४ कार्तिक २०८३, मंगलवार
अर्थ मुख्‍य समाचार समाचार समाज

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक […]

मुख्‍य समाचार समाचार समाज

मौसम पूर्वानुमान : यी प्रदेशका पहाडी भू–भागमा हुनेछ वर्षा

१६ कात्तिक, काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा तथा उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । […]

मुख्‍य समाचार समाचार समाज

घट्यो डिजेल र मट्टितेलको भाउ

१६ कात्तिक,  काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय […]

मुख्‍य समाचार समाज

तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

१६ कात्तिक, काठमाडौं । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्व छ । शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमली फूल फुलाउने चलन छ । झिलिमिली बत्तीको चाड पनि भएकाले तिहारलाई उज्यालो पर्वका रुपमा मानिन्छ । हिन्दु दर्शन अनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु र दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिन्छ । पूजाका क्रममा चाहिने सामाग्रीहरुको किनमेल र व्यापार पनि यसै समयमा चम्किने गर्छ । अन्य पर्वमा प्रयोग गरिने धार्मिक तथा सांस्कृतिक सामाग्रीहरु झै तिहारमा पनि अनेकौं सामाग्रीहरुको प्रयोग गर्ने परम्परा छ । ति सामाग्रीहरुले सदैव तिहारको झल्को दिने गर्छ । तिहारमा प्रयोग हुने केही महत्वपूर्ण सामाग्रीहरुको बारेमा यहाँ चर्चा गरिएको छ । फूल र माला तिहारका लागि अति आवश्यक सामाग्री मध्ये पर्छ फूल र माला । फूल पनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्व रहेको पाइन्छ । घर सजाउन देखि पूजा आराधना गर्न यीनै फूलको प्रयोग हुन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीको प्रयोग गरिन्छ । कुकुर, गाई, गोरु साथै दिदीबहिनी तथा दाजुभाईलाई फूलको माला पहि¥याउने प्रचलन छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भन्ने मान्यता अनुरुप भाइटीकामा यसको माला लगाउने चलन छ । रातो माटो […]

गण्डकी मुख्‍य समाचार समाज

बाँसको -याक बनाएर जीविकोपार्जन

१५ कात्तिक, नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको ¥याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएको छ । बुबाले विसं २०५२ मा सुरु गर्नुभएको व्यवसायलाई उसले निरन्तरता दिएको हो । लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको ¥याक बनाई उसले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएको छ । व्यवसायीहरुले […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

नेपालगन्जमा डेङ्गु सङ्क्रमणको उच्च जोखिम

१५ कात्तिक, राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । “नेपालगन्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु […]

मुख्‍य समाचार राजनीति समाज

विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री

१५ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उसले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

रुबेन आमोरिमले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड सम्हाल्ने

१५ कात्तिक,  काठमाडौं । पोर्चुगिज क्लब स्पोर्टिङ सीपीका मुख्य प्रशिक्षक रुबेन आमोरिमले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड सम्हाल्ने भएका छन् । युनाइटेडले खराब प्रदर्शन पछि मुख्य प्रशिक्षक एरिक टान हागलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजिमा जुटेको थियो । त्यसका लागि युनाइटेडले स्पोर्टिङ सीपीका मुख्य प्रशिक्षक रुबेन आमोरिमलाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्नका लागि सम्झौता गरेको  जनाइएको […]

मुख्‍य समाचार समाचार समाज

साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

१५ कात्तिक,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी […]

मनोरन्जन मुख्‍य समाचार राजनीति समाचार समाज

प्रचण्ड निवास खुमलटारमा देउसी–भैलो

१५ कात्तिक,  काठमाडौं । राष्ट्रिय लोक संगीतकर्मी नेपालले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर देउसी–भैलो खेलेको छ । लोक संस्कृतिको संरक्षण र प्रचार प्रसार गरी शान्ती, प्रेस स्वतन्त्रता, र पत्रकारको हकहितको संरक्षण गर्ने उद्देश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय भएअनुसार प्रधानमन्त्री निवासमा देउसी खेलिएको हो । देउसी–भैलाको कार्यक्रममा […]

मुख्‍य समाचार समाज

प्रहरीको कुकुर पूजा

१५ कात्तिक,  काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज बिहीबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । नेपाल प्रहरी केनाइन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार र मन्त्री परिर्वतन छिटोछिटो हुँदा विधेयक अघि बढाउन कठिन

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिर्वतन हुँदा कानून निर्माणको काम पनि प्रभावित भएको बताएकी छिन् । सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिर्वतन छिटोछिटो हुँदा बिद्येयक अघि बढाउनै नसकिएको बताएकी हुन् । ‘ब्यबस्थापिकाका तर्फबाट हामीले छिटोछिटो अत्यावश्यक कानून बनाउनका लागि बिद्येयक अघि बढाउन सरकारलाई आग्रह गर्छौ’, […]