१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज

खुले सरकारी कार्यालय, बढ्यो चहलपहल

काठमाडौँ । आज(मंगलबार)देखि बडादशैँको सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन् । बडादशैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन् सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुलेसँगै राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् ।  यस वर्षको दशैँमा झण्डै […]

मुख्‍य समाचार समाचार समाज

दशैंको टीका लगाउनेक्रम जारी, बजार तथा सडकमा चहलपहल बढ्यो

काठमाडौं । विजया दशमी तेस्रो दिन आज(सोमबार) पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी छ । काठमाडौं उपत्यकालगायत देशभरका बजार एवम सडकमा चहलपहल पनि बढेको छ । निधारमा रातो टीका र टाउकोमा जमरा लगाएर सपरिवार हिड्नेहरुको चहलपहल सडकमा वाक्लै देखिन थालेको छ । सार्वजनिक यातायातमा पनि यात्रुहरुको चाप क्रमश वढेको छ । आश्विन शुक्ल […]

मुख्‍य समाचार समाचार समाज

मनकामना केवल कार तीन दिन बन्द रहने

काठमाडौं । मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । भोलि मंगलबारदेखि तीन दिनसम्म केवलकार बन्द हुने सूचना जारी गरिएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो। मनकामना दर्शन प्रालि सूचना जारी गर्दै दसैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको थियो […]

मुख्‍य समाचार समाचार समाज

विगतको बडादशैंहरु भन्दा यसबर्ष बढी चहलपहल देखियो काठमाडौं उपत्यका

काठमाडौं । वडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल बढी देखिएको छ । विगत वर्षका दशैंमा भन्दा यस बढी चहलपहल देखिएको हो । फुलपातीदेखि नै सुनसान हुने काठमाडौंका सडकहरु विगतको तुलनामा बढी चहलपहल देखिए । असोज दोस्रो साता परेको अविरल बर्षापछि आएको बाढी पहिरोले उपत्यकाबाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौं छाड्नेहरुको संख्यामा कमी आउँदा यस्तो […]

मुख्‍य समाचार समाचार समाज

दशैंको टीका र आशीर्वाद लिनेक्रम जारी

काठमाडौं । आश्विनशुक्ल एकादशीका दिन नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम आज(आइतबार)पनि जारी छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरु पूर्णिमाका दिनसम्म मान्यजन कहाँ पुगेर टिका […]

मुख्‍य समाचार समाचार समाज

त्रिभुवन विमानस्थलमा दुवैतर्फ यात्रुहरुको अत्याधिक चाप

काठमाडौं । वडादशैंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैतर्फ यात्रुको चाप देखिएको हो । असोज २४ र २६ गते आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेकोको तथ्यांक छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवन यात्रुले खचाखच भएको छ । असोज […]

मुख्‍य समाचार समाचार समाज

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

काठमाडौं । यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। विश्वका ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा पदक प्राप्त गरेको हा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसमः केही प्रदेशको पहाडी भूभागका वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव रहेको जनाएको छ । स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार […]

मुख्‍य समाचार समाचार समाज

नव दृष्टि आँखा अस्पतालद्वारा करिब १४ हजार जनाको निःशुल्क आँखा परीक्षण

इटहरी । इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालले एक वर्षको अवधिमा करिब १४ हजार बिरामीको निःशुल्क आँखा परीक्षण गरेको छ । नवदृष्टिले स्थापनाकाल देखि नै तराईका सुगम जिल्लादेखि पूर्वी पहाडी जिल्लाका ग्रामीण बस्तीहरूमा निःशुल्क आँखा शिविर गर्दे आएको छ । एक वर्षको अवधिमा कोशी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटासहित मधेस प्रदेशको सप्तरीमासमेत शिविरको […]

मुख्‍य समाचार समाचार समाज

सर्वसाधारणलाई दशैंको टीक:शीतल निवासमा दिउँसो ३:३० र निर्मल निवासमा ४ बजेदेखि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा अर्थात दशैंको टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका र जमरा लगाइदिने भन्दै सूचना जारी गरिएको छ । पौडेलले असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका […]

मुख्‍य समाचार विचार समाचार समाज साहित्य/ समाचार

साथी (विचार)

– मुना चौधरी कुनै साथी बाध्यतावश छुटे । कुनै जानेर छुटे । कोही नजानेर छुटे । कोही बसिरहे मनमा । कोही नचाहेर पनि टाढा भइदिए । कोही चाहँदा चाहँदै पनि आफ्नो भएन । कोही चाहेर पनि विरानो भए । कसैले राम्रो छाप छोडेर गए । कसैले नराम्रो । राम्रो छाप छोड्ने पनि साथी नै थिए […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

दयालु आयुश (लघुकथा)

बुबाको मृत्यु पछी आमाले अर्कै बिहे गरेर गएपछि अनाथ बनेका यि अबोध बालक आकाश मगरले पढ्नको लागि स्कुल जाँदै गर्दा सडकको पेटिमा एउटा स्याउ देख्छ र खुशी हुँदै स्याउ टिप्दै आफुले लगाको स्कुलको ड्रेसमा पुछेर खादै गरेको आफ्नो घरको बार्दलीबाट उसैको उमेरको प्राइभेट बोर्डिङ पढ्ने आयुशले देख्छ र आकाशको छेउमा आएर भन्छ, ूतिमीलाई थाहा छैन् […]