१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

सुतेका बुवामाथि छोराले गरे बन्चरो प्रहार

२९ साउन, काठमाडौँ । सिन्धुलीमा हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–७, पन्थचौरी लामपातका २१ वर्षीय अमृत घिमिरे छन् । आफ्नै बुवा ६० वर्षीय लालबहादुर घिमिरे विकको हत्या गरेको उनीमाथि आरोप छ । सोमबार (हिजो) राति अमृतलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । लालबहादुर सुतेको अवस्थामा […]

मुख्‍य समाचार समाचार

पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

२९ साउन, काठमाडौँ । पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । ठुलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठ किलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौँ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–ए.एम.एल हेलिकप्टर खाली […]

मुख्‍य समाचार राजनीति समाचार

स्थानीय तहमा ३४ पद रिक्त, उपनिर्वाचनको लागि नाम दर्ता गर्न आयोगको आह्वान

२९ साउन, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको थियो । गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा […]

खेलकुद मुख्‍य समाचार समाचार

भुटानी क्लब पारो एफसीसँग चर्च ब्वाइज पराजित

२९ साउन, काठमाडौं । एएफसी च्यालेन्ज लिग छनोटअन्तर्गतको नेपालको चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा पारो एफसीले चर्च ब्वाइजलाई २-१ गोलले पराजित गरेको हो । पहिलो हाफको ३८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको चर्च ब्वाइजले त्यसको २ मिनेट गोल खान पुगेको थियो । चर्च ब्वाइजका लाकेन लिम्बूको […]

खेलकुद मुख्‍य समाचार समाचार

सामाजिक सञ्जालमा दशरथ रङ्गशालाको चर्को आलोचना

२९ साउन, काठमाडौं । सामाजिक सञ्जालमा अहिले नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको ‘दशरथ रङ्गशाला’को ट्रोल भइरहेको छ । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनियन र भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबबीच भएको एएफसी च्यालेन्ज लिग छनोट अन्तर्गतको खेलमा रङ्गशाला हिलाम्मे भएपछि चर्को आलोचना भएको हो । यसअघि पारो एफसीका जापानी स्टार केइसुक होन्डाले दशरथ रङ्गशालालाई आफूले खेलेका अन्य मैदानसँग तुलना गर्न […]

खेलकुद मुख्‍य समाचार समाचार

भलिबल खेलाडी उषा भण्डारीको फेसबुक पेज ह्याक

२९ साउन, धनगढी ।भलिबल खेलाडी उषा भण्डारीको फेसबुक पेज ह्याक भएको छ । राष्ट्रिय भलिबल खेलाडी भण्डारीले सन् २०१९ देखि प्रयोग गर्दै आएको फेसबुक पेज ह्याक भएको हो। भण्डारीले अर्को फेसबुक पेज खोली आफ्नो पुरानो पेज ह्याक भएको बताएकी छन। ‘मेरो पुरानो अफिसियल फेसबुक पेज केही समयअघि ह्याक भएको थियो,’ उनले लेखेकी छिन्, ‘धेरै प्रयास […]

मुख्‍य समाचार समाचार

डिउटीमा खटिएका हवल्दार अपहरणमा परेपछि..

२९ साउन, काठमाडौं । डिउटीमा खटिएका नेपाल प्रहरीका हवल्दार अपहरणमा परेका छन् । सडकबाटै जर्बजस्ती गाडीमा राखेर अपहरण भएको हो । सिन्धुलीमा सडक खटिएका ट्राफिक प्रहरीका सहायक हवल्दार संदिप नारायण दासको भारतीय समूहबाट अपहरण भएको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार गत १२ साउनमा उनी कमलामाई नगरपालिका वडा नम्बर ४ स्थित हिरापानी चेकपोष्टमा मापसे चेकजाँचमा खटिएका […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

भिरबाट लडेर एक महिलाको मृत्यु

२९ साउन, बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीकी ३८ वर्षीया भावना धामीको भिरबाट लडेर मृत्यु भएको हो । मंगलबार बाख्रा चराउन गएका बेला घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर मृत्यु भएको स्थानीय दिपेन्द्र सिंह धामीले जानकारी दिएका छन ।

राजनीति समाचार

युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री ओली

२९ साउन, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए । देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता […]

कर्पोरेट खेलकुद मुख्‍य समाचार समाचार

केएमसी टीयु बीसीए फुटसल प्रतियोगिता ३१ साउनदेखि, २४ बढी टिम सहभागी हुने

२९ साउन, काठमाडौं । काठमाडौं मोडेल कलेजको आयोजनामा केएमसी टीयु बीसीए फुटसल कप–२०८१ आयोजना हुने भएको छ । ३१ र ३२ साउनमा आयोजना हुने प्रतियोगितामा २४ भन्दा बढी कलेजका टिमहरू सहभागी हुने कलेजले जनाएको छ । प्रतियोगिताले नेपालभरिका बीसीए विद्यार्थीको उत्साह र खेलप्रतिको लगावलाई झल्काउने विश्वास कलेजको छ । यो प्रतियोगिताको मुख्य उद्देश्य त्रिभुवन विश्वविद्यालय […]

मुख्‍य समाचार राजनीति समाचार

सामाजिक सञ्जालको दुरुपयोग गरेर सामाजिक घृणा फैलाउने अभ्यास भएका छन् : प्रधानमन्त्री

२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमनकालिन न्याय सम्बन्धी विधेयक संसदको आगामी अधिवेसनबाट पास गर्ने बताएका छन् । मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित सरकारी वकिलहरुको छलफल कार्यक्रममा उनले, टिआरसि विधेयक प्रतिनिधिसभामा पेस भएको र अब एक दुई दिनमा राष्ट्रिय सभामा जाने भन्दै आउने अधिवेशनबाट नै पास गर्ने बताए । उनले भने, ‘हामी टिआरसि सम्बन्धी […]

मुख्‍य समाचार राजनीति समाचार

दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चलाउने कार्ययोजना तयार

२९ साउन, काठमाडौं । सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चलाउने सम्बन्धी कार्ययोजना तयार पारेको छ । यस्तो कार्ययोजना सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना तयार पारेको हो ।ठूलो ऋण लगानीमा बनेका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अझै नियमित हुन […]