४ कार्तिक २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

इजरायलको राजदूतमा पण्डित नियुक्त

२१ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गरेको छ । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

मधेश मुख्‍य समाचार समाचार समाज

छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा

२१ कात्तिक, वीरगञ्ज (पर्सा) । छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहेकी ७२ वर्षीया गायिका सिन्हाको मङ्गलबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भोजपुरी तथा मैथली भाषाकी लोकगायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै […]

खेलकुद मुख्‍य समाचार समाज

महिला यु–१९ विश्वकप क्रिकेट छनोट : नेपालले थाइलैन्डबिरुद्ध ब्याटिङ गर्दै

२१ कात्तिक, काठमाडौँ । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइलैन्डबिरुद्ध ब्याटिङ गरिरहेको छ । थाइलैन्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । आजदेखि सुरु छनोटको खेलमा नेपालले आजै थाइल्यान्डको सामना गर्दैछ । युएईको अजमानस्थित द सेभेन डिस्ट्रिक्ट स्टेडियममा नेपाल र थाइल्यान्डबीचको खेल नेपाली समयनुसार दिउँसो ३:१५ मा हुनेछ […]

मुख्‍य समाचार समाचार समाज

बेनीमा सात जना सडकापेक्षीको उद्धार

२१ कात्तिक, म्याग्दी । मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्दार गरेको छ । गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको गायिका आनी छोइङ डोल्माको नेतृत्वमा रहेको अभियान टोली मङगलबार बेनीमा आएको थियो । टोलीले बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्धार […]

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

२१ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उसको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेको छ

मुख्‍य समाचार लुम्बिनी समाज स्वास्थ्य

पाल्पामा ‘हाम्रो ब्लड बैंक, हामी बनाउछौँ’ अभियान

२१ कात्तिक, रामपुर (पाल्पा) । जिल्लामा रक्तसञ्चार केन्द्र स्थापना गर्न विभिन्न सङ्घसंस्थाबाट रकम सङ्कलन भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ‘हाम्रो ब्लड बैंक, हामी बनाउछौँ’ भन्ने अभियान सञ्चालन गरी विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रकम जुटाउन थालेको हो । रक्तसञ्चार केन्द्र स्थापना गर्न सञ्चालन गरिएको उक्त अभियानमा ऐक्यबद्धता जनाउँदै यहाँका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको […]

कोशी मुख्‍य समाचार राजनीति समाचार समाज

कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएको छ । केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उसले नैतिकताको आधारमा राजीनामा दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएको थियो […]

मुख्‍य समाचार समाचार समाज

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आजदेखि सुरु

२१ कात्तिक,  काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ सुरु भएको छ । फाउण्डेशनले काठमाडौंको भद्रकालीमा आजदेखि २४ गतेसम्म चल्ने महायज्ञसहित वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलन पनि गर्ने जानकारी दिएको हो । महायज्ञमा १,११,१११।– प्रदान गरी यस महायज्ञमा एक महारुद्र बराबरको सङ्कल्प […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पूर्व भारतीय यू–१९ कप्तान उन्मुक्त चन्द लुम्बिनी लायन्समा सामेल

काठमाडौं । भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ । उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू–१९ विश्वकप जिताएका थिए । उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर […]

मुख्‍य समाचार समाचार समाज

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२१ कात्तिक, दाङ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ काठेकोहल डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका–८ घर भएका ३४ वर्षीय इमरान हुसेनको कोठामा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई नगद ९१ हजार ९सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । […]

मुख्‍य समाचार समाचार समाज

अटो चलाएर त्रिसट्ठी वर्षीय तुलादत्त परिवारको खर्च धान्दै

२१ कात्तिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० का तुलादत्त जोशीलाई ६३ वर्ष नाघ्नै आँटेको छ । युवा जस्तै जोस र जाँगरका साथ उ अटो चलाउन व्यस्त हुन्छ । पाँच वर्षदेखि उसले अटो चलाउँदै आएको छ । दैनिक उहाँको कमाई रु एक हजारदेखि दुई हजारको हाराहारीमा हुने गरेको छ । महिनामा रु २० हजार देखि रु ३० […]

मुख्‍य समाचार समाज स्वास्थ्य

डेङ्गी सङ्क्रमण घट्दै

२१ कात्तिक, काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए । सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा […]