६ कार्तिक २०८३, बिहीबार
अर्थ समाचार

यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व संकलन

२० भाद्र, भद्रपुर ।  यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख […]

समाचार समाज

बञ्चरेडाँडा ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट, सिसिटिभी जडान

२० भाद्र, काठमाडौँ । उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्याण्डफिल साइटको निगरानी काठमाडौँ प्लाजाबाट सुरु भएको छ । फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सिसिटिभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन […]

अन्तर्राष्ट्रिय समाचार

आठ महिनामा भित्रिए सात लाखभन्दा बढी पर्यटक

२० भाद्र,  काठमाडौँ । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ […]

समाचार समाज

गण्डकी प्रदेशमा एक महिनामा १९ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

२० भाद्र, कास्की । गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले प्रदेशका ११ वटा जिल्लामा गरी एक महिनामा उक्त सङ्ख्यामा सवारीसाधनलाई कारबाही गरिएको जनाएको छ । यसैगरी सोही अवधिमा सवारीसाधन कारबाहीबाट रु […]

समाचार समाज

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

२० भाद्र, धनगढी । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित मुलनहरमा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बुधवार मृत अवस्थामा फेला परेका छन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

राजनीति समाचार

लोसपाको बैठक आज पनि बस्दै

२० भाद्र, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । बुधबारदेखि सुरु भएको बैठकमा अधिकांश नेताहरूले संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग गरेका छन् । बैठकमा नेताहरूले मुलुकमा विद्यमान समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्ने र त्यसका लागि कानुनविद्को सहभागितामा एउटा कार्यदल गठन गर्न सुझाव दिए । […]

समाचार

धनगढीमा सर्पले डस्दा एक युवती घाइते

२० भाद्र,  काठमाडौँ । कैलालीमा सर्पले डस्दा एक युवती घाइते भएकी छिन । बुधबार धनगढी उपमहानगरपालिका – ९ बांग्रकटानकी २६ वर्षीय चन्द्रा ठकुल्लालाई घर नजिकै रहेको जंगलमा घाँस काट्ने क्रममा सर्पले डस्दा घाइते भएकी हुन । बाँया खुट्टामा सर्पले डसेर घाइते भएकी ठकुल्लाको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ […]

मुख्‍य समाचार समाचार समाज

आज चार संसदीय समितिको बैठक बस्दै

२० भाद्र,  काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बस्नेछ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल हुनेछ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय […]

समाचार

आज नरेश भट्ट अदालतमा हाजिर हुँदै

२० भाद्र, काठमाडौं । अमेरिकामा श्रीमतीको हत्या गरेर लास बेपत्ता गरेको आरोप लागेका श्रीमान् नरेश भट्ट आज अदालत हाजिर हुने भएका छन्। पूर्व अमेरिकी सैनिक भट्टले नर्स पत्नी ममता काफ्लेलाई हत्या गरेर लास बेपत्ता गरेको आरोप छ । अमेरिकी अधिकारीहरूले मुद्दा भने लास बेपत्ता पारेको मात्र लगाइएको छ । अमेरिकी समय अनुसार बिहीबार बिहान १० बजे […]

समाचार समाज सुदूरपश्चिम

कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते

२० भाद्र, काठमाडौँ । कैलालीमा टिप्परको ठक्करबाट एक जना घाइते भएका छन् । बुधबार गौरीगंगा नगरपालिका–१ चौमाला स्थित भित्री सडक खण्डमा रा १ख १७२६ नम्बरको टिप्परले ठक्कर दिँदा एक जना पैदल यात्री घाइते भएका हुन । घाइते हुनेमा गौरीगंगा नगरपालिका–२ कटानपुरका ५९ वर्षीय सुपराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते चौधरीको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अमेरिकाको एक विद्यालयमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

२० भाद्र, काठमाडौँ । जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् । ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार करिब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय […]

अन्तर्राष्ट्रिय अर्थ समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२० भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ […]