नेपाल प्रिमियर लिगमा आठ टिमले प्रतिस्पर्धा गर्दै
१४ भाद्र, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल)मा कुल आठ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले लिगमा आठ फ्रेन्चाइज टिम समावेश गर्ने निर्णय गरेको हो । यसअघि क्यानले टिमको फ्रेन्चाइजी लिन खुलाएको आवेदनको १८ वटा फारम बिक्री भए पनि १६ टिमले निवदेन दिएका थिए […]











