१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाज

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

२३ असोज, रामपुर (पाल्पा) । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासे बताए । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३१प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको […]

मुख्‍य समाचार समाचार समाज

एक बोतल पानी सय रुपियाँमा बेच्दा ….

२३ असोज, कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको […]

मुख्‍य समाचार समाज

सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड संकलन

२३ असोज,  काठमाडौं । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो । पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख रुपैयाँ योगदान रकम थप भएको कोषले जनाएको हो । कोषमा योगदान रकम संकलन हुने क्रममा चालू आर्थिक वर्ष २०८१।८२ […]

मुख्‍य समाचार समाज

आज विश्व हुलाक दिवस : विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

२३ असोज,  काठमाडौं । आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हरेक वर्ष ९ अक्टोबरमा विश्व हुलाक सङ्घको स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष यस दिन विश्व हुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक सङ्घ […]

खेलकुद मुख्‍य समाचार समाज

चौथो अभ्यास खेलमा पनि क्यानडा एचपीविरुद्ध नेपालको जित

२३ असोज, काठमाडौं । क्यानडाको ‘ए’ टिमसँगको चार एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ । मंगलबार राति सम्पन्न अन्तिम खेलमा २ विकेटको जित निकालेसँगै नेपालले सिरिज ३–१ ले आफ्नो पक्षमा पर्न सफल भएको हो नेपालका क्यानडा ‘ए’ विरुद्धको यो लगातार तेस्रो जित हो । ह्याट्रिक जितको लागि अन्तिम खेलमा क्यानडा ‘ए’ ले दिएको १ सय ९५ […]

मुख्‍य समाचार समाज

नवरात्रको सातौं दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

२३ असोज, काठमाडौं । आज आश्विन शुक्ल पष्ठीका अर्थात् नवरात्रको सातौं दिन । आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल षष्ठीका दिन प्रत्येक वर्ष कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा रहेको छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा […]

मुख्‍य समाचार समाज

आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

२३ असोज, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज दुई रुपैयाँले घटेर ११० रुपैयाँ कायम रहेको छ । त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ९० रुपैयाँ पुगेको छ भने रातो मूला १० रुपैयाँले […]

मुख्‍य समाचार समाज

आजको मौसमः कोशी र मधेश प्रदेशमा वर्षाको सम्भावना

२२ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत मधेश र बागमती प्रदेशका पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव र गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत मधेश र बागमती प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक […]

अर्थ मुख्‍य समाचार समाज

आजको विदेशी मुद्राको विनिमय दर स् डलरकाृ भाउ घट्यो

२२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकल आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा रहेको छ। यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८७ पैसा, […]

मुख्‍य समाचार समाज

जेनेस सलुशनबाट विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

२२ असोज, काठमाडौं । बेलायतमा मुख्यालय रहेको कम्पनी जेनेस सलुशनले लियो क्लब अफ काठमाडौँ बिशाल बजारसंग सहकार्य गरी नुवाकोटस्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । जेनेस सलुशनको काठमाडौँ कार्यालयमा कार्यरत कर्मचारीहरुले उठाएको रकमबाट कापी, कलम, पेंसिल, इरेजर लगायतका शैक्षिक सामग्री किनेर कालिका आधारभूत विद्यालयमा कक्षा १ देखि ६ मा अध्ययनरत ६० जना […]

पर्यटन मुख्‍य समाचार समाज

एक सातामा ७६ करोड पर्यटकले गरे चीनको भ्रमण

२२ असोज,  एजेन्सी । सन् २०२४ वर्ष चिनियाँ राष्ट्रिय दिवसको बिदामा चीनले पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । एक सातामा ७६ करोड पर्यटकले चीनको भ्रमण गरेका छन् । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको तथ्यांक केन्द्रको अनुमानित तथ्यांक अनुसार साताब्यापी राष्ट्रिय दिवसको बिदामा ७६ करोड ५० लाखले विभिन्न प्राप्तमा भ्रमण गरेका छन् । साताब्यापी भ्रमण […]

मुख्‍य समाचार समाज

मोटरसाईकल दुघटनामा परि एक को मृत्यु

२२ असोज, काठमाडौं । जुम्लामा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ । मंगलबार विहान तिला गाउँपालिका वडा नम्बर ३ त्रिबेणीबाट तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीतर्फ जादैँ गरेको क.१ प १६०५ नम्बरको मोटरसाईकल दुघर्टना हुँदा एकजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कायर्यालय जुम्लाका सूचना अधिकारी भानुभक्त अर्यालका अनुसार मृत्यु हुनेमा तातोपानी–७ सर्मीका […]