५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाज

सरकारलाई गिज्याइरहेको हेटौँडा–काठमाडौं सडकमा यात्रुलाई सास्ती

५ कात्तिक, काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ—चन्द्रागिरि—काठमाडौंमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् । असोजको दोस्रो साता आएको अविरल वर्षापछि सडक थप क्षतिग्रस्त भएपछि यात्रा गर्न कठिन भएको हो । सरकारले पर्याप्त मर्मत संभार नगर्दा यात्रुहरुले दिनहुँ सास्ती व्यहोर्दै आएका छन् । बाढीपहिराका कारण क्षतिग्रस्त सडक सञ्चालन गर्न  सडक विभाग, सुरक्षाकर्मी तथा बागमती […]

मुख्‍य समाचार राजनीति समाज

नेपाली नोटमा नेपाल संवत प्रयोग गर्न र ‘नेपाल डे’ मनाउन माग

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् ।  प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन् । ‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीले नै भ्रष्टाचारीका संरक्षक भए, अब प्रदर्शन सुरु हुन्छ : प्रचण्ड

५ कात्तिक, जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् । प्रेस सेन्टर जुम्लाले सोमबार जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले […]

मुख्‍य समाचार राजनीति

पोखरामा रवि लामिछानेको वयान, पृथ्वीचोकमा प्रदर्शन

५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । वयानकैबीच समर्थक र शुभेच्छुकले पोखरामा प्रदर्शन जारी राखेका छन् । समर्थकहरुले पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिइरहेका छन् । उनलाई कार्तिक २ गते पार्टी कार्यालय […]

खेलकुद मुख्‍य समाचार समाज

सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेनले अनुबन्ध

५ कात्तिक, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल)का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि […]

मनोरन्जन मुख्‍य समाचार समाज

सिड्नीमा रेकर्ड गरिएको ‘यो मायालाई फकाउन’ अब भिडियोमा

५ कात्तिक, काठमाडौं । ‘यो मायालाई फकाउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा  निर्माणमा आइतबार सार्वजनिक गरिएको हो । गीतमा गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको आवाज रहेको छ । यस गीतका गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन् । […]

अर्थ मुख्‍य समाचार समाज

लेबनानमा इजरायली सेनाले निरन्तर हमला, अर्थतन्त्रमा ठूलो धक्का

५ कात्तिक, एजेन्सी । लेबनानमा इजरायली सेनाले निरन्तर हवाइ हमला गरिरहेको छ । इजरायली डिफेन्स फोर्सले लगातार रकेट तथा बम हमला जारी राखेको हो । आइतबार रातभर इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा हवाई हमला गरेको समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ । शनिवार राती इजरायली सेनाको आक्रमणमा परि कम्तिमा ८४ जना लेबनानी नागरिक मारिएका थिए । […]

मुख्‍य समाचार

पहिलो पटक नेप्सेको आँगनमा साँढेको प्रतिमा, निर्माण अन्तिम चरणमा

५ कात्तिक,  काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्राङ्गणमा साँढेको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ । दुई बर्षअघि नै नेप्सेले वोलपत्र आब्हान गरी साँढेको प्रतिमा निर्माण गर्न गोप्य शिलबन्दी बोलपत्र प्रक्रिया अघि बढाएको थियो । नेप्सेले तयार पारेको स्केच अनुसारको साँढे प्रतिमा निर्माण भइरहेको हो । विश्वभर स्टक मार्केट अगाडी साँढे अर्थात् चार्जिंग बुलको […]

मधेश मुख्‍य समाचार समाज

हनुमाननगरमा २७ वर्षदेखि खानेपानी योजना अधुरै

५ कात्तिक, राजविराज(सप्तरी) । सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु गएको खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन । स्थानीय स्वास्थ्यचौकी परिसरमा २०५४ सालमा निर्माण थालिएको खानेपानी योजना हालसम्म पिउने पानी योग्य […]

मुख्‍य समाचार समाज

भन्सार छलेर भित्र्याइएका सामान बरामद

५ कात्तिक, वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार छली गरेर ल्याएको रु १४ लाख ६० हजार मूल्य पर्ने किराना […]

मुख्‍य समाचार समाज

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन: रेडक्रस ऐन ल्याउन माग

५ कात्तिक, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति ५२ सदस्यीय बनेको छ । यही कात्तिक २ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मौजुदा कार्यसमितिमा वरिष्ठ उपाध्यक्षसहित १७ सदस्य मनोनय गरेको हो । बैठकले वरिष्ठ उपाध्यक्षमा चन्द्रकला कार्कीसहित अन्य सदस्य मनोनयन गरेको सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले राससलाई जानकारी दिए । यसअघि नेपाल रेडक्रसमा ३५ सदस्यीय कार्यसमिति […]

मुख्‍य समाचार समाज

बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण

५ कात्तिक, नेपालगञ्ज (बाँके) । भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को सो गाउँमा विद्युत् जडानका लागि स्थानीयले बारम्बार आग्रह गरे पनि विद्युतीकरण नहुँदा स्थानीय विभिन्न काम गर्न सास्ती झेल्न बाध्य भएका बताएका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरपरिवारले विद्युत्को […]