४ कार्तिक २०८३, मंगलवार
अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

१४ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपप्रधान तथा सहरी विकासमन्त्री सिंहद्वारा पनौतीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

काभ्रे, १३ कात्तिक । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्रको निरीक्षण गरेका छन् । बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि अझै क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बेला मन्त्री सिंहले प्रभावित क्षेत्रको निरीक्षण गरी आवश्यक जानकारी लिएको हो । उनले वडा नं १२ को कार्यालयमा पुगेर […]

खेलकुद मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपाल र बंगलादेशविचको खेलको टिकट एन्फाले नै विक्री गर्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि अनलाइन टिकट बिक्री बन्द गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्र टिकट उपलब्ध हुनेछ । एन्फाका टुर्नामेन्ट (प्रतियोगिता) निर्देशक सञ्जीव मिश्रले फाइनल खेलका लागि ११ हजार टिकट बिक्री गरिने बताउँदै १० हजार […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

उपाधि हामीले जित्नै पर्छ : कप्तान एन्जिला

राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरुहुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन् । फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेशविरुद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार रवि लामिछाने सिध्याउने अभियानमा छ : वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने खेलमा रहेको बताएका छन् । मंगलबार सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति लामिछानेलाई हिरासतमुक्त गराउन बालुवाटार भएको विरोध प्रदर्शनमा उनले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाउने र लामिछानेलाई सिध्याउने एवम […]

मुख्‍य समाचार राजनीति समाचार समाज

युवाहरुले समाजका लागि ‘वाच डग’को भूमिका निर्वाह गर्नपर्छ : उपसभामुख राना

१३ कात्तिक,  काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले युवाहरुले समाजमा वाच डगको भूमिका निर्वाह गर्न आग्रह गरेकी छिन् । उनले युवाहरुले उद्यमशील र आत्मनिर्भरको बाटो रोजेर स्वदेशमै अवसरहरु सिर्जना गर्न अनुरोध गरिन । नेपाल युवा परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण एवम अन्तरक्रियामा सम्बोधन गर्दै व्यावसायिक उद्यमीहरु भन्दा सामाजिक उद्यमीहरुको भूमिका बढी प्रभावकारी हुने भएकाले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्य सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

१३ कात्तिक,  काठमाडौं ।  भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने कार्यमा सरकार लागिपरेको बताएका छन् । मंगलबार काठमाडौंमा प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले युवाहरुलाई राष्ट्र निर्माणमा चासो देखाउन सक्ने बनाउनुपर्ने भन्दै सरकार त्यो काममा लागेको बताए । उनले भने, ‘युवाहरुलाई राष्ट्र निर्माणमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

वैकल्पिक उर्जा सम्बन्धि ऐन कानूनलाई समय सापेक्षित बनाउन आवश्यक’

१३ कात्तिक,  काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जा तथा प्रवद्र्धन सम्बन्धि ऐन कानूनलाई समय सापेक्षित बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंका आयोजित  वैकल्पिक उर्जा तथा प्रवद्र्धन केन्द्रको २८औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले मूलुकमा हिजोको आवश्यकता र आजको आवश्यकता फरक भइसकेको कारण सबै कुरा समयसापेक्षित हुन जरुरी रहेको […]

मुख्‍य समाचार राजनीति समाचार

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् । मंगलबार सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के […]

मुख्‍य समाचार राजनीति समाचार समाज

निषेधित क्षेत्र तोड्ने प्रयस गरेपछि सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ

१३ कात्तिक,  काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दछौँ,’ उनले भनेका छन् । प्रहरीले […]

मुख्‍य समाचार समाचार समाज

टक्सार विभागमा असर्फी किन्नेको घुइँचो

१३ कात्तिक,  काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज सुनको सिक्का (असर्फी) बिक्री गर्दैछ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको छ । असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन् । राष्ट्र बैंकले आज (मंगलबार) मात्र असर्फी बिक्री गर्न लागेको हो । गुणस्तरीय सुन अभाव भएकाले थोरै […]