९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

संविधानसभा सदस्य श्रेष्ठको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

४ साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । आज मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गरेको हो । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय श्रेष्ठले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ओझेलमा छाङ्गा बाराही झरना

४ साउन, तनहुँ । पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ । अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका–१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ तर यसको प्रचारप्रसार हुननसक्दा पर्यटकीय गतिविधि बढ्न सकेका छैनन् । सदरमुकाम दमौली हुँदै बाराही मन्दिरबाट पूर्वतर्फको […]

मुख्‍य समाचार समाचार

विपद् व्यवस्थापन गर्न आपसी समन्वय बढाउनुपर्नेमा जोड

४ साउन, काठमाडौँ । नेपालमा बढ्दो विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायबीच समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ ।आज यहाँ आयोजित ‘विपद् फोकलपर्सन’बैठकमा सहभागी वक्ताले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकार र अन्य सरोकार भएकाबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिएका हुन् । विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (सन् […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति बाइडेनलाई माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या

४ साउन, अमरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित ‘माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्याको’अनुभव गरेको र चिकित्सकको सल्लाहमा ‘प्याक्सलोभिड’को मात्रा दिइएको ह्वाइट हाउसले जनाएको छ । बाइडेनका चिकित्सक डा. केभिन ओ कनरले अमेरिकी राष्ट्रपतिलाई ज्वरो नआएको र सङ्क्रमणसँग सम्बन्धित अन्य लक्षणहरू पनि सामान्य रहेको बताएका छन्। डा. केभिन ओ कनरले भने “राष्ट्रपतिले कोभिड–१९ […]

मुख्‍य समाचार राजनीति

प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस–एमालेलाई ‘कम्फरटेबल’

४ साउन, काठमाडौं । केन्द्रमा संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेसँगै सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित भएको छ । दुई ठुला दलले सत्ता सहकार्यको निर्णय गरेसँगै प्रदेश सरकार निर्माणका लागि निर्णायक मानिने साना दल कमजोर हुँदै गएको पाइएको छ । गत असार १७ गते सत्ता सहकार्य […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कालीगण्डकीमा गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

४ साउन, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई निःशल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८०-८१ को देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न एम्बुलेन्स […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

प्रदर्शनकारीद्वारा बङ्गलादेशका सरकारी भवनमा आागलागी : प्रहरी

४ साउन, बङ्गलादेश । बङ्लादेशमा जारी आरक्षणविरोधी आन्दोलनकाक्रममा प्रदर्शनकारीले एकैदिन धेरै सरकारी भवनहरूमा आगो लगाइदिएका छन् । बङ्लादेश प्रहरीले जारी गरेको विज्ञप्तिमा सरकारी प्रसारण संस्था बिटिभी, राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी, प्रहरी संरचना र अन्य सरकारी भवनहरूमा प्रदर्शनकारीले आगलागी, तोडफोडलगायत विनासकारी गतिविधि गरेको उल्लेख छ । बङ्गलादेश सरकारले बाहिरी विश्वसँगको सम्पर्क सञ्जाल अवरुद्ध गर्न चालेको कदमपछि […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा

४ साउन, पर्वत । जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो । गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन् […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्ममा रमाउँदै प्रसाईं

४ साउन, लमजुङ । कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बन्नुभएको छ सूर्य प्रसाईं । लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसार्इंको गृह जिल्ला लमजुङ होइन । झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आउनुभएका प्रसाईंले गरेको कृषि कर्मबाट स्थानीय युवाले अवश्यक पनि केही सिक्छन् । विदेशी भूमिमा गएर कृषि पेसामा रातदिन काम गर्नेहरुले […]

खेलकुद मुख्‍य समाचार समाचार

राष्ट्रपतिले दिए पेरिस ओलम्पिकमा जाने खेलाडीलाई शुभकामना

४ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरुलाई शुभकामनासहित विदाइ गरेका हुन्  । सो अवसरमा राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भगवानको कृपाले म बाँचे: पूर्वराष्ट्रपति ट्रम्प

४ साउन, अमेरीका । पूर्व अमेरिकी राष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले बिहीबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताएका छन् । पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा गोली प्रहारबाट घाइते हुनुभएका ट्रम्पले मिल्वाकीमा आयोजित रिपब्लिकन सम्मेलनलाई सम्बोधन गर्दै भने “म आज राती यहाँ हुने थिइनँ।” ट्रम्पले घटनाको स्मरण गर्दै भने “मैले चर्को […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा फेला

४ साउन, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान १०:५० बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको […]