४ कार्तिक २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी रहने

२१ कात्तिक, काठमाडौं । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते […]

बागमती मुख्‍य समाचार समाज

हेटौँडामा छठ पूजाको तयारी अन्तिम चरणमा

२१ कात्तिक,  हेटौँडा । हेटौँडा उपमहानगरपालिका १ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य गरिएको छठ पूजा समारोह समिति जानकारी दिएको हो । बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनका लागि ६ सय २० फिट लामो पन्डाल टाँगिएको छ । ‘गत वर्षको भन्दा यो […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

काठमाडौँको भित्तामा ‘साम्बा’

२१ कात्तिक, काठमाडौं । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो । पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका […]

मुख्‍य समाचार राजनीति समाज स्वास्थ्य

प्रधानमन्त्री ओली बिरामी

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको छ । सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा हुन्छ ।

मुख्‍य समाचार राजनीति समाज

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेट

२० कात्तिक, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) का अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित भारतमण्डप केन्द्रमा आज भएको भेटमा दुवै देशबीच भविष्यमा दिगो विकास, जलवायु परिवर्तनका असर न्यूनीकरण, स्वच्छ ऊर्जा सङ्क्रमणलगायत विषयमा सहकार्य गरेर जाने विषयमा छलफल […]

गण्डकी मुख्‍य समाचार समाज

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

२० कात्तिक, तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो । तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । “यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य […]

मधेश मुख्‍य समाचार समाज

वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने

२० कात्तिक, वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताए । “छठपर्वमा विशेष सुरक्षा प्रबन्ध मिलाउनेछौँ,’’ उसले भने, ‘‘विगतका छठपर्वका जोखिमका विषय के–के हुन्, ती विषयलाई […]

मधेश मुख्‍य समाचार समाज

छठका पाँच सय विपन्न बर्तालुलाई साडी प्रदान

२० कात्तिक, सिरहा । गोलबजार नगरपालिका–१२ का समाजसेवी सुबोध सिंहले छठका पाँच सय विपन्न महिला बर्तालुलाई साडी प्रदान गरेको छ । छठ सामाजिक एकता र सद्भावको प्रतीक भएकाले यसलाई उल्लासमय बनाउन विपन्न परिवारका महिलालाई सहयोग गरेको उसले बताए । बेतौता मठका महन्थ लक्ष्मण दासको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनता माध्यमिक विद्यालय गोलबजारका पूर्वप्रधानाध्यापक रशिक विहारी […]

अर्थ मुख्‍य समाचार समाज

नेप्से परिसूचकमा झिनो गिरावट

२० कात्तिक, काठमाडौँ । दीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७७ दशमलव ४० मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ […]

मुख्‍य समाचार समाज स्वास्थ्य

स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण

२० कात्तिक, राजविराज (सप्तरी) । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेको छ । त्यस क्रममा उसले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए । उसलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचार सेवा र जनस्वास्थ्यका क्षेत्रमा अस्पतालले निर्वाह गरेको भूमिकबारे जानकारी दिएको थियो । अस्पताल भवन […]

मुख्‍य समाचार समाचार समाज

एक सय ६२ सडक मानवको उद्धार

२० कात्तिक, गलकोट (बागलुङ) । तेइस दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज बागलुङ आइपुगेको छ । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उद्धार अभियानका सहयोगकर्ता आनीछोयङ्ग डोल्मा सहितको ५० सदस्यीय समूहले हालसम्म एक सय ६२ सडक मानवको उद्धार गरेको जनाएको छ । समूहले एक सय २१ पुरुष, ३६ महिलाका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

२० कात्तिक, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ । सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले […]