१९ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार समाचार समाज

अंग्रेजी माध्यममा पढाइ हुँदा विद्यार्थी बढे, व्यवस्थापनमा चुनौती

४ असाेज, जलेश्वर (महोत्तरी) । जिल्ला सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सो विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै वृद्धि भएको छ । जिल्लाको गौशाला नगरपालिका–१० मरहाखोला पारिको दुर्गम बस्तीमा अवस्थित जनता माध्यमिक विद्यालय भरतपुरखोरमा विगत डेढ वर्षदेखि शिशु कक्षादेखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि त्यस विद्यालयमा विद्यार्थी सङ्ख्या […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो

४ असाेज, काठमाडौँ । बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको […]

मुख्‍य समाचार समाचार समाज

झम्टा संरक्षणमा थारु समुदाय

४ असाेज, काठमाडौँ ।  गण्डकी प्रदेशको एक मात्र थारु जातीको बसोबास रहेको पूर्वी नवलपरासीको नवलपुरमा उल्लासका साथ मनाईने थारुहरुको जितिया पर्व सुरु भएको छ । जितिया सुरु भएसँगै अहिले थारु समुदायका महिलाहरुको ‘झाम्टा’ गीत गाउने प्रचलन नवलपुरमा हराउँदै जान थालेको छ । केही वर्ष अघिसम्म गाउँमा प्रत्येक घरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन […]

समाचार समाज

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

४ असाेज, जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ । साक्षरताका १२ वटा सूचकमध्ये हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अङ्क […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्दै

४ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दै छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस […]

समाचार समाज

देशभर मनसुनी वायुको प्रभाव कायम

४ असाेज, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ । कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया […]

समाचार समाज

काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

३ असोज, काठमाडौँ । काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दसैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ । मेलम्ची खानेपानी […]

मुख्‍य समाचार समाचार

खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

३ असोज, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्यसुरक्षा र सम्प्रभुता मौलिक हकका रूपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताएका छन् । विजयादशमी, नेपाल संवत्, शुभ दीपावली र छठलगायत चाड पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित प्राङ्गणमा सुरु भएको सुपथ मूल्य पसल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले संविधानमा गरिएका व्यवस्था […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना

३ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोज तथा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई उपस्थित छन् । मन्त्रीहरू, विदेशी राजदूतलगायतको पनि सहभागिता छ । विशिष्ट अतिथिहरूमाझ विभिन्न […]

मुख्‍य समाचार समाचार समाज

आइतबारसम्मका लागि बुक भयो धरहराको टिकट

३ असोज, काठमाडौँ । आजदेखि सर्वसाधारणका लागि खुला गरिएको धरहराको टिकट आइतबारसम्मका लागि बुक भएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए । सरकारले संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एकाइका […]

मुख्‍य समाचार समाचार समाज

एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ

३ असोज, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मूल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको थियो । रातोमाटे भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौँडा प्रवेश गर्ने प्रमुख नाका हो । पूर्व-पश्चिम राजमार्ग हुँदै सुनसरीबाट हेटौँडादेखि काठमाडौँसम्म लैजान […]

मुख्‍य समाचार समाचार

बागमती सरकारले पलेशालाई दियो १० लाख, एरिकालाई ५ लाख

३ असोज, काठमाडौँ । पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्द्धन र एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । हेटौँडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ । […]