगलबारदेखि सुरु भएको बैठकमा करिब ५१ जना पोलिटब्युरो सदस्यहरूले राय राखेपछि अध्यक्ष केपी शर्मा ओलीले निष्कर्ष सुनाउँदै बैठक समापन भएको हो । बैठकमा अध्यक्ष ओलीले पार्टीलाई बलियो, सुदृढ र निर्णायक शक्ति बनाउने उद्देश्य अनुसार अघि बढ्न […]