४ कार्तिक २०८३, मंगलवार
कर्णाली मुख्‍य समाचार समाज

कर्णालीको लोकसंस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम

२१ कात्तिक, कर्णाली । कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम को तयारी थालिएको छ । पछिल्लो समयमा ऊर्जाशील युवाको पलायन तथा लोपोन्मुख अवस्थामा पुगेको वैभवशाली कर्णालीको मौलिक संस्कृति र कलाको संरक्षण एवं संवद्र्धनका लागि सांस्कृतिक युवालय संस्थाले पहल थालेको हो । ‘युवाहरुसँगको हाम्रो सहयात्रा’ परियोजनाअन्तर्गत बिहीबार राजधानी सुर्खेत वीरेन्द्रनगरमा मौलिक बाजा, […]

मुख्‍य समाचार समाज

सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव

२१ कात्तिक, महेन्द्रनगर (धनुषा) । सामा–चकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ । यो पर्व मिथिलाञ्चल क्षेत्रका महिलाले छठपछिको पाँचौं दिन अर्थात् खडना (पञ्चमी) को रातदेखि कात्तिक पूर्णिमाको रातसम्म मनाउँछन् । यो पर्वको धार्मिक महत्वसहित यसमा मिथिला संस्कृति, परम्परा र समाजको भावना […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँ उपत्यकामा छठको रौनक

२१ कात्तिक, काठमाडौँ । तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि टेण्ट राख्ने कार्य करिब करिब अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा […]

मुख्‍य समाचार समाचार समाज

खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु

२१ कात्तिक, जनकपुरधाम ।  सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले  पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिए । विश्व खाद्य […]

मुख्‍य समाचार समाचार समाज

दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

२१ कात्तिक, मलेखु (धादिङ) । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

ग्रामीण भेगमा ट्याक्टरको प्रयोग बढ्न थाल्यो

२१ कात्तिक, दार्चुला । प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन विस्तारै हराउन थालेको छ । तराईमा मात्र प्रयोग हुँदै आएको ट्याक्टर पछिल्ला केहीवर्षयता पहाडी ग्रामीण बस्तीमा पनि पुग्न थालेसँगै यसको प्रयोग बढ्न थालेको हो । दुई वर्ष अघिसम्म अपिहिमाल गाउँपालिका–४ का प्रकाश कार्कीले गोरूको सहायताले महिनौँ […]

कोशी मुख्‍य समाचार समाज

भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै विष्ट

२१ कात्तिक, धरान (सुनसरी) । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएको थियो । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उ कृषि क्षेत्रमा सक्रिय भयो । अहिले उसलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको […]

मुख्‍य समाचार समाज

आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ’

२१ कात्तिक, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि प्रेरणाको स्रोत बनेको हो । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर […]

मुख्‍य समाचार समाज

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

२१ कात्तिक, जलेश्वर । मिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११औँ दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुने जलेश्वर नगरपालिका–८ का पण्डित अनिल पाठकले बताए । आजदेखि १० […]

मुख्‍य समाचार समाचार समाज

यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति

२१ कात्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जानहुँदै

२१ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ जान लागेको छ । अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेको हो […]

पर्यटन मुख्‍य समाचार समाज

मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी

२१ कात्तिक, काठमाडौँ । आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार देशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ । यही कात्तिक १६देखि १८ गतेसम्म पालिस डेस कङ्ग्रेसमा आयोजित ३४ औँ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालको पर्यटन प्रगवद्र्धनसम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो । ओटावास्थित नेपालको […]