राष्ट्रपति पौडेल धर्मपत्नीका साथ मैतिदेवी मन्दिरमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंस्थित मैतिदेवी र भद्रकाली मन्दिरको दर्शन गरेका छन् । शुक्रबार दिउँसो उनकी धर्मपत्नी सविता पौडेलका साथ विभिन्न मन्दिरको दर्शन गरेका हुन् । हिन्दुहरुको महान पर्व वडादशैंको अवसरमा राष्ट्रपति पौडेल विभिन्न प्रसिद्ध शक्तिपीठको दर्शनका सिलसिलामा शुक्रबार नक्साल भगवती मन्दिर पुगेका हुन् । दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका […]











