४ कार्तिक २०८३, मंगलवार
मुख्‍य समाचार समाज

‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया अघि बढ्यो

६ कात्तिक, काठमाडौँ । रारा होल्डिङ्स रिसोर्ट प्रालिले मुगुको छाँयानाथ रारा नगरपालिका–९ मुर्माटपमा बनाउन लागेको रारा रिसोर्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) स्वीकृति गरेको छ । काठमाडौँमा भएको तेस्रो नेपाल लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । विभागले १९ […]

मुख्‍य समाचार राजनीति

कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु

६ कात्तिक, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका लागि कांग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको छ । अर्घाखाँची खटिनुभएका केन्द्रीय सदस्य गौतमले चुनावमा पराजित भएर छिन्नभिन्न भएका कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताए । अभियानका लागि […]

मुख्‍य समाचार राजनीति समाज

वन तथा वातावरण मन्त्रालयको सय दिन : द्रुतमार्ग निर्माणमा वन क्षेत्रका अवरोध हटाइयो

६ कात्तिक, काठमाडौँ । वर्तमान सरकार गठन भएको आज एक सय दिन पुगेको छ । यस अवधिमा सरकारले गरेका विभिन्न उपलब्धिसँगै वन तथा वातावरण मन्त्रालयले गरेको उपलब्धि सार्वजनिक गरेको छ । वन तथा वातावरण मन्त्रीको रुपमा ऐनबहादुर शाही ठकुरी आएपछि मन्त्रालयमा रोकिएका काम अघि बढेको र लामो समयदेखि हुन नसकेका निर्णय भएको मन्त्रालयले जनाएको छ […]

मुख्‍य समाचार समाज

एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या

६ कात्तिक, चितवन । जिल्लामा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएकाहरुको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो । एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्षको जनवरीयता पाँच सय ४४ जना सङ्क्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको सङ्क्रमण […]

कर्णाली मुख्‍य समाचार समाज

दसैँ–तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कात्तिक, राँझा (बाँके) । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गरेका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले […]

मुख्‍य समाचार राजनीति

नेपाल संवत्लाई प्रभावकारी बनाउन सबै एकजुट हुनुपर्छ : मन्त्री सिंह

६ काात्तिक, काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्रिय भूमिका खेल्ने विश्वास दिलाएका छन् । मंगलबार काठमाडौंमा नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल संवत् ११४५ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यसलाई सफल पार्नका लागि सबै मिलेर काम गर्नुपर्ने बताए । उनले भने, ‘नेपाल संवत् ११४५ […]

मुख्‍य समाचार राजनीति

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्यो’

६ काात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाएका छन् । पार्टीले कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय […]

मुख्‍य समाचार समाज

गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज

६ काात्तिक, गुन्डु(भक्तपुर) । कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्छिन् भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत । तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ । बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गास्ने गरेको […]

मुख्‍य समाचार समाचार समाज

पशुपति गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन

६ काात्तिक, काठमाडौं । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको छ । सोमबार साँझ मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको जानकारी दिएको हो । अध्ययन […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

६ काात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र […]

मुख्‍य समाचार राजनीति समाचार

वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गरिन्छ : प्रधानन्यायाधीश राउत

६ काात्तिक, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने बताएका छन् । पूर्वन्यायाधीश फोरमबाट आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रममा उनले न्यायालयका काम कारवाहीहरु पारदर्शी हुनुपर्ने बताए । उनले अदालतमा हुने गतिविधि र काम कारवाही के कसरी चलेका छन् भन्ने जस्ताको तस्तै सर्वसाधारण जनताले बुझ्नेगरी सम्प्रेषण […]

मुख्‍य समाचार राजनीति समाचार

ध्यादेशमार्फत ऐन ल्याएर दल फुटाउने प्रयास लोकतन्त्र र संसदीय मर्म विपरित : डा. डिला संग्रौला

६ काात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई अध्यादेशमार्फत संशोधन गरेर ल्याउने चर्चाको विरोध गरेकी छिन् । मंगलबार विहान सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा।संग्रौलाले अध्यादेशमार्फत संशोधन गरेर दल विभाजनका लागि बाटो खोल्न लागिएको भन्ने चर्चा लोकतन्त्र र संसदीय मर्मको सर्वथा प्रतिकुल र स्वेच्छाचारी कदम हो भनेकी […]