१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाचार समाज

भारत सरकारद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

२२ असोज, जानकी (बाँके) । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ । भारु एक करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री प्रजिअ रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्रजिअ रिजालले भारत […]

मुख्‍य समाचार समाचार समाज

तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग

२२ असोज, दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लामा ६१ योजना सम्पन्न भएका छन् । आयोजनाको सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत प्रभावित क्षेत्रमा ती योजना सम्पन्न भएका हुन् । जलविद्युत् आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापन कार्यक्रम सञ्चालन गरेको आयोजना प्रमुख […]

मुख्‍य समाचार समाचार समाज

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

२२ असोज, कमलामाई (सिन्धुली) । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री यहाँ आइपुग्नुभएको छ । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट आइपुग्नुभएको हो । उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट […]

मनोरन्जन समाज

वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक

२२ असोज, फुङ्लिङ (ताप्लेजुङ) । गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सो गीतको सार्वजनिक गर्दै ताप्लेजुङको आर्थिक र सांस्कृतिक पर्यटन, व्यवसायको उन्नयनमा गीतले विशेष योगदान पुर्याउने अपेक्षा व्यक्त गरे । सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा आफूले कार्यरत रहँदा भोगेका र अवलोकन गरेका विषयलाई […]

मुख्‍य समाचार समाचार समाज

जङगली हात्तीको आक्रमणबाट मृत्यु

२२ असोज, कञ्चनपुर । बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए । वन क्षेत्रमा […]

मुख्‍य समाचार समाचार समाज

मन्त्रीसँगको वार्तापछि मेलम्चीको पानी काठमाडौं पठाउने सहमति

२२ असोज, काठमाडौं । आज(मंगलबार)देखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गर्ने भएको छ । मेलम्चीका संघर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच गए राति भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो । मेलम्ची बाढी प्रभावितले राख्दै आएका माघ केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सहमति भएपछि काठमाडौँमा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । क्यानडामा रहेको नेपाली क्रिकेट टिमले यानडा एचपीसँगको अभ्यास खेलको सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा नेपालले क्यानडा एचपीलाई १० रनले पराजित गर्दै खेलको सिरिज जितेको हो । तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य पछाएको क्यानडा एचपीले ४४.५ ओभरमा अल आउट हुदै १७७ रन बनाएको थियो । अब नेपालले अक्टोबर […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसमः केही प्रदेशमा वर्षाको सम्भावना

आजको मौसमः केही प्रदेशमा वर्षाको सम्भावना काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश, मधेश , बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको रहेको जनाएको छ। देशको पूर्वी र मध्य भागमा भने भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकल आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ। यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा, युके […]

मुख्‍य समाचार समाचार समाज

आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज तीन रुपैयाँले घटेर ११२ रुपैयाँ कायम रहेको छ । त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला २० रुयैयाँले बढेर ५० […]

मुख्‍य समाचार समाचार समाज

नवरात्रको छैटौं दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । आज आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन । आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले चिनिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको […]

मुख्‍य समाचार समाचार समाज

२०३५ सम्ममा २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा मन्त्री र उच्चाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत उत्पादन गराउन कानुनी, नीतिगत, संस्थागत एवं प्रक्रियागत सुधारका साथै उत्पादन, पूर्वाधार, व्यापार र […]