१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

भारतमा बस दुर्घटनामा बारागढीका ४५ तीर्थयात्री घाइते

९ भदौ, बारा । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा शनिबार राति भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका छन् । उक्त बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए । तीन जना गम्भीर घाइते छन् । दुई जना सकुशल रहेका छन् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस र एमाले घमण्डी र दलालवादी पार्टी : नेता खनाल

९ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका दुई ठुला पार्टी भ्रष्ट भएको आरोप लगाएका छन् । आइतबार एकीकृत समाजवादी केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमाले सबैभन्दा घमण्डी र दलालवादी पार्टी भएको आरोप लगाएका हुन् । उनले भने, ‘अहिले दुई पार्टीको सरकार बनेको छ, । […]

मुख्‍य समाचार

चितवनमा बस दुर्घटना हुँदा १५ जना घाइते, केही अवस्था गम्भीर

  ९ भदौ, चितवन । भरतपुर महानगरपालिकामा-२९ स्थित मुग्लिन-नरायणघाट सडकखण्डको घुमाउनेमा आज विहान बस दुर्घटनामा परेको छ । महेन्द्र नगरबाट काडमाण्डौतर्फ आउँदै गरेको रात्रिसेवाको बस दुर्घटना हुँदा बसमा सवार १५ यात्रु घाईते भएका छन् । ती मध्ये केहीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाईतको उद्दारकार्य जारी छ भने उद्दार गरिएकाहरुलाई […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से २९ सयमुनि झर्‍यो

९ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ । कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स […]

अर्थ मुख्‍य समाचार समाचार समाज

तीन गुणा बढ्यो विद्युत् खपत

९ भदौ, काठमाडौँ । मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ । आर्थिक वर्ष २०७२-७३ मा तीन ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आव २०८०-८१ मा १० अर्ब दुई करोड युनिट पुगेको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

मध्यपुरथिमिको ऐतिहासिक तीन नाच सम्पन्न

९ भदौ, भक्तपुर । गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरक–फरक सहरमा तान्त्रिक विधि एवं दैवी शक्ति प्रकट गर्दै सञ्चालन भएका भैरव, महाकाली, निलबाराहीलगायतको देवीदेवता नाच आज बिहानबाट सम्पन्न भएको छ । भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीको रातिसम्म मध्यपुरथिमि क्षेत्रको बोडेमा निलबाराही, नगदेशमा महाकाली र थिमिमा लाय्कू भैलः एवं थिमि भैलः नाच सञ्चालन भएको थियो […]

अर्थ मुख्‍य समाचार समाचार समाज

साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

९ भदौ, वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा रु चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

९ भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औँ सभा बैठकमा सो विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अमेरिकासँगको वार्तामा ताइवान र सुरक्षाबारे ‘गम्भीर चासो’ व्यक्त गर्ने चीनको भनाइ

९ भदौ, अमेरिका । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले आफ्नो चासोका बिषयलाई गम्भीररूपमा राख्ने बताएको छ । संयुक्त राज्य अमेरिकासँगको आगामी वार्तामा ताइवान र अन्य सुरक्षा विषयमा ’गम्भीर चिन्ता’ व्यक्त गर्ने चीनको योजना रहेको चीनको राष्ट्रिय सञ्चारमाध्यमले आइतबार जनाएका छन् । विदेश मन्त्रालयका एक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

हिजबुल्लाहका हजारौं रकेट लन्चर नस्ट गरेको इजरायली दावी

९ भदौ, इजरायल । इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौं रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको छ । “ करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हजारौं हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

इजरायलमा आगामी ४८ घन्टाका लागि सङ्कटकाल घोषणा

९ भदौ, लेबनान । लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गरेका छन् र यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ । मन्त्रीपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ । इजरायलमा तनाव […]

मुख्‍य समाचार समाज

नागार्जुन दुर्घटनामा एकजनाको मृत्यु

९ भदौ, काठमाडौँ । नागर्जुनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बाप्र०२–०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा परी दोलखा शैलुङ्गेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ छाउनी बस्ने २० वर्षीय सजन […]