२१ श्रावण २०८३, बिहीबार
मुख्‍य समाचार समाचार समाज

न्यायपरिषद्मा नेपाल बारको धर्ना सुरु

१६ भदौ, काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना सुरु गरेको छ । आइतबार यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा धर्ना सुरु गरेको हो । उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन तत्काल खारेज गर्ने ,गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्ने र न्यायालयमा व्याप्त […]

मुख्‍य समाचार राजनीति

बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै विजुली उत्पादन : मन्त्री तामाङ

१६ भदौ, काठमाडौं  । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले एक महिनाभित्र बाह्रबिसेकोे १०२ मेगावाट विद्युतबाट विजुली उत्पादन गर्ने बताएका छन् । आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री तामाङले बाह्रबिसे र  भोटेकोशी जलविद्युतबाट असोजभित्र विजुली उत्पादन गर्ने बताएका हुन् । उनले भने, ‘बाह्रबिसे १०२ मेगावाट विद्युत, भोटेकोशी जलविद्युतको काम करिव एक महिनामा सिध्याउने […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कोशी प्रदेशमा अब ट्रायल पासलगत्तै अस्थायी लाइसेन्स

१६ भदौं, विराटनगर । कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स बाड्ने तयारी गरेको हो । यसरी वितरण गरिने अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुनेछ । ट्रायल पास भएकालाई स्माटकार्ड (लाइसेन्स) भने यातायात व्यवस्था विभागले नै बाड्नेछ । […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

“मुनाको लार उत्कृष्ट ठहर हुँदै यशस्वी पुस्तक पुरस्कारका लागि छनोट”

१६ भदौ, काठमाडौं । यशस्वी पुस्तक पुरस्कार मुना चौधरीको कथा संग्रह “लार” ले पाउने भएको छ । प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने यशस्वी पुरस्कारका लागि सर्टलिस्ट तयार पारिएकोमा मुना चौधरीकोद्धारा लिखित कथा संग्रह “लार” उत्कृष्ट ठहर हुँदै यशस्वी पुस्तक पुरस्कार पाउने भएको हो । काब्य तर्फ कवि देवब्रतको अस्वस्थामाको निधारबाट बागमती बग्छ, गैर आख्यान तर्फ अरुण […]

मुख्‍य समाचार राजनीति समाचार समाज

चीनबाट वर्षमा १० लाख पर्यटक ल्याउन सकिन्छ : प्रस्तावित राजदूत ओली

१६ भदौ, काठमाडौं । चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्णप्रसाद ओलीले चीनबाट वर्षमा १० लाख पर्यटक ल्याउन पहल गर्ने बताएका छन् । आइतबार संसदीय सुनुवाइ समितिमा सांसदहरुको सोधेको प्रश्नको जवाफ दिँदै उनले ‘चिनियाँ पर्यटकहरुलाई ल्याउन सक्दा…सालमा धेरै पनि पर्दैन, १० लाख ल्याउन सक्यौं भने धेरै ठूलो कुरा हुन्छ’ ओलीले भने । चीनबाट अहिलेसम्म एक वर्षमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

१६ भदौ, दमौली (तनहुँ) । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ […]

मुख्‍य समाचार समाचार समाज

गैँडा चोरी सिकारीमा फरार चौतिस जना पक्राउ

१६ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो । निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो […]

अर्थ प्रदेस समाचार मधेश मुख्‍य समाचार

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु तथा सेवा निर्यात

१६ भदौ, वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बरावरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमलव १६ प्रतिशतले अर्थात […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सुस्ताएका घरबास पुनः सञ्चालनसँगै पर्यटन प्रवर्द्धन गरिँदै

१६ भदौ, गलकोट (बागलुङ) । सात वर्षअघि बागलुङको काठेखोलामा सञ्चालनमा आएका घरबास (होमस्टे) कोरोना महामारीमा उचित व्यवस्थापन गर्न नसक्दा बन्द भएका थिए । जिल्लामा सञ्चलित शिवुधरी सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ स्थित बौर सामुदायिक घरबासलाई पुनःसञ्चालनमा ल्याइएको छ । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सक्रियतामा घरबास सञ्चालकलाई आवश्यक सीप र तालिम सिकाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई […]

मुख्‍य समाचार सूचना प्रविधि

नास आईटीले नेपालका आईटी कार्यबललाई सक्षम बनाउन नयाँ पाठ्यक्रमहरू सुरू गर्‍यो

१६ भदौ, काठमाडौं  । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले गत शुक्रबार नेपालका आईटी कार्यबलहरूको सीप बढाउने उद्देश्यले दुई नयाँ पाठ्यक्रमहरू सुरू गरेको छ। पाठ्यक्रमहरू, आधारभूत कुराहरू र मास्टरिङ वेब अनुप्रयोग विकास यूएसएआइडीको सहायतामा विकसित गरिएको हो।  नास आईटीले यी पाठ्यक्रमहरू कार्यान्वयन गर्न टेक आक्सिस र प्रेसिडेन्सियल ग्राजुएत स्कूलसँग साझेदारी […]

मुख्‍य समाचार समाचार समाज

पितृ श्रद्धाका लागि गोकर्ण मेलाको तयारी पूरा

१६ भदौ, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

१६ भदौ, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेशले जनाएको छ । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको […]