१७ श्रावण २०८३, आईतवार
अर्थ मुख्‍य समाचार समाज

लेबनानमा इजरायली सेनाले निरन्तर हमला, अर्थतन्त्रमा ठूलो धक्का

५ कात्तिक, एजेन्सी । लेबनानमा इजरायली सेनाले निरन्तर हवाइ हमला गरिरहेको छ । इजरायली डिफेन्स फोर्सले लगातार रकेट तथा बम हमला जारी राखेको हो । आइतबार रातभर इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा हवाई हमला गरेको समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ । शनिवार राती इजरायली सेनाको आक्रमणमा परि कम्तिमा ८४ जना लेबनानी नागरिक मारिएका थिए । […]

मुख्‍य समाचार

पहिलो पटक नेप्सेको आँगनमा साँढेको प्रतिमा, निर्माण अन्तिम चरणमा

५ कात्तिक,  काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्राङ्गणमा साँढेको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको छ । दुई बर्षअघि नै नेप्सेले वोलपत्र आब्हान गरी साँढेको प्रतिमा निर्माण गर्न गोप्य शिलबन्दी बोलपत्र प्रक्रिया अघि बढाएको थियो । नेप्सेले तयार पारेको स्केच अनुसारको साँढे प्रतिमा निर्माण भइरहेको हो । विश्वभर स्टक मार्केट अगाडी साँढे अर्थात् चार्जिंग बुलको […]

मधेश मुख्‍य समाचार समाज

हनुमाननगरमा २७ वर्षदेखि खानेपानी योजना अधुरै

५ कात्तिक, राजविराज(सप्तरी) । सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु गएको खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन । स्थानीय स्वास्थ्यचौकी परिसरमा २०५४ सालमा निर्माण थालिएको खानेपानी योजना हालसम्म पिउने पानी योग्य […]

मुख्‍य समाचार समाज

भन्सार छलेर भित्र्याइएका सामान बरामद

५ कात्तिक, वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार छली गरेर ल्याएको रु १४ लाख ६० हजार मूल्य पर्ने किराना […]

मुख्‍य समाचार समाज

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन: रेडक्रस ऐन ल्याउन माग

५ कात्तिक, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति ५२ सदस्यीय बनेको छ । यही कात्तिक २ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मौजुदा कार्यसमितिमा वरिष्ठ उपाध्यक्षसहित १७ सदस्य मनोनय गरेको हो । बैठकले वरिष्ठ उपाध्यक्षमा चन्द्रकला कार्कीसहित अन्य सदस्य मनोनयन गरेको सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले राससलाई जानकारी दिए । यसअघि नेपाल रेडक्रसमा ३५ सदस्यीय कार्यसमिति […]

मुख्‍य समाचार समाज

बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण

५ कात्तिक, नेपालगञ्ज (बाँके) । भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को सो गाउँमा विद्युत् जडानका लागि स्थानीयले बारम्बार आग्रह गरे पनि विद्युतीकरण नहुँदा स्थानीय विभिन्न काम गर्न सास्ती झेल्न बाध्य भएका बताएका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरपरिवारले विद्युत्को […]

मुख्‍य समाचार समाज

अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु

५ कात्तिक, बाजुरा । बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए । असोज २५ […]

मुख्‍य समाचार समाज

शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन

५ कात्तिक, काठमाडौँ । विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (एडिपोर्ट जापान) अन्तर्गत नागोया साङग्यो विश्वविद्यालय र पोखरास्थित पश्चिमाञ्चल विद्यालयबीच वायुमण्डलमा फैलिएको कार्बन डाइअक्साइडको अवस्था र […]

मुख्‍य समाचार समाज

गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान

५ कात्तिक, गण्डकी । पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ । विद्यालय नियमित सञ्चालनका साथै आवासीय रूपमा अध्ययनरत विद्यार्थी र अध्यापनरत गुरुहरूको भोजन व्यवस्थापनलाई लक्षित गरी मुठीदान अभियान सुरु गरिएको हो । कक्षा ६ देखि १० सम्म सञ्चालित विद्यालयमा पूर्वको सङ्खुवासभादेखि विभिन्न जिल्लाका २९ जना विद्यार्थीका […]

पर्यटन मुख्‍य समाचार समाज

पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका

५ कात्तिक, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिव २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए । सुस्ता –३ र ४ नं वडाको बीचमा रहेको घोलालाई सफाइ तथा मर्मत गरी ताल निर्माण गर्न लागिइएको […]

मुख्‍य समाचार समाज

सुनको मूल्यमा नयाँ कीर्तिमान

५ कात्तिक, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । […]

मुख्‍य समाचार

डिआईजी राणा एआईजीमा बढुवा सिफारिस

५ कात्तिक, काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएको छ । गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो । राणालाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार […]