१८ श्रावण २०८३, सोमबार
पर्यटन मुख्‍य समाचार समाचार

सुरु भयो पदयात्राको याम

४ असोज, गण्डकी । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गसहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउन सुरु गरेका छन् । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मध्यअसोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने जानकारी दिनुभयो […]

मुख्‍य समाचार समाचार समाज

धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’

४ असोज, बागमती । मकवानपुरका विभिन्न स्थानमा अवस्थित धार्मिक तथा पर्यटकीय सम्पदा प्रवर्द्धन गर्न यही असोज ५ गते शनिबार ‘हेटौँडा सम्पदा यात्रा २०८१’ आयोजना हुँदैछ । हेटौँडास्थित एडभेञ्चर क्लबले आज पत्रकार सम्मेलन गरी प्रदेशको राजधानी हेटौँडा र मकवानपुरगढी क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले सम्पदा यात्रा आयोजना गरिएको क्लबका अध्यक्ष सुशील सुवेदीले जानकारी दिए […]

मुख्‍य समाचार समाचार समाज

नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै

४ असोज, नवलपरासी । पश्चिम नवलपरासीमा सिँचाइ पूर्वाधार निर्माण योजनाअन्तर्गत रामग्राम नगरपालिका–१३ मा डिप ट्युबेल जडान थालिएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले सिँचाइ पूर्वाधार निर्माण थालेको हो । नगरपालिकाले सिँचाइ सुविधा नभएका सुक्खा क्षेत्र छनोट गरी रु दुई करोडको लागतमा नौ स्थानमा सिँचाइको व्यवस्था गर्न डिपट्युबेल जडानलाई तीव्र गतिमा अघि बढाएको छ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तनहुँमा पनि स्ट्रबेरीखेती

४ असोज, दमौली (तनहुँ) । ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो । गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार दुई सय ५०स्ट्रबेरीका बिरुवा रोपिएका छन् । परीक्षणका रूपमा खेती गरिएको हो […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

४ असोज, लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् । धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बर्खायाममा दैनिक दुई–चार जना पर्यटक आउने गरेकामा हाल एक सय ५० […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

४ असोज, मनाङ । जिल्लाको प्रवेशद्वार आगन तालगाउँ खेलाडी र कलाकारले भरिभराउ भएको छ । आजदेखि यहाँ आयोजना हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्पर्धा गर्न प्रतिष्ठित खेलाडी र कलाकारहरूको आगमन भएको हो । मनाङमा हिउँचितुवा र याकको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा दिगो विकास गर्ने उद्देश्यले आयोजित खेलमा भाग लिन देशका विभिन्न भागबाट कलाकार तथा खेलाडीको आगमन […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि

४ असोज, काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५७ हजार एक सय निर्धारण […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

भाइरल ज्वरोका बिरामी बढे

४ असोज, काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पताल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पछिल्लो केही सातायता जिल्लाभरिका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौंवासीलाई दशैँअघि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री यादवको निर्देशन

४ असोज, काठमाडौं । काठमाडौंमा दशैँको घटस्थापना अघि नै  पथान्तरण हुने भएको छ । काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दशैँअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ । मेलम्ची खानेपानी विकास समितिका […]

मुख्‍य समाचार राजनीति समाचार

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ :  प्रचण्ड

४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले  नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए । उनले अब […]

मुख्‍य समाचार समाचार

काठमाडौं महानगरले सुरु गर्यो पूजासहित परम्परागत नृत्य प्रदर्शन

४ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि यँयाः (इन्द्रजात्रा) विशेष कार्यक्रम ‘पूजासहित परम्परागत नृत्य प्रदर्शन तथा प्रसाद ग्रहण (नेवा भ्वय)’ थालनी गरेको छ । जात्रामा मात्र निकालिने धार्मिक, सांस्कृतिक महत्व भएका, सामाजिक प्रतिष्ठासँग जोडिएका नृत्य सञ्चालन गर्ने गुठियारहरुको प्रोत्साहन र प्रवर्धनका लागि महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले कार्यक्रम आयोजना गरेको हो । […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ यु–१७ च्याम्पियनसिप आजदेखि

४ असोज, काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरुहुँदै छ । दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन् । आज हुने उद्घाटन खेलमा भारत र बंगलादेश आमने सामने हुने छन् । उद्घाटन खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरुहुने छ । भारत गत संस्करणको उपाधि विजेता टोली हो । […]