१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

निजी क्षेत्रलाई समेटेर विद्युत् विधेयक चाँडो पारित गर्न माग

१८ साउन, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानून र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटेर संसदमा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवालहरु […]

मुख्‍य समाचार समाचार

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

१८ साउन, काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ । उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आइतबार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

गुरुदेव कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

१८ साउन, गोदार । शास्त्रीय सङ्गीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै स्व कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जली व्यक्त गर्न आइतबार मधेस प्रदेशका […]

मुख्‍य समाचार राजनीति समाचार

तीन जना राज्यमन्त्री नियुक्त

१८ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । सरकारको सिफारिसका शुक्रबार राष्ट्रपति पौडेलले नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदहरूलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । शीतलनिवासका अनुसार राष्ट्रपतिबाट कांग्रेस सांसद पूर्णबहादुर तामाङ र रुपा विक तथा उन्मुक्तिका तर्फबाट सांसद अरुणकुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिले […]

मुख्‍य समाचार राजनीति समाचार

असिमित ज्ञान र विचारले मानिसको जीवन फराकिलो बनाउँछ : मन्त्री भट्टराई

१८ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले असिमित ज्ञान र विचारहरुलाई एक ठाउँमा जोड्नसके हरेक मानिसको जीवन फराकिलो हुने बताएकी छिन् । यसका लागि असिमित ज्ञान उपलब्ध गराउन सरकारको भूमिका प्रभावकारी हुनुपर्ने पनि बताइन् । शुक्रबार काठमाडौंमा आयोजित किताब जात्राको छैटौं संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले किताब जात्राले ज्ञानको दायरा फराकिलो बनाउने […]

मुख्‍य समाचार स्वास्थ्य

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण

८ साउन, स्वर्गद्वारी । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरुको जिल्ला अस्पतालमा […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

म्याद सकियो, पूरा भएन अस्पताल भवन

१८ साउन, गलकोट । निर्माण व्यवसायीले समयमै काम गरेका भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर सेवा दिन थाल्थ्यो । पन्ध्र श्ययाको बागलुङ नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा निर्माणधीन छ । २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्नेगरी अस्पताल भवनको जिम्मा पाएको निर्माण व्यवसायीले दुई पटक म्याद थप्दा समेत ५० प्रतिशत मात्रै काम सम्पन्न […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

प्रादेशिक अस्पतालले सेवा विस्तार गरेपछि बिरामीको घुइँचो

१८ साउन, चितवन । बागमती प्रदेशअन्तर्गतको बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गरेसँगै सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएको छ । अस्पतालले भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा विस्तार गरेपछि बिरामी घुइँचो बढ्न थालेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा अस्पतालबाट दुई लाख ५४ हजार आठ सय […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘सुशासनका लागि सूचनाको हक अपरिहार्य’

१८ साउन, महोत्तरी । लोकतान्त्रिक पद्धतिको सुदृढीकरण र सुशासनको प्रत्याभूतिका लागि सूचनाको हक अपरिहार्य भएको औँल्याइएको छ । मधेस प्रदेशसभाका सदस्यसँग राष्ट्रिय सूचना आयोगले धनुषाको लालगढमा आज सुरु भएको दुईदिने गोष्ठीको उद्घाटन सत्रमा सहभागीले सूचना सबै नागरिकको पहुँचमा पुग्न आवश्यक भएकामा सुझाव दिएका थिए । कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सूचना लोकतन्त्रको अनिवार्य आधार […]

मनोरन्जन मुख्‍य समाचार

‘माइतीघर’सार्वजनिक

१८ साउन, काठमाडौँ । हिन्दू नारीको महान्पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’सार्वजनिक गरिएको छ । गायिका सीता परियारले गाएको गीतमा तीज नजिकिँदै गर्दा चेलीले महसुस गर्ने भावनालाई समेटिएको छ […]

अर्थ मुख्‍य समाचार राजनीति

विद्युतीय व्यापार विधेयक चाँडो पारित गर्न मन्त्रीको दबाब

१८ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक २०८०छिटो पारित गर्न आग्रह गरेका छन् । शुक्रबार उद्योगतथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सँगको छलफल उनले यो विधेयक पारित भएई–कमर्शबाट सञ्चालनहुने व्यापारमा सहजता आउने भन्दै छिटो पारित गर्न समितिलाई आग्रह गरेका […]

मुख्‍य समाचार समाचार

कक्षा १२ को नतिजा प्रकाशन

१८ साउन, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताएका छन् । यस वर्षको नतिजामा गत वर्षको […]