४ कार्तिक २०८३, मंगलवार
अर्थ मधेश मुख्‍य समाचार समाचार

दुई करोड १४ लाख राजस्व सङ्कलन

१६ कात्तिक, कुनौली (सप्तरी) । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु दुई करोड बढी राजस्व सङ्कलन गरेको छ । सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व सङ्कलन भएको कार्यालय […]

मुख्‍य समाचार समाचार समाज

महाकविको सम्झनामा स्मृति काव्य उत्सव

१६ कात्तिक, अछाम । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आज यहाँ देवकोटा स्मृति काव्य उत्सव सम्पन्न भएको छ । देवकोटाहरूको उद्गम थलो अछामको ढकारी गाउँपालिका वडा नम्बर ८ मा उत्सव सम्पन्न भएको हो । देवकोटा बन्धु समाजको आयोजनामा उत्सवमा साहित्यिक, सांस्कृतिक, देउडा अनि देउसीभैलो कार्यक्रम गरिएको थियो । देशभर छरिएर रहेका देवकोटा बन्धुहरूलाई आफ्नो इतिहासबारे […]

बागमती मुख्‍य समाचार समाज

नुवाकोटमा अन्तरविद्यालय देउसीभैलो प्रतियोगिता

१६ कात्तिक, नुवाकोट । तिहारको मौलिक संस्कृति बचाउन नुुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमती नदीको किनार समुन्द्रटारमा गाउँपालिकाभित्रका छ विद्यालय सहभागी गराई प्रतियोगिता आयोजना गरेको हो । विद्यालयले विद्यार्थीलाई नै देउसीभैलोको गीत सृजना गर्न लगाएर प्रस्तुति दिन लगाएका थिए । प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका–५ को […]

मुख्‍य समाचार समाज

कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही

१५ कात्तिक, गलकोट (बागलुङ) । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् । निर्माण कम्पनीको लापरवाहीले उक्त सडकको काम पूरा नभएको हो । कम्पनीलाई काम पूरा गर्न चौथोपटक अवधि थपिएको भए पनि हाल निर्माण कम्पनी सम्पर्कविहीन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राससलाई […]

मुख्‍य समाचार समाज

चार दशकपछि पर्वत अस्पतालमा खानेपानीको सुविधा

१६ कात्तिक, पर्वत । चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ । नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाधान भएको हो । जिल्ला अस्पतालले कुश्मा नगरपालिका–५ गोपाङघाटबाट लिफ्टिङ प्रविधिमार्फत खानेपानीको व्यवस्था गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए । कालीगण्डकी नदीको किनारमा रहेको मुहानदेखि लिफ्टिङ गरिएको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी

१६ कात्तिक, म्याग्दी । पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा आयात घटाउन उद्योगीहरूले डोल्पामा स्रोतको पहिचान गरेका छन् । डोल्पाको छार्काताङसेन गाउँपालिकामा पुगेर बिहीबार काठमाडौँ फर्किएको नेपाल पश्मिना उद्योग सङ्घको टोलीले म्याग्दीको बेनीमा पत्रकारसँगको भेटघाटका क्रममा त्यहाँ पनि सङ्कलन केन्द्र बनाएर भुवा लैजाने तयारी गरेको जानकारी दिए । सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले छार्काताङसेनमा […]

कोशी मुख्‍य समाचार समाचार समाज

मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा

१६ कात्तिक, इनरुवा (सुनसरी) । “लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ” अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथला क्षेत्रमा हुक्कापाती खेल्दै आज लक्ष्मी पूजा मनाइएको छ । सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा बसोबास गर्ने मैथली समुदायले हुक्कापाती खेल्दै लक्ष्मी पूजा मनाइएको इनरुवा–३ का मिथलेश झाले बताए । इनरुवा, […]

मुख्‍य समाचार समाचार समाज

शुक्रबार तिहारको कुनै पर्व छैनः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

१६ कात्तिक, काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा […]

मुख्‍य समाचार लुम्बिनी समाज

घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो

१६ कात्तिक, गुल्मी । जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्युमा डोकोभरि बेलाउती (अम्बा) बोकेर सहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू । घरको आर्थिक अवस्था कमजोर बनेका जिल्लाको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला घरको चुलोचौको गर्ने समयमा पनि तिहारमा खर्चको जोहोका लागि डोकोमा अम्बाको भारी बोकेर बिहानै सदरमुकाम तम्घास धाउन बाध्य […]

कोशी मुख्‍य समाचार समाज

फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’

१६ कात्तिक, धरान (सुनसरी) । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ । दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, […]

खेलकुद मुख्‍य समाचार समाज

हङकङ सुपर सिक्सेस : इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित

१६ कात्तिक,  काठमाडौं । ङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो । निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक […]

खेलकुद मुख्‍य समाचार समाज

विश्वकप लिग टू : स्कटल्याण्डसँग अमेरिका ७१ रनले पराजित

१६ कात्तिक, काठमाडौं । आइसीसी विश्वकप लिग टूमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई ७१ रनले पराजित गरेको छ । डालासमा शुक्रबार विहान सकिएको खेलमा ब्रान्डन मकमुलनको उत्कृष्ट १५१ रनको पारीले स्कटल्याण्डलाई ७१ रनको फराकिलो अन्टरले पराजित गरेको हो । मकमुलनले ११ चौका र ६ छक्कासहित आफ्नो करियरकै उच्च ओडीआई स्कोर बनाए । उनीसँग चार्ली टियर (५१ रन) […]