४ कार्तिक २०८३, मंगलवार
मुख्‍य समाचार समाज

तनहुँको सयपत्री कतार निर्यात

१४ कात्तिक, तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त […]

कर्णाली खेलकुद मुख्‍य समाचार समाज

कर्णाली याक्सले भित्रायो बाबर हायतलाई

१४ कात्तिक, काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेका कर्णाली याक्सले दोस्रो विदेशी खेलाडीको रुपमा हङकङका ब्याटर बाबर हायतलाई अनुबन्ध गरेको छ । बुधबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि ३२ वर्षीय खेलाडीलाई भित्राएको हो । योसँगै दायाँ हाते ब्याटर बाबर हायतले आगामी लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्नेछन् । बाबरले हङकङको लागि […]

मुख्‍य समाचार समाचार समाज

प्रहरीलाई चाडपर्व विदा छैन्, तिहारका लागि ४८ हजार मैदानमा छन्

१४ कात्तिक,   दशैं, तिहार, छठलगायत ठूला पर्वहरुमा नेपालीहरुको धेरै आवतजावत हुने सडकमा सवारीको चाप बढ्ने, बजार तथा मेला लाग्ने, नाचगान चल्ने जस्ता मनोरञ्नात्मक क्रियाकलाप हुने भएकाले यसैलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा योजना एकमहिना अगाडि नै बनाइसकेको छ । प्रत्येक जिल्लामा आ–आफ्नो सुरक्षाको अवस्था समेतलाई हेरेर छुट्टै किसिमको सुरक्षा योजना बनाएको छ । र कार्यानवयन […]

अर्थ मुख्‍य समाचार समाज

सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेर्कड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार  ७ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला २२ सय रूपैयाँले बढेको हो । यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो […]

मुख्‍य समाचार समाज

साफ महिला च्याम्पियनसिपको फाइनल भिडन्त हेर्न टिकट किन्नेको लाइन

१४ कात्तिक,  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको फाइनल भिडन्त हेर्न टिकट काट्नेको बिहानैदेखि लामो लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ५ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो । एकजनाले अधिकतम २ […]

मुख्‍य समाचार समाचार समाज

यम पंचकका पाँच दिन : यस्तो छ महत्व र पूजा विधि

डा.रुद्रनाथ अधिकारी बरिष्ठ ज्योतिष एवम संस्कृतविद् हाम्रा महान पर्वहरु तिथि अनुसार तलमाथि भइरहन्छन् । यसपालीको दशैं त्यस्तै थियो भने तिहारको भाइटीका पनि त्यस्तै परेको छ । यसपालीको तिहारमा मंगलबारदेखि धनतेरस सुरुवात भएको छ । यसमा बिहान करिब साढे १० बजेसम्म द्धादशी छ । अनि त्यसपछि त्रयोदशी सुरु हुन्छ । त्रयोदशी सुरु हुँदा धनतेरसको पूजाआजा र […]

मुख्‍य समाचार समाचार समाज

नारायणहिटी गेट अगाडि रमेश दुलालले गरे ‘२१औँ काग सम्मेलन’

१४ कात्तिक,  काठमाडौं ।  काग तिहारको अवसरमा बुधबार ‘२१औँ काग सम्मेलन’ गरिएको छ । एक सय भन्दाबढी जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलालले बुधबार २१औँ काग सम्मेलन गरेका हुन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै

१४ कात्तिक,  काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल प्रवेश गरेको हो । यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य लिएको छ । बुधबार भएको […]

कर्णाली मुख्‍य समाचार समाज

कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’

१४ कात्तिक,  काठमाडौं । कर्णाली याक्सले आफ्नो हस्पिटालिटी पार्टनरमा हिल्टन होटललाई भित्र्याएको छ । मंगलबार हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि होम अफ कर्णाली याक्समा हिल्टनसँग सम्झौता गर्यो । सम्झौतामा कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे र हिल्टनका महाप्रबन्धक श्रीधर थोटाले हस्ताक्षर गरेका छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने […]

मुख्‍य समाचार समाज

फ्लोरा एक्स्पो’मा  उत्साहजनक कारोबार

१४ कात्तिक,  काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ जारी छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा गत बिहीबारदेखि एक्स्पो सुरु भएको हो । एक्स्पोमा व्यावसायिक ७३ वटा स्टल रहेको फ्लोरिकल्चर तथा मेलाका संयोजक सिताराम पन्तले जानकारी दिएका छन् । मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीले उत्पादन गरेका फुल […]

खेलकुद मुख्‍य समाचार समाज

स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी

१४ कात्तिक,  काठमाडौं । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा परा गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१.४ ओभरमा […]

मुख्‍य समाचार समाज

आज काग तिहार मनाइँदै, यमदीपदान पनि आजै

१४ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरि मनाइँदैछ । बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५  मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । […]