१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

डोटीमा चट्याङ लागेर एक युवतीको मृत्यु

९ भदौ, काठमाडौं । डोटीमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । जोरायल गाउँपालिका-६ की १८ वर्षीया दुर्गा साउँदको मृत्यु भएको हो । शनिबार घरमै चट्याङ लागेर घाइते भएकी उनको आइतबार बिहान धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मुख्‍य समाचार विचार समाचार समाज

पितृसतात्मक टक्सिक (विचार) 

पितृसताले शासक, पुरूष तथा छोरालाई बढी महत्त्व दिन्छन् र महिलालाई पुरूषको मातहतमा राख्ने सोच राख्छन् । महिलालाई कहिले देवी बनाए । कहिले सतिप्रथाको नाममा बली चढाए । देवी बनाउनुमा पनि पितृ सतात्मक टक्सिकको ठूलो स्वार्थ लुकेको छ । प्राचीन इतिहास हेर्ने हो भने, मानिस जुन पदार्थबाट भयभित हुन्थे त्यसलाई देवी, देवतामा परिणत गर्थे । सूर्य, […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौंको गौशालाबाट नेपाली नक्कली नोट खैरो हेरोइनसहित ३ जना पक्राउ

९ भदौ, काठमाडौं।  प्रहरीले काठमाडौंको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हेराइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका-५ घर भई हाल काठमाडौं  ९ बस्‍ने ३० वर्षीय  एराजुल हक, इलाको फाकफोकथुङ -३ घर भई हाल काठमाडौं-९ बस्‍ने  ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामको सूर्योदय नगरपालिका-३ घर भई काठमाडौं-९ बस्‍ने ४७ वर्षीय बोधचन्द्र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

समूहको बैठकमा शेखरले भने : शेरबहादुरसँग मिलेको भाष्य बनाइयो

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवातिर ढल्किएको भनी लागेको आरोपको प्रतिवाद गरेका छन् । शेखर–गगन पक्षको बैठकमा नेता कोइरालाले आफ्नै समूह भित्रका नेताहरुले अनावश्यक हल्ला फैलाएको भन्दै आपत्ति जनाएका हुन् । उपसभापति धनराज गुरुङको पहलमा कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार समूहको छलफल भएको थियो । छलफलमा सहभागी केन्द्रीय […]

मुख्‍य समाचार समाचार समाज

स्वास्थ्य बीमामा ५ लाखको घोषणा प्रचारका लागि मात्र !

९ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले २७ साउनमा आफ्नो कार्ययोजना सार्वजनिक गर्दै भने, ‘बीमाको दायरालाई बढाएर कम्तीमा ५ लाख रुपैयाँ बराबर बनाउनुपर्छ भन्ने प्रस्ताव छ ।’ सबै नागरिक नसमेटिएको र कडा रोग लागेमा उपचार गर्न पैसा तिर्न नपुगेको भन्दै उनले बीमा रकम एक लाखबाट ५ लाख रुपैयाँ बनाउने प्रस्ताव गरेका हुन् । […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने अडान

९ भदौ, काठमाडौं । संघीय सरकारले जाजरकोटको नलगाड नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएपछि विवाद भएको छ । नगर प्रमुख डम्बरबहादुर रावतले नयाँ खटिएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने अडान लिंदै हाल कार्यरतलाई नै केही समय काम गर्न दिनुपर्ने माग गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ साउनमा नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय […]

मुख्‍य समाचार समाचार समाज

कर्मचारी अभावले सरकारको डेटा सेन्टर समस्यामा

९ भदौ, काठमाडौं । गत १ साउनदेखि सञ्चालनमा आएको सरकारी डेटा सेन्टर राष्ट्रिय सूचना प्रविधि केन्द्र पर्याप्त प्राविधिक जनशक्ति व्यवस्थापन हुन नसक्दा समस्यामा परेको छ । सरकारले केन्द्रमा दरबन्दीअनुसार प्राविधिक जनशक्ति खटाउन सकेको छैन । ३९ जनाको स्थायी दरबन्दीमध्ये ११ जना कर्मचारी मात्रै स्थायी छन् । ७ जना केन्द्रकै स्वीकृत दरबन्दी कार्यरत हुन् भने ४ […]

खेलकुद मुख्‍य समाचार समाचार

गोलकिपर नायक बनेपछि नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा

९ भदौ, काठमाडौं । नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

‘वन व्यवस्थापनमा जोड दिइने’

९ भदौ, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वृक्षरोपण गरी दिगो वन व्यवस्थापनबाट विश्व्यापी रूपमा भइरहेको हरितगृह ग्याँस उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । यहाँको बटेश्वर गाउँपालिकाको ८२ बिघा क्षेत्रफलमा लगाइएको छ हजार आँपको बोट फँडानी गरी सोलार प्लान्ट लगाउन जग्गा भाडामा दिने किसानका बाध्यताबारे मुख्यमन्त्री सिँहलाई ध्यानाकर्षण गराउन अभियन्ताहरू पुगेका […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

शान्तिश्री परियार र बिन्ती कुमारले ल्याए ‘घुम्दै घुम्दै आको’

९ भदौ, काठमाडौं । गायिका शान्तिश्री परियार र गायक बिन्ती कुमार गुरुङको स्वर रहेको ‘घुम्दै घुम्दै आको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक स्वयमकै शब्द, संगीत तथा लयमा रहेको गीत अमेरिकामा नै रोधीँ घरको अवधारणा तयार पारेर भिडियो छायांकन गरिएको हो । भिडियो झट्ट हेर्दा नेपालमा नै खिचिएको हो । जुन गीतमा चुनु […]

अर्थ मुख्‍य समाचार समाचार समाज

दशैं अगाडिसम्म सबै दुग्ध र उखु किसानको वक्यौता भुक्तानी गरिने

९ भदौ, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशैं अगाडिसम्म सबै दुग्ध किसानहरुको वक्यौताको भुक्तानी गर्ने भएको छ ।आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैं अगाडिसम्म भुक्तानी गर्ने जानकारी दिएका हुन् । उनले भने,‘दुग्ध किसानले […]

मुख्‍य समाचार समाचार समाज

विराटनगरका लागि उडेको जहाज चन्द्रगढीमा आकस्मिक अवतरण

९ भदौ, झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौबाट बिराटनगर आउँदै गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो । विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मिक अवतरण गरिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार […]