१८ श्रावण २०८३, सोमबार
अनौठो संसार मुख्‍य समाचार समाज

नेपाली र अमेरिकी समलिंगी पुरुषबीच पहिलो पटक भयो विवाह दर्ता

२२ असोज, काठमाडौं । नेपाली समलिंगी पुरुष र अमेरिकीबीच विवाह दर्ता भएको छ । नेपाली समलिंगी पुरुषले नेपालमा अमेरिकी समलिंगी पुरुषसँग विवाह दर्ता गरेको संभवत यो पहिलो घटना हो । सुनसरीको धरान उपमहानगरपालिका वडा नं ११ को कार्यालयले प्रजित बुढाथोकी र न्युयोर्क, संयुक्त राज्य अमेरिकाका जोसेफ फोस्टर एलिसलाई समलिंगी विवाह दर्ता प्रमाणपत्र दिएको छ । […]

मुख्‍य समाचार समाज

सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

२२ असोज,  काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको संयोजकत्वमा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनले भने,‘मूलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि राय सहितको प्रतिवेदन पेश गर्न […]

मुख्‍य समाचार

प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तुु’ पुस्तकको मंगलबार लोकार्पण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक लोकार्पण गर्दै सुख प्राप्ती हरेक प्राणीको हुने तर मानिसले सम्मानित तथा सुरक्षित जीवन बाँच्न चाहने भएकाले गरिबीको अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानव जाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड […]

मुख्‍य समाचार समाज

दशैं बिदामा आयोग खुला रहने

२२ असोज,  काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं विदामा पनि खुला रहनेछन् । आयोगका अनुसार बिहान ११.०० बजेदेखि दिउँसो २.०० वजेसम्म कार्यालयहरु खुला रहने छन् । आयोगले आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा भौ यस वर्षको विदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको […]

मुख्‍य समाचार समाचार समाज

एक साताभित्र अवरुद्ध बीपी राजमार्ग खुल्छ : गृहमन्त्री

२२ असोज,  काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् । मंगलबार बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन […]

मुख्‍य समाचार समाचार समाज

कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघबाट उद्धार कोषमा रकम हस्तान्तारण

२२ असोज,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् । मंगलबार कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा रु दुई करोडको चेक हस्तान्तरण गरेका हुन् । यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले रु […]

मुख्‍य समाचार समाज

प्रहरी अधिकृत आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । मंगलबार महाराजगंज स्थित प्रतिष्ठानमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. अरूण जोशी, सर्वद्वितीय […]

मनोरन्जन समाज

‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक

काठमाडौं । आगामी कार्तिक ३० गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक भएको छ । ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्री सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो । पोस्टरमा रेलको लिकमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ । कुर्ता सुरुवालमा सजिएकी सृष्टिले शीरमा ह्याट […]

मुख्‍य समाचार समाचार समाज

विश्व स्वास्थ्य संगठनको बैठकमा मन्त्री पौडेलको सम्बोधन, स्रोत जुटाउन आग्रह

२२ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको चर्चा गरे । भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण […]

मुख्‍य समाचार समाज

४ सयले घट्यो सुनको मूल्य

२२ असोज, काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ६० हजार १ सय रुपैयाँमा विक्रि भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो । यस्तैगरि, चाँदीको मूल्य […]

मुख्‍य समाचार समाचार समाज

भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा

२२ असोज, झापा । आगजनी गरिएको ट्रकका चालकको मृत्यु भएपछि बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका ८ जना कार्यकर्तामाथि कर्तव्य ज्यानको मुद्धामा कानुनी कारवाही अगाडि बढाइएको छ । उनीहरुले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप प्रक्रिया कारवाही अगाडि बढाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापा जिल्ला अदालतबाट आपराधिक […]

मुख्‍य समाचार समाचार समाज

सिन्धुलीमा गाडी दुर्घटना यसरी भएको थियो

२२ असोज, कमलामाई (सिन्धुली) । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार दुर्घटनामा प¥यो । काठमाडौँबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान ‘लागेको गाडी मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा अचानक पल्टियो । […]