१० चैत्र २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार

मौद्रिक नीति २०८१/८२ : बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

११ साउन, काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था गरेको छ । चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिउपजको धितोमासमेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने जानकारी दिए । चालु आवको बजेटमा सो व्यवस्था छ […]

मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

११ साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकि छन् । मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मुख्‍य समाचार

मौद्रिक नीतिः सम्पत्ति व्यवस्थापन ऐन र एआई मार्गदर्शन ल्याइने

११ साउन, काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा बनाएर सरकारलाई बुझाउने र कृतिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) मार्गदर्शन तयार पार्ने योजना सार्वजनिक गरेको छ । “बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिम […]

अर्थ मुख्‍य समाचार

मौद्रिक नीति २०८१/८२ : चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गरिने

११ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत चालुपुँजी कर्जा मार्गदर्शनका व्यवस्था संशोधनसहित केही खुकुलो बनाउने नीति लिएको छ । विगत दुई वर्षमा अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्थामा न्यून कर्जा प्रवाहको स्थितिलाई दृष्टिगत गरी चालुपुँजी कर्जा मार्गदर्शनका केही व्यवस्थामा संशोधन गर्न लागिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । […]

अर्थ मुख्‍य समाचार

मौद्रिक नीतिः लघुवित्त संस्थालाई गाभिनका लागि प्रोत्साहन

११ साउन, काठमाडौँ । लघुवित्त वित्तीय संस्थालाई एकआपसमा गाभिनका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । त्यस्ता संस्थाको सेवा सम्बन्धमा रहेका गुनासोको सम्बोधन गर्दै ग्राहकहित संरक्षण गर्ने नीतिको प्राथमिकता छ । अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहकहित संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक नियामकीय व्यवस्था गरिने नेपाल […]

मुख्‍य समाचार समाचार समाज

भोजपुरका दुई सामुदायिक वनमा नर्सरी स्थापना

११ साउन, भोजपुर । सामदुायिक वनको वृद्धि विकाससँगै उपभोक्ता समितिलाई आयमूलक काममा अग्रसर बनाउन डिभिजन वन कार्यालय भोजपुरले जोड दिएको छ । नाङ्गा पाखा तथा खाली जमिनलाई हरियाली बनाउदै यहाँका सामुदायिक वन उपभोक्ता समितिको आयस्तरमा सुधार गर्न कार्यालयले नर्सरी स्थापनासँगै बिरुवा रोपनमा जोड दिएको हो । सामुदायिक वनको विकाससँगै उपभोक्ता समितिलाई सक्रिय बनाउन कार्यालयले सामुदायिक […]

अर्थ मुख्‍य समाचार

१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै मौद्रिक नीति सार्वजनिक(पूर्ण पाठ)

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् । १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य […]

अर्थ मुख्‍य समाचार

मौद्रिक नीतिः निर्माण व्यवसायलाई गति दिने लक्ष्य

११ साउन, काठमाडौँ । पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राख्दै थप गति दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । निर्माण व्यवसायमा रहेको शिथिलतालाई कम गर्दै पुनःस्थापनाका लागि केन्द्रीय बैंकले विशेष प्रबन्ध गरेको छ । निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि आगामी मङ्सिर मसान्तसम्म थप गरिएको छ […]

अर्थ मुख्‍य समाचार

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

११ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को आज मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जामा मौद्रिक नीतिले केही नयाँ व्यवस्था ल्याएको छैन । “मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका […]

खेलकुद मुख्‍य समाचार

ओलम्पिकमा १५औँ नेपाली सहभागिता

११ साउन, काठमाडौँ । फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बनेको छ । ओलम्पिकअन्तर्गत फुटबल, रग्बीलगायतका खेलका प्रतियोगिता भने गत बुधबार नै सुरु भइसकेका छन् । ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस […]

मुख्‍य समाचार समाचार समाज

चारवर्षमा पनि पुनःस्थापित भएनन् पहिरो पीडित

११ साउन, सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण रोकिएको छ । विसं २०७७ असार २८ गतेको पहिरोले सिलिचोङ–१ बेसिन्दाका ९७ परिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा घर निर्माण थालिए पनि गत माघदेखि निर्माण रोकिएको हो । घर निर्माण हुन नसक्दा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा यादव

११ साउन, जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा शिवराम यादव नियुक्त हुनुभएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । सिरहाको सिरहा नगरपालिका–१३ स्थित गम्भरियाका डा यादव मेकानिकल इन्जिनियरिङ् विषयमा विधावारिधि गरेका छन् । यसअघि उमेरहदका कारण आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० […]