२१ श्रावण २०८३, बिहीबार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘मायावी’ कात्तिक १५ मा रिलिज हुने

१२ भदौ, काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ले रिलिज डेट लिएको छ । तिहारको अवसर पारेर ‘मायावी’ कात्तिक १५ गते रिलिज हुने भएको छ । निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर रिलिज डेट लिइएको जानकारी दिए । फिल्मको मुख्य भूमिकामा पल शाह र दीपिका प्रसाईं छन् । लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका भट्टराई मायावीलाई […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज, नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

१२ भदौ, काठमाडौं । राजधानीमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । सातदोवाटोस्थित एन्फा मैदानमा दिउँसो साढे २ बजे सुरु हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो । नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सटआउटमा पराजित गर्दै एकअर्काविरुद्ध उपाधि भिडन्त पक्का गरेका हुन् । दुवै खेलमा एक एक […]

मुख्‍य समाचार राजनीति

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै

१२ भदौ, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ । बैठक बिहान १०ः३० बजे समितिको सभाकक्ष, संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

मुख्‍य समाचार राजनीति समाचार

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा राई निर्वाचित, झाँक्री पराजित

१२ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् । एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् । नतिजा अनुसार महिला उपाध्यक्षमा १८९ मतसहित जयन्ती राई विजयी भएकी छन् […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री ओलीले भने– प्रकाश तामाङलाई सरकारले आवश्यक सहयोग गर्छ

१२ भदौ, काठमाडौं । विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) ले केही दिनमा नै नागरिकता पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिइसकेको बताए । उनले भने, ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि […]

मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको विशेष साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित

१२ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी) नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करीव चार लाख ५० हजार सदस्य भएको यस संस्थाको नेपालको राष्ट्रिय समितिमा श्रेष्ठ अध्यक्ष भएका हुन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले […]

अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार राजनीति समाचार

बेलायतमा बद्री केसीविरुद्ध प्रदर्शन, आइएलओमा भ्रष्टाचार गरेको पैसा फिर्ता गर्न माग

१२ भदौ, काठमाडौं । हाल बेलायत भ्रमणमा रहेका एनआरएनएका नेता बद्री केसीले विरोधको सामना गर्नुपरेको छ । उनी भ्रष्टाचारमा लिप्त भएको र संघमा समेत विभाजन ल्याएको भन्दै अभियन्ताहरुले विरोध गरेका हुन् । यस्तै लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालविरुद्ध पनि नाराबाजी भएको बताइएको छ । अल्डरसटमा एउटा  समूहले गरेको एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गृह मन्त्रालयद्वारा ’भ्याकेट निवेदन’ दर्ता

१२ भदौ, काठमाडौं ।  गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्नु भनि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध मंगलबार भ्याकेट निवेदन दर्ता गराएको छ । गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालय मार्फत सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको गृहमन्त्रालय कानून महाशाखाका प्रमुख भरतमणि रिजालले जानकारी दिए । मुलुकको शान्ति सुरक्षा र अमन चयन कायम […]

मुख्‍य समाचार समाचार

वीर अस्पतालका निर्देशक डा. पौडेलविरुद्ध जताततै उजुरी, छानबिन हुँदै

काठमाडौँ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलमाथि गम्भीर प्रकृतिका आरोपसहित विभिन्न निकायमा उजुरी परेका छन् । आर्थिक अनियमितता र कानून विपरीतको कार्य गरेको गम्भीर आरोप लगाउँदै उनीविरुद्ध विभिन्न निकायमा उजुरी परेका हुन् । वीर अस्पतालमा भएको अनियमितताविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति, स्वास्थ्य […]

मुख्‍य समाचार राजनीति समाचार

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई विजयी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन् । रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष चुनिएकी हुन्। राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी थिइन् । यस्तै, मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।

मुख्‍य समाचार समाचार समाज

विकराल रुप लिदै सम्बन्ध बिच्छेदको मुद्दा

१२ भाद्र,  काठमाडौँ ।   कैलालीमा सम्बन्ध बिच्छेदको मुद्दा विकराल बन्दै गइरहेको छ । जिल्लामा सम्बन्ध बिच्छेद गराउनेको संख्या बढ्दै जादा यो मुद्दा विकराल बन्दै गएको हो । जिल्ला अदालत कैलालीको तथ्याङ्क अनुसार जिल्लामा वर्षेनी सम्बन्ध विक्षेद गराउनेको संख्या बढ्दै गइरहेको छ । जिल्ला अदालत कैलाली एक वर्षमा ७ सय ६८ जनाले सम्बन्ध विच्छेदका लागि मुद्दा […]

मुख्‍य समाचार समाचार

प्राधिकरणले एक महिनामै कमायो चार अर्ब १९ करोड रुपैयाँ

१२ भाद्र,  काठमाडौँ ।  आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ । प्राधिकरणको प्रणालीमा हाल झण्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ । त्यसमध्ये आन्तरिक रुपमा कूल एक हजार नौ सय २९ मेगावाट […]