५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राहत र पुनः स्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जारकोट केन्द्रविन्दु भई गत वर्ष […]

मुख्‍य समाचार समाज

नेपालको सुख र समृद्धिमा चीनको सधैँ साथ रहने

४ कात्तिक,  काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवम् छिङहाइ प्रान्तका सेक्रेटरी छन् काङ नेपालको सुख र समृद्धिमा चीनको सधैँ साथ रहने बताएका छन् । आइतबार काठमाडौंको याक एण्ड यती होटलमा आयोजित चीनको आधुनिकीकरण र हिमालय पार सहयोग सम्बन्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई देशबीचको मित्रता थप बढाउनुपर्ने बताए । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रविमाथि थुनछेक बहस सकियो, प्रहरीद्वारा ६ दिनको समय माग

४ कात्तिक,  काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत कास्कीमा उनीमाथिको थुनछेक बहस सकिएको हो । अनुसन्धान गर्न म्याद थपका लागि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा […]

मुख्‍य समाचार राजनीति

जीवनका सबै आयामहरुमा प्रहरी जोडिएको छ : गृहमन्त्री

४ कात्तिक,  काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेमा सवारी चालकलाई ई–चलान (डिजिटल चिट) दिने प्रणालीको सुरुवात गरिएको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच नयाँ प्रणालीको उद्घाटन गरिएको हो । यसरी जारी भएको चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन पनि सकिने ट्राफिक […]

मुख्‍य समाचार समाज

कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’

४ कात्तिक, गण्डकी । कुनैबेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो । तर अहिले घुमफिर गर्नुलाई उहाँ आफ्नो पेसा र उत्तरदायित्वसँग जोड् छन । शर्मा निष्फिक्री यात्रा गर छन तर खास ध्येयका साथ । यसपटकको शरद याममा पनि उ घुमफिरमै व्यस्त हुन्छ । यसपालि धवलागिरि आधार शिविरसम्म पुग्ने लक्ष्य बनाएका शर्माले आइतबार मुस्ताङको मार्फाबाट […]

मुख्‍य समाचार समाज

‘कृषिमा क्रान्ति गर्ने रहरलाई अभावले रोकेन’

४ कात्तिक, बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का किसान रामप्रसाद पौडेलसँग खेती गर्ने प्रशस्त जमिन नभए पनि कृषि क्षेत्रमा योगदान पुर्‍याउने रहरलाई अभावले रोकेन । ‘खाने मुखलाई जुगाले छेक्दैन’ भने झै कृषिमा क्रान्ति गर्ने उसको रहरलाई इच्छाशक्ति र मेहनतले सार्थकता दिलाएको छ । पौडेल आफूसँग जग्गा नहुँदा पनि कृषि व्यवसाय गरेर प्रशस्त आम्दानी गर्न सकिन्छ […]

मुख्‍य समाचार समाज

रारामा कोप-२९ को पूर्वतयारी सम्बन्धी कार्यशाला सम्पन्न

४ कात्तिक, काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै’को संयुक्त आयोजनामा भएको कार्यशाला पाँचबुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हो । कार्यक्रममा वन […]

मुख्‍य समाचार समाज

जलनका बिरामीको निःशुल्क उपचार गर्ने प्रस्ताव पारित

४ कात्तिक, काठमाडौं । अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो । ‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु पर्दैन,’ निर्णय सार्वजनिक मन्त्रिपरिषदको निर्णय सार्वजनिक […]

मनोरन्जन मुख्‍य समाचार समाज

बसन्तपुरमा एक हजार कलाकारको रोचक प्रस्तुती

४ कात्तिक, काठमाडौँ । काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा एक हजार कलाकारहरुको संयुक्त प्रदर्शन गरिएको छ । विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारहरुले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए । बादनमा मा धिमे (ठूलो धिमे) र धुन्याबाट कार्यक्रम सुरु भएको थियो । यसपछि चिगो (सानो धिमे), […]

मुख्‍य समाचार राजनीति

शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय

४ कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आइतबार बसेको बैठकले सम्पत्ति शुद्धिकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो। बैठकले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषदबाट छिटो पारित गर्न पहल गर्ने पनि […]

मुख्‍य समाचार समाचार समाज

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको समझदारी

४ कात्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स एसआईसीसीआई बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआई बीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको हो । सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसंग नेपालको […]