पलेशा गोबर्धनले जितिन् पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक
काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिसमा जारी पारालम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति भएको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् । उनले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराउँदै पदक पक्का गरिन् । ओलम्पिकको इतिहासमा नेपाली खेलाडीले जितेको यो […]











