२० श्रावण २०८३, बुधबार
अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

म्याग्दी, १७ भदौः विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भन्नुभयो, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” […]

मुख्‍य समाचार समाचार समाज

जेष्ठ नागरिकका दुःखको पोका सुन्ने मात्र होइन, सहज रुपमा बाँच्ने वातावरण बनाईदिनुपर्छ’

काठमाडौं । वरिष्ठ कलाकार मदन दास श्रेष्ठले नेपाल सरकार र जेष्ठ नागरिक संघसंस्थाहरुले जेष्ठ नागरिकहरुका पीडा सुन्ने मात्र नभई समाधान गर्नुपर्ने बताएका छन् । सोमबार बुबाको मुख हेर्ने दिनको अवसरमा ‘जेष्ठ नागरिक र सकारात्मक सोच’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार श्रेष्ठले जेष्ठ नागरिकको कार्यक्रममा जेष्ठ नागरिका पिडा सुनेर र सुनाएर घर फर्काउन नहुने […]

मुख्‍य समाचार समाचार समाज

गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो (फोटो फिचर)

काठमाडौं । आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुवाको मुख हेर्ने दिन । बुबाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ । त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ । आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ । उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख […]

मुख्‍य समाचार समाचार

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे पदभार ग्रहण

भाद्र १७ , काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान बोर्डको कार्यालय पुगेर डिसीले पदभार ग्रहण गरेका हुन् । उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

समाचार

बागलुङ बसपार्क २३ वर्षपछि सम्पन्न

बागलुङ- पहुँचमार्ग विस्तारसँगै बागलुङ बसपार्क सञ्चालनमा आएको छ । बागलुङको उपल्लाचौरस्थित दाबगरा बसपार्कले २३ वर्षपछि पूर्णता पाएको हो । जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन । चार वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क पुहँचमार्ग नहुँदा सञ्चालन हुन सकेको थिएन । ढिलै भए पनि बसपार्क सञ्चालनमा आएपछि जग्गादाता खुसी भएका छन् […]

समाचार

चितवनमा डेङ्गी संक्रमणबाट एक जनाको मृत्यु

चितवन । डेङ्गी संक्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए । उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । […]

बैंक–वित्त

आज मोती जयन्ती मनाइँदै

काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान […]

समाचार समाज

आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

भाद्र १७,  काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । आज देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम […]

राजनीति समाचार

काँग्रेस बैठक: महामन्त्रीद्वयको प्रस्तावहरु परिमार्जन सहित पारित

भाद्र १७,  काठमाडाैँ ।  काँग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको प्रस्तावहरु परिमार्जनसहित पारित गरेको छ । पार्टी मुख्यालय सानेपामा  बसेको  बैठकले महामन्त्रीद्वयको प्रस्तावहरु परिमार्जन सहित पारित गर्ने निर्णय गरेको हो । बैठकमा  पेचिलो रुपमा उठेको नेतृत्वको ‘एक्जिट पोलिसी’को विषयमा संविधान संशोधन गर्ने समयमा नै निर्णय पुग्ने गरी गरी सहमति […]

समाचार

बाँकेको नरैनापुरमा झाडा पखालाबाट चार जनाको मृत्यु, १० जना बिरामी

भाद्र १७, बाँके । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर-३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् । भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले […]

समाचार

३३ वर्षपछि घर फर्किएका प्रकाशलाई नागरिकता

भाद्र १७,  भोजपुर- ‘हेर्ने कथा’ नामक युट्युब च्यानलको पछिल्लो अङ्क ‘हराएका वर्ष’ सामाजिक सञ्जालमा निकै चर्चामा रह्यो । हराएका वर्षका पात्र प्रकाश तामाङका बारेमा प्रशस्त टीका टीप्पणी भए । ३३ वर्षअघि गलैँचा बुन्न झापादेखि काठमाडौँ आउँदा हराउनुभएका उहाँ गोरखाको उत्तरी भेग चुम भ्यालीको चौँरी गोठमा हुनुहुन्थ्यो । हेर्ने कथाकै टोलीले प्रकाशको परिवार खोज्ने क्रममा उहाँको परिवार […]

समाचार

प्रधानमन्त्री निवासमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा

भाद्र १७, काठमाडाैँ ।  प्रधानमन्त्री निवास, बालुवाटारमा ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो । ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गर्नुभएको थियो । आह्वानबमोजिम पुस्तक […]