४ कार्तिक २०८३, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार समाज

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह

१७ कात्तिक, गण्डकी । लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि चासो र चर्चामा उक्त नाका गत बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । कार्यालय उद्घाटनका लागि गृहमन्त्री रमेश लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुरक्षा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान

१७ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला प्रस्थान गरेको छ । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो । फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको पार्टी सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । उसलाई […]

मनोरन्जन मुख्‍य समाचार समाज

साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने

१७ कात्तिक, काठमाडौँ । साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । चालिसे विभिन्न साहित्यक संस्थामासमेत सक्रिय हुन्छ । रमेश विकलको सम्झनामा स्थापित प्रतिष्ठानमा उहाँ महासचिव र भैरव अर्यालको नाममा स्थापित भैरव पुरस्कार गुठीमा उपाध्यक्ष हुन्छ । उसका दर्जनौँ साहित्यिक कृति प्रकाशित […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सांस्कृतिक पर्व भाँड्ने काम कसैले गर्नु हुँदैन : प्रधानमन्त्री

१७ कात्तिक,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताएका छन् । नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौको वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मुख्यमन्त्री कार्कीद्वारा नेपाल संवत्को शुभकामना

१७ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवद्र्धन गर्ने माध्यम भएका बताएको छ । नेपाल संवत् ११४५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उसले नेपाल संवत् मुलुकको मौलिक संवत् भएको बताएको छ । आजदेखि नववर्ष प्रारम्भ भएको तथा यसले आपसी सद्भाव वृद्धि गर्ने बताएको छ । मुलुकका राष्ट्रिय […]

मुख्‍य समाचार राजनीति समाचार

कात्तिक १९ मा साधारणसभा गर्ने एनआरएनएको निर्णय

१७ कात्तिक, काठमाडौँ । राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक १९ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभालाई सभ्य र भव्य बनाउन उपाध्यक्ष गंगाधर गौतमको संयोजकत्वमा एक समिति समेत बनाइएको छ । समितिले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल संम्वत्लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउनुपर्छ : उपप्रमुख डंगोल

१७ कात्तिक, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल संम्वत्लाई सबैले चिन्नुपर्ने बताएकी छन् । शनिबार नेपाल संम्वत् ११४५ को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल संम्वत्लाई सबैले जान्ने , बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन् । उनले भनिन् ,‘नेपाल संम्वत्को आफ्नै मौलिक पहिचान छ । व्यवहारीक रुपमा पनि यसको निकै महत्व […]

मुख्‍य समाचार समाज

कात्तिक शुक्ल प्रतिपदा: म्हः (आत्म) पूजा

१७ कात्तिक, काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बता छन । आत्मसन्तुष्ट […]

मुख्‍य समाचार राजनीति समाचार समाज

ओली सरकारले सय दिनमा परिणाममुखी काम गरेको छ : सभापति देउवा

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सय दिनमा राम्रो काम गरेको बताएका छन् । शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् । उनले भने, ‘सय दिन बल्ल पुगेको छ ओली जीको प्रधानमन्त्री कार्यकालको । […]

मुख्‍य समाचार लुम्बिनी समाज

शान्ति सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्छ’

१७ कात्तिक, राँझा (बाँके) । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले शान्ति, सुरक्षा प्राथमिकतामा राखी चाडपर्व मनाउनुपर्ने बताएको छ । नेपाल संवत् ११४५ को अवसरमा नेवाः पुचः बाँके र नेवाः देयः देबू बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री अग्रवालले प्रदेश सरकारले शान्ति, सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले […]

मुख्‍य समाचार समाचार समाज

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री

१७ कात्तिक, म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशै पर्वका लागि आठ हजार भेडाच्याङग्रा बिक्री भएको […]

मुख्‍य समाचार राजनीति समाज

सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छ : प्रधानमन्त्री

१७ कात्तिक, पाटन (ललितपुर) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उहाँले नेपाल संवत् आयातित संवत् नभई नेपाली […]