३१ श्रावण २०८३, आईतवार
समाचार समाज

तमु ल्होसार मनाउँदै गुरुङ समुदाय, आज सार्वजनिक बिदा

१५ पुस, काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य गण्डकीका खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष […]

समाचार समाज

विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनले गर्याे भण्डारीको संयोजकत्वमा विभाग गठन

१४ पुस, काठमाडौँ । नेपाल प्रेस युनियनले विधागत पत्रकारिताको विकासका लागि विधागत पत्रकारिता प्रवद्र्धन विभाग गठन गरेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा विभिन्न विधा (विट)मा क्रियाशिल पत्रकारहरुलाई समेटेर युनियनले विभाग गठन गरेको महासचिव दिलिप पौडेलद्धारा जारी वक्तव्यमा उल्लेख छ । युनियनका अध्यक्ष शिव लम्सालले उपाध्यक्ष भण्डारीलाई यसअघि नै विभागीय संयोजक तोकेका थिए […]

राजनीति समाचार समाज

बालकुमारी घटनाका पीडित परिवारसँग प्रधानमन्त्रीले भने : दोषीलाई कारबाही गर्छौं

१४ पुस, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक […]

खेलकुद समाचार समाज

धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

१४ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो […]

समाचार समाज

बालकुमारीमा मारिएकाहरुप्रति रंगशालामा दर्शकले दिए श्रद्धाञ्जली

१४ पुस, काठमाडौं । बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकप्रति शनिबार दशरथ रंगशालामा फुटबल हेर्ने दर्शकले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल हेर्न आएका दर्शकहरुले गोली लागेर मृत्यु भएका सुजन रावत र वीरेन्द्र शाहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । दर्शकहरुले दुई […]

खेलकुद समाचार समाज

एनएसएल : दोस्रुो हाफको सुरूवातमै ललितपुरलाई ३-१ गोलको अग्रता

१४ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३को फाइनल खेलमा दोस्रो हाफसम्म आइपुग्दा ललितपुर सिटीले ३-१गोल अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फाइनल खेलमा दोस्रो हाफ सुरू भएलगत्तै ३-१ गोलको अग्रता लिएको हो । दिनेश हेम्जनले  गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका छन् । उनले खेलको ५० औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् […]

खेलकुद समाचार समाज

एनएसएल : पहिलो हाफमा धनगढी र ललितपुरको १-१ गोलको बराबरी

१४ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३को फाइनल खेलमा पहिलो हाफसम्म आइपुग्दा धनगढी एफसी र ललितपुर सिटी ले १-१गोल बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फाइनल खेलमा धनगढी एफसीले खेलको पहिलो हाफ सकिँदा धनगढी एफसी र ललितपुर सिटीले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको ३७औ मिनेटमा आफिज ओलावाले गोल गर्दै धनगढीलाई […]

खेलकुद समाचार समाज

एनएसएल उपाधिका लागि धनगढी र ललितपुरबीचको खेल सुरू (लाइभ)

१४ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ को उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल सुरू भएको छ। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु भएको हो । पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्स यसअघि नै एलिमिनेटरमा ललितपुरसँग पराजित हुँदै बाहिरिएपछि एनएसएलले नयाँ विजेता पाउने पक्का भएको हो । पहिलो […]

समाचार समाज

ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटायो

१४ पुस, काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह […]

समाचार समाज

बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई सरकारले १०–१० लाख राहत दिने

१४ पुस, काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको c१०/१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो निर्णय शनिबार बस्ने मन्त्रिपरिषद बैठकले गर्ने उनले बताए । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने मृतक परिवारलाई […]

मुख्‍य समाचार समाचार समाज

चुरे उत्खननको सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

१४ पुस, सिरहा । सिरहामा अवैचुरे तथा वन क्षेत्रध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई शुक्रबार पक्राउ गरेको छ । यही पुस ७ गते कर्जन्हा–१ बल्टियास्थित चुरे वन क्षेत्रभित्रको कमला नदीको बगरमा डोजर प्रयोग गरी अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा […]

मुख्‍य समाचार समाचार समाज

बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित

१४ पुस, काठमाडौँ । प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ । तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु/कुहिरोका कारण तराईका विमानस्थलहरु सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको […]