४ कार्तिक २०८३, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार समाज

स्व नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार मानव सेवा आश्रमलाई

१६ कात्तिक, गण्डकी । यस वर्षको स्व नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरद्वारा सञ्चालित उक्त पुरस्कार मानव सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आश्रमलाई प्रदान गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पुरस्कारका लागि पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठको संयोजकत्वमा […]

मुख्‍य समाचार समाचार समाज

मेट्रो कलेज’लाई आङ्गिक बनाइँदै

१६ कात्तिक, दाङ (रासस) । दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालय(मेट्रो कलेज)लाई लुम्बिनी बौद्ध विश्वविद्यालयको आङ्गिक कलेज बनाउने तयारी गरेको छ । यसका लागि कार्यविधि निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काका अनुसार कार्यविधिलाई नगरसभाबाट अनुमोदन गरेर आङ्गिक बनाउने विषयमा विश्वविद्यालयसँग थप छलफल गरिने बताए । “एकातर्फ प्राविधिक विषय […]

मुख्‍य समाचार समाचार समाज

शिक्षासेवी शर्माको निधन, भोलि अन्त्येष्टि गरिने

१६ कात्तिक, काठमाडौँ । शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४:३० बजे चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको डा देवराज अर्यालले जानकारी दिए । उसको शनिबार बिहान ९ बजे पशपुति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

१६ कात्तिक, रामपुर (पाल्पा) । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । बिहीबार साँझ माथागढीको खहरेबाट फेँदीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले पैदलयात्री ढेँगालाई फेँदीमा ठक्कर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गैरकानूनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन

१६ कात्तिक, काठमाडौँ ।  यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले  स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारीपत्र पठाउँदै उक्त निर्देशन दिएको हो । गृह मन्त्रालयले भनेको छ, “भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद

१६ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । कामपाले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कोटेश्वरबाट […]

अर्थ खेलकुद मुख्‍य समाचार समाज

राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान

१६ कात्तिक, काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस युवा नेताले मेचीमहाकाली युवा संकल्प यात्रा गर्ने

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीमहाकाली युवा संकल्प यात्रा हुने भएको छ । कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने छ । संकल्प यात्राका दौरानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने शाहीले जानकारी दिए । ‘यात्रा कांग्रेसका युवा नेताहरुको सामुहिक प्रयास […]

मनोरन्जन राजनीति समाज

दीपावलीको अवसरमा चलचित्र ‘डोरी’को घोषणा

१६ कात्तिक, काठमाडौं । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन्। यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो। निर्देशक लामाले यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ […]

मुख्‍य समाचार समाचार समाज

दश युवाद्वारा निःशुल्क मोटरसाइकल सेवा

१६ कात्तिक, खोटाङ । खोटाङका दशजना युवाले तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् ।यातायात सेवा नपाएर समस्यामा परेका महिलालाई सम्बन्धित स्थानसम्म पु¥याइदिनका लागि युवा समूहले अभियान चलाएका हुन् । अभियानका संयोजक सञ्जयकुमार राईले यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका महिलालाई गन्तव्यसम्म पु¥याउने योजनासहित अभियान सुरु गरिएको बताए […]

अर्थ मुख्‍य समाचार राजनीति समाज

पर्वतको नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना

१६ कात्तिक, पर्वत । फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको रु चार करोड ८० लाख हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन् । तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी […]

मुख्‍य समाचार समाचार समाज

सिञ्जाद्वारा ९३ वटा योजना सम्पन्न

१६ कात्तिक, जुम्ला ।  सिञ्जा गाउँपालिकाले गत आर्थिक वर्षमा ९३ वटा विकास– निर्माणका योजना सम्पन्न गरेको छ । आव २०८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाको कार्यप्रगति प्रस्तत गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले उक्त आवमा छनोट भएका एक सय एक योजनामध्ये ९३ वटा योजना निर्माण सम्पन्न भएका हसन् । गाउँपालिकाको भवन, सिञ्जा सङ्ग्राहलय सञ्चालन […]