४ कार्तिक २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

१२ कात्तिक, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित कानून न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०८४ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

अर्थ मुख्‍य समाचार समाज

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक […]

मुख्‍य समाचार समाज

मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षाको सम्भावना

१२ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

विश्वकप क्रिकेट लिग-२ : अमेरिकासँग नेपाल ३ विकेटले पराजित

काठमाडौँ । विश्वकप क्रिकेट लिग(२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । आइतबार अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छँदै पूरा गरेका हो । प्लेयर अफ द म्याचु बनेका शायन जहाँगीरले अमेरिकाका लागि सर्वाधिक १०४ रन बनाए । ९७ बल […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टोलीको १-१ गोल भएको थियो । विवादले दुई पटकसम्म रोकिएको खेल एक-एक बराबरीमा खेल सकिएको थियो। पेनाल्टी शुटआउटमा नेपालले चार गोल […]

जीवनशैली मुख्‍य समाचार समाचार समाज

तिहार नजिकिएसँगै भक्तपुरका कुमाल समुदायलाई पाला बनाउन भ्याइ नभ्याइ

भक्तपुर, ११ कात्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै माटोका भाँडा बनाउँदै आएका कुमाल समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याइ भएको छ । तिहारमा माटोका भाँडा र पालाको माग धेरै भएकाले कुमाल समुदायका परिवारलाई यतिखेर पाला बनाउन भ्याइनभ्याइ भएको हो । आकर्षक माटोको भाँडा बनाउने भक्तपुर नगरपालिका–४ बोलाछेंँ तालाक्वो अर्थात् पोर्टरी स्क्वायरका प्रजापति समुदायका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माइतीघरमा रास्वपाको आन्दोलन जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउ विरुद्ध आज पनि विरोध प्रदर्शन गरेको छ । लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन जारी राखेको हो । प्रदर्शनमा सहभागीहरुले अधिनायकवाद चल्दैन, प्रतिवेदन के भन्छ–८७ अर्ब ले भन्छ, दुई तिहाइको दम्भ चल्दैन, सत्ताको दुरुपयोग बन्द […]

मुख्‍य समाचार समाज

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा समाधानको माग

११ कात्तिक, काठमाडौं । हाल चाडपर्वको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवादका कारण नेपाल विद्युत प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि विद्युत काटिएको घटनामा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ । संघले यस किसिमको निर्णयले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पुर्याउने  साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने

११ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । मन्त्री पौडेलको सचिवालयका […]

मुख्‍य समाचार समाचार समाज

पशुपति गौशाला प्रकरण : मारवाडी समितिमाथि ‘अवहेलना’ मुद्दा

११ कात्तिक,  काठमाडौं । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको ९ रोपनी ९ आना २ पैसा जग्गा २१ वर्षदेखि संचालन गरिरहेको मारवाडी सेवा समितिले काठमाडौँ जिल्ला अदालतको अवहेलना गरेको दावी गरिएको छ । मारवाडी सेवा समितिले पाटन उच्च अदालतमा दायर गरेको रिटमा काठमाडौँ जिल्ला अदालतको न्यायिक प्रक्रियामाथि नै प्रश्न उठाउँदै मानहानी गरेको दावी गरिएको हो । […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

वारेन जायर इमेरीलाई क्लबमा भित्र्याउने रियलको इच्छा

११ कात्तिक,  काठमाडौं । कार्लो अञ्चेलोटीको रियल मड्रिडले पेरिस सेन्ट–जर्मेन (पीएसजी) का वारेन जायर–इमेरीलाई क्लबमा भित्र्याउने इच्छा ब्यक्त गरेको छ । १८ वर्षीय खेलाडीका लागि ११० मिलियन युरो खर्च गर्न रियल तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रियल मड्रिडले आगामी ट्रान्सफर विन्डोका लागि सेन्ट्रल डिफेन्डरको खोजीमा छ । हाल मड्रिडसँग पहिलो टोलीका लागि मात्र […]

खेलकुद मुख्‍य समाचार समाज

भुटानमाथि फराकिलो जित निकाल्दै बंगलादेश फाइनलमा प्रवेश

११ कात्तिक, काठमाडौं । डिफेन्डिङ च्याम्पियन बंगलादेश फराकिलो जीतसहित काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । बंगलादेशलाई जिताउन तोहुरा खातुनले ह्याट्रिक गर्दा, सविना खातुनले २ गोल गरिन् । यसैगरी ऋतु पोर्ना चक्मा र शिउली […]