१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

ललितपुरलाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ

२० साउन, काठमाडौं । उपत्यकाका अव्यवस्थित घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गइरहेको छ । ललितपुरको गोदावरी नगरपालिका–८ मा न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ । कतै मापदण्डअनुसार जग्गा नछोडि प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा समेत मिचेर प्लटिङ गरिएको भएपनि सरोकार वाला निकाय मौन छन् । मापदण्ड नपुगिकन […]

मुख्‍य समाचार राजनीति समाचार

अस्थिर सरकारको विजारोपण भएको सुदूरपश्चिम : दुई वर्षमा चार सरकार

२० साउन, गोदावरी, कैलाली । सुदूरपश्चिम प्रदेशमा आइतबार नयाँ सरकार गठन हुँदै छ । गत शुक्रबार नेकपा एकिकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए । गत असार १७ गते संघमा संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमनलेले सत्रा […]

मुख्‍य समाचार समाचार समाज

आज भोटो जात्रा : उपत्यकाका जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज देखाइँदैछ । गुठी संस्थानका अनुसार, रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपरान्ह ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ । गुठी संस्थानका अनुसार भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने छ […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

काभा महिला भलिबल :  आज नेपाल र इरानबीच प्रतिस्पर्धा

२० साउन, काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ । नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहान्छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५३ रुपैयाँ रहेको छ । […]

मुख्‍य समाचार समाचार समाज

तराईमा हावाहुरीसहित ६ प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

२० साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ । यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने […]

खेलकुद मुख्‍य समाचार समाचार

महिला भलिबलमा भारतलाई हराउने दशकौंदेखिको चाहना पुरा

काठमाडौं । महिला भलिबलमा भारतलाई हराउने दशकौंदेखिको चाहना शनिबार पुरा भएको छ । काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको छ । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हराउँदै इतिहास रचेको हो । २०४३ सालदेखि सुरु भएको नेपालको महिला भलिबलमा भारतलाई पहिलो […]

मुख्‍य समाचार राजनीति समाचार

एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमा केन्द्रित छन्ः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सहकारी क्षेत्रभित्र रहेका समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले नेपालको जनसंख्याको हिसावले एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमा रहको बताएका हुन् । उनले भने, ‘यतिबेला राष्ट्रिय रुपमै सहकारी भित्र एक खालका प्रश्नहरु छन्, जे खालका […]

मुख्‍य समाचार समाचार समाज

भारतका चर्चित कथावाचक अनिरुद्धाचार्य पशुपति कोटिहोममा

काठमाडौं । भारतका सु–प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुगेका छन् । नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागि हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्ने छन् । महाराज स–परिवारसहित नेपाल आएको […]

मुख्‍य समाचार राजनीति समाचार

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै संचालन हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइ एयर एसियाले शुक्रबारदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका हुन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान […]

मनोरन्जन मुख्‍य समाचार समाचार

होस्टेल ३’ फागुन १६ गते रिलिज हुने, ‘माग्ने बुढा’का छोरा आशिषले डेब्यु गर्दै

काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र होस्टेल ३ ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए । यसअघि प्रमुख भूमिकामा कुल ब्वायु अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित […]

मुख्‍य समाचार समाचार समाज

वडाध्यक्षले सनाखत गरिदिएपछि ७६ वर्षमा पाइन् भुजीकी शान्तिमायाले नागरिकता

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीकी शान्तिमाया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । २००५ सालमा जन्मिएकी सुनुवारले सनाखत बसिदिने आफन्त कोही नहुँदा ७६ वर्षसम्म नेपाली नागरिकताको प्रमाणपत्र पाउन सकेकी थिइनन् । नजिकका आफन्त कोही नभएका र जग्गा जमिन पनि केही नभएकी सुनुवारको नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष रुद्रमणि नेवार […]