१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

यातायात व्यवसायीले प्रचण्डलाई सुनाए गुनासो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन् । उनले बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्दै दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक […]

मुख्‍य समाचार विचार

संघीयता बुझेका नेता नै छैनन् नेपालमा : डा.वाग्ले

१८ असोज, काठमाडौं । संघीयता विज्ञ डा.अच्युत वाग्लेले नेपालका कुनैपनि राजनीतिक दलमा संघीयता बुझेका एकजना पनि नेता नभएको टिप्पणी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा.वाग्ले नेपालको संविधानमा समन्वयात्मक संघीयता उल्लेख गरिएको भएपनि त्यस्तो ‘छेस्को’समेत लागु नभएको बताएका हुन् । संघीयताका विषयमा व्यापक छलफल गर्नुपर्ने उनको भनाइ छ । उनले भने, […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

१८ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए । अध्यक्ष दाहाल स्वीट्जरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने […]

मुख्‍य समाचार समाचार समाज

धितो पत्र बोर्डको अध्यक्षको पूर्व निर्धारित अन्तर्वार्ता स्थगित

१८ असोज, काठमाडौं । नेपाल घितो पत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता गर्ने कार्यक्रम थियो ।

मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंनुहुँदै

१८ असोज, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त रहेको छ । सो सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको हो । सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली […]

मुख्‍य समाचार समाज

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

१८ असोज, काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उ अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका तीन […]

पर्यटन मुख्‍य समाचार समाज

मनाङमा पर्यटकको चहलपहल बढ्यो

१८ असोज, मनाङ । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ। गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे। एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो। बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिनुभयो। असोज महिना घुम्न र पदयात्राका लागि […]

मुख्‍य समाचार समाचार समाज

संविधानप्रदत्त अधिकारबाट वञ्चित भएको दलित समुदायको गुनासो

१८ असोज, कञ्चनपुर । दलित समुदायका अगुवाहरूले संविधानप्रदत्त अधिकारबाट आफूहरू वञ्चित भएको गुनासो गर्दै त्यसको कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा राष्ट्रिय हलिया मुक्ति समाजले बिहीबारआयोजना गरेको एक कार्यक्रममा उनीहरूले उक्त अधिकार कार्यान्वयनका निम्ति सरकारलाई दबाब दिनुपर्ने बताए । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीले दलित समुदायलाई सशक्तीकरण गर्न योजनाबद्ध […]

मुख्‍य समाचार समाचार समाज

एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

१८ असोज, चौतारा (सिन्धुपाल्चोक) । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले रु ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रङ्गशालाको काम रोकिएको छ । यसैबीच, उक्त कम्पनीले अर्को […]

मुख्‍य समाचार समाज

तुईन र फड्केले जोडियो तातोपानी नाका

१८ असोज, चौतारा (सिन्धुपाल्चोक) । अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा गाउँ लिपिङ जोडिएको थियो । त्यही बेलिब्रिज भोटेकोशीले बगाएपछि सीमाक्षेत्रलाई राजधानीसँग जोड्ने सडक सम्पर्क टुटेको हो । पुल बगेपछि ठप्प बनेको तातोपानी […]

मनोरन्जन मुख्‍य समाचार समाज

एक्टर : टेक वन’ र ‘कमेडी दरबार’ले देशका प्रमुख सहरमा बृहत् खुला कार्यक्रम गर्ने

१८ असोज,  काठमाडौं । कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर ः टेक वन’ले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ । यो टुर काठमाडौं उपत्यका बाहिरका ६ मुख्य सहरहरू इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र पोखरामा हुनेछ । यो प्रचारात्मक […]

मुख्‍य समाचार समाज

एनआरएनए एनसीसी मलेसियाले सिस्नेरी पहिरोमा निधन भएका खेलाडीहरुको परिवारलाई जनही एक लाख सहयोग गर्ने

१८ असोज,   काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनसीसी० मलेसियाले हालै आएको पहिरो परेर निधन भएका एन्फा यु १३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ । एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी दिए । एन्फा उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक […]