१७ श्रावण २०८३, आईतवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

 सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल 

धरान (सुनसरी), ३० असोज : सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआएका छन् । उनले भने, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि

धुलिखेल, ३० असोज : तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् । बाढीले सबै बस्ती बगाएपछि चनौटेका […]

मुख्‍य समाचार समाचार समाज

भक्तपुरको नवदुर्गा भगवतीको दर्शनमा राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित् नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गरेका छन् । बडादशैंको अन्तिम दिन अर्थात बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गरेका हुन् । बडा दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ । यसअघि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बाढी, पहिरोपछिको पुनःनिर्माणका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन् । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

गुन्युचोलो अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट 

गुन्युचोलो अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट काठमाडौं । लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको छ । समुन्द्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको हो । जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स […]

मुख्‍य समाचार राजनीति समाचार

केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने अध्यक्ष प्रचण्डको दावी

काठमाडौं । प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन् । वुधबार विहान नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आफूले मात्र नभइ धेरै मानिसहरुले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने संकेत गरेको उल्लेख गरे । ‘मलाई के लाग्छ भने यो सरकार जुन रुपमा र जसरी बन्यो सुरुमै मैंले […]

पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

मौलिकता जोगाउन सरकारले योगदान गर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री पाण्डेले संस्कृती र मौलिकता जोगाउन मन्त्रालयबाट गर्नुपर्ने योगदान गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पुस्तक विमोचनमा उनले मौलिकता भएन भने समाजको अस्तित्व नरहने भन्दै यसको संरक्षणको लागि काम गर्ने बताए । उनले भने, ‘मौलिकता समाजको लागि प्राण तत्व हो त्यो जोगियो भने मात्र हामीले भौतिक तत्वलाई […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दशैं मेरो प्राथमिकतामा पर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् । वुधबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा वडादशैंलाई आफूले पहिलेदेखि नै महत्व नदिएको तर परिवारका सदस्यहरुलाई साथ दिने गरेको प्रतिक्रिया दिए । ‘जनयुद्धभरी र त्यपपछि पनि दशैं मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रुपमै लिनेगर्छु ।  घरमा परिवारका सदस्यहरु, छोराछोरी, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

पृथ्वी अवलोकनका लागि चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी । नयाँ आविष्कारमा चीनले तिब्रता दिएको छ । वुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको छ । उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्त उपग्रहलाई गाओफेन–१२–०५ नाम दिइएको छ । स्याटेलाइट लङ मार्च–४सी क्यारियर रकेटद्वारा २३ः४६ (बेइजिङ समय)मा प्रक्षेपण गरिएको थियो । यसलाई […]

मुख्‍य समाचार समाचार समाज

विश्व खाद्य दिवस मनाइँदै, खाद्य सुरक्षा र पौष्टिक खानामा जोड

काठमाडौं । आज बुधबार विश्व खाद्य दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । प्रत्येक वर्ष अक्टोबर १६ मा संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा विश्व खाद्य दिवस मनाइन्छ । उक्त सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाइने गरेको हो । संघको सन् १९४५ अक्टोबर १६मा क्यानडामा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जिल्लाबासीलाई मन्त्री भण्डारीको आश्वासन : ‘निराशा हटाउँछु’

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जिल्लाबासीको निराशा हटाउने प्रतिवद्धता गरेका छन् । उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको भन्दै रोजगारी सृजना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्ने बताए । जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित कार्यक्रहरुमा सहभागी भएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरुलाई उजागर गरी त्यसको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

थाइ सिनेट अध्यक्ष सुरसज्जाले भने : लुम्बिनी मेरो सपनाको गन्तब्य हो

जेनेभा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच द्विपक्षीय भेटघाट भएको छ। अन्तर व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आउनुभएका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबीच भेटवार्ता भएको हो। भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका बारेमा छलफल […]