१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाज

काठमाडौ जोड्ने सबै नाका ठप्प : २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

१३ असाेज,  काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौं जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाडौं, सिन्धुपाल्चोक–काठमाडौं सहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन् । काठमाडौंसँग अरू जिल्लाको आवतजावत टुटेको छ । सडक विभागका अनुसार देशका २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति भएको छ । मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको […]

मुख्‍य समाचार राजनीति

प्रमुख प्रतिपक्षी दलका नेता दाहालद्वारा सर्वदलीय बैठक आह्वान

१३ असाेज,  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । अविरल बर्षापछि आएको बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । बिहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने […]

खेलकुद मुख्‍य समाचार समाज

टी–२० त्रिकोणात्मक श्रृंखला : नेपाल क्यानडासँग १४ रनले पराजित

१३ असाेज,  काठमाडौं । टी–२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रानले पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा गएराति टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो । एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै  एक सय नौ रन मात्र […]

मुख्‍य समाचार समाचार समाज

अपडेट : बाढी पहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

१३ असाेज,  काठमाडौं । लगातारको झरिपछि आएको बाढी पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या ९९ पुगेको छ । विपद्मा परि ७२ जना बेपत्ता र र एक सय जना  घाइते भएका गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै  ४८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका २५, भक्तपुरमा पाँच र […]

मुख्‍य समाचार राजनीति

आज सर्वदलीय बैठक बस्दै

१३ असाेज,   काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

१३ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै, जापानी […]

मुख्‍य समाचार समाज

मौसम पूर्वानुमान : मौसममा आंशिक सुधार, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

१३ असाेज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश […]

मुख्‍य समाचार समाचार समाज

गोरखाको लापुबेंशीबाट काठमाडौँ आउँदै गरेको बस शुक्रवारदेख नै सम्पर्कविहीन

१२ असाेज, काठमाडौँ । गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा आएको छैन । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपालटिभीअनलाइनसँग कुरा गर्दै बस बेपत्ता भएको पुष्टि गर्नुभयो । उहाँले बस धादिङको खानी खोलासम्म पुगेको प्रारम्भिक […]

अर्थ समाचार समाज

दशैंका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने

१२ असाेज, काठमाडौँ । दशैंका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस वर्षको दसैँका लागि आजदेखि असोज २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइन्छ। राष्ट्र बैँकका अनुसार बैंकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला […]

मुख्‍य समाचार समाचार समाज

नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा

१२ असाेज, त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान […]

मुख्‍य समाचार राजनीति समाचार

‘प्रचण्ड’ले बोलाए सर्वदलीय बैठक

१३ असाेज, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ । सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान १० बजे बैठक हुनेछ ।

मुख्‍य समाचार समाचार समाज

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

१३ असाेज, काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले […]