४ कार्तिक २०८३, मंगलवार
मुख्‍य समाचार समाचार समाज

देशका अधिकांश भागमा मौसम सफा रहने

२१ कात्तिक, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ […]

बागमती मुख्‍य समाचार समाचार समाज

बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

२१ कात्तिक, भरतपुर (चितवन) । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने दुई जनाको अवस्था गम्भीर छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा […]

मुख्‍य समाचार समाचार समाज

तिहारमा ५० करोडको फूल बेचियो

२१ कात्तिक, काठमाडौँ । यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको रु एक सय तिर्नुपरेको थियो । काठमाडौँ महानगरपालिका (कामपा)ले फूल […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

छठका लागि भारतबाट ५० लाखका केरा आयात

२१ कात्तिक, जलेश्वर (महोत्तरी) । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट रु ५० लाख बराबरका केरा भित्र्याएका छन् । आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा रु ५० लाखको केरा ल्याइएको व्यवसायी गणेश साहले बताए । पहिलेपहिले रु २०–२५ लाखसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष रु ५० लाखको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

खेलकुदका माध्यमबाट नेपाल–चीन सम्बन्ध अझ प्रगाढ हुँदै, भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम

२१ कात्तिक, गण्डकी । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड,  पाँच किमी र ह्यप्पी रन समूहमा […]

अर्थ मुख्‍य समाचार समाज

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष

२१ कात्तिक, चितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ । केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिननाथबाट गौँ संरक्षण सुरु भएको भन्दै उहाँले त्यसलाई निरन्तरता दिइएको बताए । अक्षयकोषका लागि […]

मुख्‍य समाचार समाचार समाज

पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

२१ कात्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर शारजाहबाट काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई मङ्गलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अभियुक्तहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा […]

मुख्‍य समाचार समाज

अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा

२१ कात्तिक, काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा कात्तिक २१ गतेदेखी २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमै पहिलोपटक १ हजार १ सय ११ जना आचार्य तथा वैदिक पण्डितबाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागि हुने विश्वास आयोजकले लिएको छ । महायज्ञको औपचारिक उद्घाटन वैदिक […]

मुख्‍य समाचार समाज स्वास्थ्य

सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने

२१ कात्तिक, काठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् […]

मुख्‍य समाचार समाज

छठको दोस्रो दिन आज खरना मनाइँदै

२१ कात्तिक, काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धी र चर्मरोग निको हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन खरना मनाइने गरिन्छ । शुक्ल पञ्चमी तिथीको दिन खरनामा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

२१ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक […]

मुख्‍य समाचार समाज

मौसम पूर्वानुमान : कोशी र गण्डकीका केही भूभागमा वर्षाको सम्भावना

२१ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक […]