१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति

एमालेको सचिवालय बैठक बस्दै

४ कात्तिक,  काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक छलफल हुने बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका […]

मुख्‍य समाचार समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडकआश्रित मानवहरुको उद्धार

४ कात्तिक,  जनकपुरधाम । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा–१ बाट २ जना, वडा–३ बाट ३ […]

मुख्‍य समाचार राजनीति समाज

कांग्रेस–कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा : अध्यक्ष यादव

४ कात्तिक,  जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् । जनता समाजवादी पार्टी नेपाल महोत्तरी द्वारा आयोजित जनता संग जसपा नेपाल, आधारभुत संगठन निर्माण सम्बन्धी अनुगमन तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । काङ्ग्रेस कम्युनिस्टले ३५ वर्ष गरेको शासनको […]

अर्थ मुख्‍य समाचार समाज

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

४ कात्तिक,  काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । त्यस्तै, आज युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर […]

मुख्‍य समाचार राजनीति समाज

पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

४ कात्तिक,  काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदैछ । शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी कास्की प्रहरी कार्यालय पु¥याइएका लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न आइतबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । लामिछानेविरूद्ध कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधको […]

मुख्‍य समाचार समाज

मौसम पूर्वानुमान : यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

४ कात्तिक,  काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीलाई रविको प्रश्नः तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नुपर्ने हो ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कसैलाई पनि नठगेको बताएका छन् । आज (शुक्रबार) कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा हतकडी ?’भन्दै प्रश्न गरेका छन् । उनले  सामाजिक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी, आजै पक्राउ गरेर पोखरा लैजाने तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको एक प्रहरी अधिकृतले बताए । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ […]

मुख्‍य समाचार समाचार समाज

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

म्याग्दी, २ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु. एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ ।  अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शूल्क संकलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ । […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

कोरियाली राजदूत ओपन तेक्वान्दो च्याम्पियनशिप २०२४’ सुरु

काठमाडौं । नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदुतावासको संयुक्त आयोजनामा ‘कोरियाली राजदूत ओपन तेक्वान्दो च्याम्पियनशिप २०२४’ सुरु भएको छ । कोरिया र नेपालबीच दौत्य सम्बन्ध स्थापित भएको ५० औ वार्षिकोत्सवको अवसरमा उक्त च्याम्पियनशिपको आयोजना गरिएको हो । सो च्याम्पियनशिप कात्तिक २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । च्याम्पियनशिप लगायत नेपालस्थित कोरियाली राजदुतावास र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ च्याम्पियनसिपमा श्रीलङ्काले माल्दिभ्सलाई हरायो

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा माल्दिभ्सलाई १–० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको हो । खेलको १८ औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बनेको  हो ।