१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

महिला र पुरुषकाबीच समानता कायम हुन नसक्नु दुखद : देव गुरूङ

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले महिला  र पुरुषकाबीच अहिलेको समानता कायम हुन नसकेको बताएका छन् । आइतबार महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले संविधानले पनि महिला पुरुष बराबर हुन भनेर भनिरहँदा व्यवहारमा लागु हुन नसकेको बताएका हुन् । उनले  भने, ‘महिला विभेद सम्बन्धि समस्या, महिला हिंसा सम्बन्धि समस्याको  […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विपदबारे पूर्व सूचना र तयारीले ठूलो काम गर्यो : गृहमन्त्री लेखक

काठमाडौं  । गृहमन्त्री रमेश लेखकले विपदबारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको बताएका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन् । ‘विपद न्युनीकरण र विपद्को व्यवस्थापनमा दुईवटा चरण हुन्छ । एउटा विपद् पूर्वको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सर्वदलीय बैठक : अवरुद्ध सडक खुलाइने, यात्रुलाई चाँडै गन्तब्यमा पुर्याइने

काठमाडौं । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोका कारण प्रभावित तथा घाइतेको तत्काल खोज तथा उद्धारमा जुट्ने निर्णय गरेको छ । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले बाढी पहिरोबाट प्रभावितहरूको खोज तथा उद्दारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बाढी पहिरोका कारण […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार रवि, रास्वपा, र सहकारीमा केन्द्रीत हुँदा विपत्ति सामना गर्न सकेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि, रास्वपा, र सहकारी यही तीन खम्वामा राजनीति अड्किदा सरकार प्राकृतिक प्रकोपको सामनामा चुकेको निस्कर्ष निकालेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै ‘रवि, रास्वपा, र सहकारी’ यही तीन खम्वामा […]

मुख्‍य समाचार राजनीति समाज

माओवादी केन्द्रको एसिया संगठन समितिद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

१३ असोज,  काठमाडौं । नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका […]

मुख्‍य समाचार समाज

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

१३ असोज,  काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् । आइतबार उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन्  । तामाङले हिजो शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र […]

मुख्‍य समाचार राजनीति

प्रधान सेनापति र चीनका  राजदूतबीच भेटघाट

१३ असोज, काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सङबीच  भेटघाट भएको छ । उनीहरूबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने […]

मुख्‍य समाचार समाचार समाज

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

१३ असोज, मलेखु (धादिङ) । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ । शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आज थप २१ जनाको शव फेला परेको […]

मुख्‍य समाचार समाज

स्वदेशमै रोजगारी चाहन्छन् भारतमा मजदुरी गर्ने नेपाली

१३ असोज, राँझा (बाँके) । कामको खोजीमा भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेशमै रोजगारीको पर्खाइमा रहेका छन् । छ महिनाअघि कामको खोजीमा भारतको सिमला पुग्नुभएका सुर्खेत सिम्ता गाउँपालिका–५ का महेन्द्र खत्री दसैँ र तिहार मनाउन बिहीबार घर फर्किनुभएको छ । नेपालगञ्जस्थित जमुनाह नाका हुँदै घर फर्किनुभएका खत्रीले नेपालमा कुनै रोजगारी नपाएपछि दसैँ र तिहारको खर्च […]

मुख्‍य समाचार समाज

कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन

१३ असोज, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति विवरण सङ्कलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पु¥याएको छ यसको वास्तविक […]

मुख्‍य समाचार समाज

कोसीमा पानीको बहाव घट्दै

१३ असोज, राजविराज (सप्तरी) । कोसीमा पानीको बहाव घट्न थालेको छ । कोसी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाव घट्न लागेको जनाएको हो । करिब छ लाख ६१ हजार क्युसेक बहाव पुगेको पानीको गति आज बिहानदेखि कम भएर छ लाख ४३ हजार रहे पनि अहिले खतरा भन्ने उच्च नै रहेको छ । ब्यारेज पुलबाट आवतजावत […]

मुख्‍य समाचार समाज

बाढीपहिरोले विद्युत्का खम्बामा क्षति, मर्मतसम्भार सुरु

१३ असोज, तनहुँ । तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले तनहुँको विभिन्न स्थानमा विद्युत् खम्बा ढालेर क्षति बनाएको छ । अधिकांश स्थानमा विद्युत् खम्बा ढलेले विद्युत् सेवा अवरुद्ध भएको छ । पानी पर्न रोकिएसँगै क्षति भएका पोलको मर्मतसम्भार गरी सेवा नियमित सञ्चालनको प्रयास थालिएको तनहुँ वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले बताए । “हालसम्म […]